- विकेटनेपाल, माघ-१६ , बुधबार
युएईलाई ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा २-१ ले पराजित गर्दै नेपालले पहिलो सिरिज जितेपछि अब दुई देशले ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेलको सिरिज खेल्ने छ।
टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपाल र युएईले पहिलो खेल जनवरी ३१ ( माघ १७ गते ) , दोश्रो खेल फेब्रुअरी १ ( माघ १८ गते ) र तेश्रो खेल फेब्रुअरी ३ तारिक ( माघ २० गते ) खेल्नेछ। सिरिजको सबै खेल नेपाली समय २:४५ बजे दिउसो र युएईको स्थानीय समय १ बजे दिउँसो खेलिनेछ।सम्पूर्ण खेल दुबई स्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ जहाँनै एकदिवसीय सिरिजको सबै खेलहरु खेलिएका थिए।
टि-२० सिरिज अघि नेपाल र युएईले बिगतमा खेलेका टि-२० प्रतिस्पर्धाहरुको चर्चा गरेका छौँ। दुवै टिमले खेलेका अभ्यास खेलहरु समेत लेखमा समाबेस गरेका छौँ।
विश्वकप छनौट २०१५ ( अभ्यास खेल )
सन् २०१५ को आयरल्याण्ड र स्कटल्याण्डले संयुक्त रुपमा आयोजना गएको टि२० विश्वकप छनौट नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २० रनले पराजित भएको थियो। टस जितेर पहिले ब्याटिंग गरेको नेपालले शरद भेसावकरको अविजित ३८ रनमा निर्धारित १८ ओभरमा ५ विकेट गुमाएर ८४ रन बनाएको थियो। जवाफमा युएईले १४ ओभरको समाप्तीमा २ विकेट ८१ रन बनाएपछि खेल बर्षाले प्रभावित हुँदा युएई २० रनले बिजयी भएको थियो।
विश्वकप २०१४ ( अभ्यास खेल )
सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टि२० विश्वकप अन्तर्गत अभ्यास खेलमा युएई ६ विकेटले बिजयी भएको थियो। टस हारेर पहिले ब्याटिंग गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो। सुबास खकुरेलले २८ रन र पारस खड्काले २७ रन बनाएका थिए। जवाफमा युएईले सईमान अनवरले अविजित ३० रन बनाएपछि ४ विकेट गुमाएर १८.४ ओभरमा लक्ष्य पुरा गर्यो।
विश्वकप छनौट २०१३, तेस्रो स्थान प्ले-अफ
सन् २०१३ मा भएको विश्वकप छनौट अन्तर्गतको खेलमा नेपालले युएईलाई उसकै घरेलु मैदानमा ५ विकेटले पराजित गरेको थियो। टस हारेर पहिले ब्याटिंग गरेको युएईले २० ओभरमा ५ विकेट गुमाएर १३१ रन बनायो। बसन्त रेग्मीले ४ विकेट लिन १६ रन खर्चिएका थिए। जवाफमा नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। शरद भेसावकरले अविजित ४३ रन बनाउन २९ बलमा ३ चौका र ३ छक्का हानेका थिए। सुबास खकुरेलले ३८ रन बनाएका थिए।
विश्वकप छनौट २०१३, अभ्यास
सन् २०१३ को विश्वकप अन्तर्गत भएको अभ्यास खेलमा नेपालले युएईलाई उसकै घरेलु जमिनमा ५ विकेटले पराजित गरेको थियो। टस हारेर पहिले ब्याटिंग गरेको नेपालले खुराम खानको ५५ रनको मद्दतमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो। जितेन्द्र मुखियाले ३० रनमा ३ विकेट लिएका थिए। नेपालले पारस खड्काको अविजित ८५ रनको मद्दतमा १९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। पारसले ६२ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए।
एसीसी टि-२० कप २०१३, सेमिफाइनल
किर्तिपुर मैदानमा भएको सन् २०१३ को एसीसी टि-२० कपमा नेपालले समिफाइनलमा युएईलाई ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो। फाइनलमा अफगानिस्तानले बाजी मार्दै उपाधी जितेको थियो। टस जितेर पहिले ब्याटिंग गरेको युएईले स्वप्निल पाटिलको ३७ रनमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। पृथु बास्कोटाले २० रन खर्चिएर ३ तथा बसन्त रेग्मी र शक्ति गौचनले २/२ विकेट लिएका थिए। नेपालले प्रदिप ऐरीले ५८ रन र बिनोद भण्डारीले ६ बलमा अविजित १६ रन बनाएपछि १९.१ ओभरमा लक्ष्य पुरा गरेको थियो।
एसीसी टि-२० कप २०११, समूह चरण
किर्तिपुर मैदानमा भएको सन् २०११ को एसीसी टि-२० कपमा युएईले ६ विकेटको जित निकाल्दै घरेलु समर्थकलाई निरास पारेको थियो। टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो। नेपालको ब्याटिंगमा मेहबुब आलमले सर्वाधिक १७ रन बनाएका थिए। युएई बलर अहमद राजाले ३ विकेट तथा शहदिप सिल्भा र रोहन मुस्तफाले २/२ विकेट लिएका थिए। जवाफमा युएईले सईमान अनवरको ३३ रनमा १८.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। अमृत भट्टराईले २५ रन खर्चेर ३ विकेट लिएका थिए।
( Feature Photo – Thenational.ae )