नेपाल र नेदरल्याण्ड बिचको लर्ड्समा हुने खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने

२०७५ असार १२, मंगलवार १६:१४

  • विकेटनेपाल, असार १२ – मंगलबार

क्रिकेटको मक्का मानिने लर्ड्स क्रिकेट ग्राउण्डमा घरेलु टिम मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) समेत सम्मिलित त्रिकोणात्मक टि२० शृंखलाको नेपाल र नेदरल्याण्ड बीच हुने खेलले टि-२० अन्तर्राष्ट्रिय मान्यता पाउने भएको छ।

यसअघि सामान्य टि-२० हुने वा अन्तर्राष्ट्रिय मान्यता पाउने बिषयमा स्पस्ट नभएकोमा आजै लर्ड्स क्रिकेट मैदानले सामाजिक सञ्जालमा जानकारी पोस्ट गर्दै दुबै देशसँग एकदिवसीय मान्यताको साथमा स्वचालित रुपमा टि२० अन्तर्राष्ट्रिय मान्यता भएको हुनाले खेलले पूर्ण अन्तर्राष्ट्रिय मान्यता पाउने जनाएको छ।

जुलाई २९ तारिखमा लर्ड्स क्रिकेट मैदानमा आयोजना हुने खेलमा एमसिसीको तर्फबाट श्रीलंकाका पुर्व कप्तान महेला जयबर्धनेले कप्तानी गर्ने बताईएको भएपनि सम्पूर्ण खेलाडीको जानकारी भने आएको छैन।

नेपालले सन् २०१४ को टि-२० विश्वकपमा उत्कृस्ट प्रदर्शन गरेपछि अस्थाई रुपमा २ वर्षको लागि पाएको टि२० मान्यतालाई सदुपयोग गर्न नेदरल्याण्ड भ्रमण गर्दा नतिजा नेदरल्याण्डले ३-१ ले आफ्नो पक्षमा पारेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy