नेपाल र नेदरल्याण्ड बिचको लर्ड्समा हुने खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने

  • विकेटनेपाल, असार १२ – मंगलबार

क्रिकेटको मक्का मानिने लर्ड्स क्रिकेट ग्राउण्डमा घरेलु टिम मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) समेत सम्मिलित त्रिकोणात्मक टि२० शृंखलाको नेपाल र नेदरल्याण्ड बीच हुने खेलले टि-२० अन्तर्राष्ट्रिय मान्यता पाउने भएको छ।

यसअघि सामान्य टि-२० हुने वा अन्तर्राष्ट्रिय मान्यता पाउने बिषयमा स्पस्ट नभएकोमा आजै लर्ड्स क्रिकेट मैदानले सामाजिक सञ्जालमा जानकारी पोस्ट गर्दै दुबै देशसँग एकदिवसीय मान्यताको साथमा स्वचालित रुपमा टि२० अन्तर्राष्ट्रिय मान्यता भएको हुनाले खेलले पूर्ण अन्तर्राष्ट्रिय मान्यता पाउने जनाएको छ।

जुलाई २९ तारिखमा लर्ड्स क्रिकेट मैदानमा आयोजना हुने खेलमा एमसिसीको तर्फबाट श्रीलंकाका पुर्व कप्तान महेला जयबर्धनेले कप्तानी गर्ने बताईएको भएपनि सम्पूर्ण खेलाडीको जानकारी भने आएको छैन।

नेपालले सन् २०१४ को टि-२० विश्वकपमा उत्कृस्ट प्रदर्शन गरेपछि अस्थाई रुपमा २ वर्षको लागि पाएको टि२० मान्यतालाई सदुपयोग गर्न नेदरल्याण्ड भ्रमण गर्दा नतिजा नेदरल्याण्डले ३-१ ले आफ्नो पक्षमा पारेको थियो।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]