विश्वकप लिग-२ : नेपालले युएईमा त्रिकोणात्मक वानडे सिरिज खेल्ने ( खेल तालिका सहित )

आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेपालको आगामी सिरिजको खेल तालिका सार्वजनिक भएको छ।

आईसीसीले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले मार्च १५ देखि २२ तारिखसम्म युएई र पपुवा न्युगिनीसंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ।

सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।

प्रतियोगिता अन्तर्गत नेपालले पपुवा न्यु गिनीसंग पहिलो खेल शारजाह स्टेडियममा खेल्नेछ भने अन्य सबै खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेल्नेछ। सबै चारवटा खेल स्थानीय समय ९:३० बजे बिहान र नेपाली समय ११:१५ बजे बिहान सुरु हुनेछ।

प्रतियोगिता लगत्तै नेपाली क्रिकेट टिमले मार्च अन्तिम साता पपुवा न्यु गिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिज खेल्ने तालिका छ। त्यस अघि पपुवा न्यु गिनी र नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पनि खेल्ने सम्भावना रहेको छ जुन विश्वकप लिग-२ अन्तर्गत भने रहने छैन।

विश्वकप लिग-२ अन्तर्गत नेपालले हालसम्म मात्र ८ वटा खेल खेलेको छ जसमा ४ जित र ४ हार बेहोर्दै ८ अंक सहित छैठौं स्थानमा छ। पपुवा न्यु गिनी र युएईसंग नेपालले पहिलो सिरिज खेल्न लागेको हो। लिग-२ अंकतालिकामा युएई १० खेलमा ५ जित र ३ हार पछि १२ अंक सहित चौंथो स्थानमा छ भने पपुवा न्यु गिनी सबै १२ खेल हार्दै पुछारमा सातौं स्थानमा छ। ओमान २३ खेलमा ३० अंक सहित पहिलो, स्कटल्याण्ड १२ खेलमा १६ अंक सहित दोश्रो, अमेरिका १६ खेलमा १४ अंक सहित तेश्रो, नामिबिया ९ खेलमा १० अंक सहित पाँचौ स्थानमा छ। लिग-२ अंक तालिकाको शिर्ष-३ स्थानमा रहने टिमले २०२३ को विश्वकप छनोट खेल्ने छ भने चौंथो देखि सातौँ स्थानको टिमले छनोट खेल्ने अर्को मौका स्वरूप विश्वकप छनोट प्लेअफ खेल्नेछ।

नेपाली टिम हाल ओमानमा रहेता पनि विश्वकप लिग-२ लाई ध्यानमा राखेर ओमान जाने टिममा नरहेका र क्यानको अनुबन्धमा रहेका खेलाडीहरु जगत टमाटाको प्रशिक्षणमा हाल टियु क्रिकेट मैदान किर्तिपुरमा नियमित अभ्यास गरिरहेका छन्। ओमानको लागि घोषित टिममा नरहेका खेलाडीहरु पनि लगातार टिमसंगै अभ्यास गरिरहेका थिए। सोमपाल कामि र रोहित पौडेल हाल भारतमा अभ्यास गर्न पुगेका छन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]