नेपाल-युएई सिरिजले पायो प्रायोजक , यस्तो छ पुरस्कार राशि

नेपालले यहि जनवरी २५ तारिख देखि फेब्रुअरी ३ तारिखसम्म संयुक्त अरब इमिरेट्सको भ्रमण गर्दैछ। उक्त भ्रमणमा ३ एकदिवसीय र ३ टि२० अन्तर्राष्ट्रिय खेलहरु हुनेछन्।

यी दुई प्रतिद्वन्द्वीबीच हुने सिरिजको नामाकरण समेत गरिएको छ। युएई र नेपालबीच हुने सिरिजलाई एएनआईबी च्यालेन्ज सिरिज २०१९ नामले खेलिने छ।

संयुक्त अरब इमिरेट्स क्रिकेट बोर्डको आधिकारिक बिमा पार्टनर एएनआईबीले सिरिजलाई प्रायोजन गरेको हो।

सिरिज विजेता राशि घोषणा 

यस्तै आयोजक क्रिकेट बोर्डले सिरिज बिजेताले उपाधी स्वरूप पुरस्कार राशि पाउने समेत जनाएको छ। उसले सामाजिक संजालमा ३ एकदिवसीय र त्यतिनै टि-२० अन्तर्राष्ट्रिय सिरिज जित्ने टिमले १० हजार दिराम प्राप्त गर्ने घोषणा गरेको छ। आजको दिनमा हिसाब गर्दा उक्त रकम ३ लाख १० हजार रुपैयाँ भन्दा बढी हुन आउँछ।


युएई सिरिजको तालिका 

युएई सिरिज अन्तर्गत नेपालले जनवरी २५ तारिकमा पहिलो, जनवरी २६ मा दोश्रो तथा जनवरी २८ तारिकमा तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ। एकदिवसीय खेलहरु पछि जनवरी ३१ तारिकमा पहिलो टि-२० अन्तर्राष्ट्रिय तथा फेब्रुअरी १ मा दोश्रो र फेब्रुअरी ३ मा तेश्रो टि-२० अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ। सबै खेलहरु आइसीसी एकेडेमी ओभल मैदान, दुबईमा खेलिनेछ।

जनवरी २५ – पहिलो एकदिवसीय , जनवरी २६ – दोश्रो एकदिवसीय , जनवरी २८ – तेश्रो एकदिवसीय
जनवरी ३१ – पहिलो टि-२० , फेब्रुअरी १ – दोश्रो टि-२० , फेब्रुअरी ३ – तेश्रो टि-२०

१६ सदस्यीय टिम: पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), अभिनाश बोहरा, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी (विकेट किपर), दिपेन्द्र ऐरी, करण केसी, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोहरा

बैकल्पिक खेलाडी: ललित भण्डारी, सुशन भारी, बिक्रम सोब

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy