नेपाल अफगानिस्तानसँग खेल्दै, यस्तो छ विगतमा नतिजा ( हेड टु हेड )

Nepal vs Afghanistan
  • विकेटनेपाल, फाल्गुन २५ – शुक्रबार

जिम्बाबेमा जारि आईसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा शनिबार अफगानिस्तानको सामना गर्दै छ। प्रतियोगितामा दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको अफगानिस्तानले अहिलेसम्म जितको खाता खोल्न सकेका छैनन्। छनौट प्रतियोगिता सुरुहुनु अघि प्रमुख दाबेदारको रुपमा हेरिएको नव टेस्ट रास्ट्र अफगानिस्तानले स्कटल्याण्ड, जिम्बाबे र हंगकंगसँग पराजय व्यहोर्यो भने नेपाल पनि जिम्बाबे र स्कटल्याण्डसँग पराजित भईसकेको छ।

Nepal vs Afghanistan
Nepal vs Afghanistan

सुपर सिक्स चरण पुग्दै एकदिवसीय मान्यता प्राप्त गर्ने लक्ष्य सहित जिम्बाबे पुगेको नेपालले आफ्नो पुरानो प्रतिद्वन्दीलाई पराजित गर्दै आशा जीवित राख्ने दाउमा हुनेछ भने अफगानिस्तान चौथो खेलमा पहिलो जित दर्ता गर्दै साख मात्रै हैन सुपर सिक्स पुग्ने सम्भावना जीवित राख्न चाहन्छ। नेपाल र अफगानिस्तानले एकदिवसीय क्रिकेटमा हालसम्म कुल ६ पटक खेलेका छन् जसमा नेपालमाथि अफगानिस्तान हावी हुँदै आएको छ।

नेपाल Vs अफगानिस्तान: अहिलेसम्मको नतिजा

एसिसि प्रिमियर लिग, ७ मे २०१४ ( मलेसिया ) 

मलेसियामा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाउंदै २६२ रनको योगफल तयार पारेको थियो। उसका लागि नुर अलि ज़द्रानले ४३ रन र उस्मान घानीले ५१ रन बनाउंदै पहिलो विकेटको लागि ९८ रनको साझेदारी गरेका थिए । त्यसपछि हस्मतुल्लाह शाहिदीले पनि ५१ रन बनाएका थिए । नेपालका लागि शक्ति गौचनले ३९ रन खर्चेर ३ विकेट तथा बसन्त रेग्मीले ४५ रन खर्चेर त्यतिनै विकेट लिएका थिए ।

जवाफमा अफगानिस्तानका दौलत ज़द्रानले ४ विकेट लिन मात्र २६ रन खर्चेपछी नेपाल डीएल मेथडको आधारमा १०८ रनको फराकिलो अन्तरले पराजित भएको थियो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाएका थिए । नेपाल १७ ओभरमा ५६/५ को स्कोर बनाएको बेला बर्षा भएपछी जितको लागि ३२ ओभरमा २३७ रनको लक्ष्य पाएको थियो तर ९ विकेट गुमाएर मात्र १३२ रन बनाउन सक्यो ।

एसीसी इमर्जिंग टिम्स कप, १७ अगस्ट २०१३ ( सिंगापुर ) 

अफगानिस्तानले नेपाललाई डी/एल मेथडको आधारमा ३ रनको अन्तरले पराजित गरेको थियो। टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले अस्गर स्टानिक्जाईले ३३ रन नोबरोज मंगलले ३१ रन तथा गुल्बदीन नैबले अविजित ३० रन प्रहार गरेपछि ५० ओभरमा ९ विकेट गुमाएर १६९ रनको योगफल बनाएको थियो । नेपालका बसन्त रेग्मीले ५ विकेट लिन मात्र ३१ रन खर्चेका थिए।

 

खेलमा बर्षा भएपछी नेपालले ४६ ओभरमा जितको लागि १६१ रनको लक्ष्य पाएको थियो। कप्तान पारस खड्काले ६० रन बनाएपनि अन्य खेलाडीहरुको साथ नपाउँदा नेपालले ४५.३ ओभरमा सबै विकेट गुमाउंदै १५७ रन मात्र बनाउन सक्यो। नेपालका ४ खेलाडीहरु रन आउट भएका थिए।

एसीसी ट्रफी ईलाइट – फाइनल, ९ अप्रिल २०१० ( कुवेत )

प्रतियोगिताको फाइनल खेलमा अफगानिस्तानले नेपाललाई ९५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले करिम सादिकको ५८ रन, रईस अहमदजाईको ५२ रन तथा मोहम्मद नाबीको ४८ रनको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाउंदै २२४ रन बनाएको थियो। नेपालका बिनोद दासले ३ विकेट लिन ३५ रन खर्चेका थिए भने पारस खड्का र राहुल बिश्वकर्माले २/२ विकेट लिएका थिए।

जवाफमा शरद भेसावकरले ३५ रन र ज्ञानेन्द्र मल्लले ३० रन बनाएपनि अन्य खेलाडीहरुको प्रदर्शन सम्झनलायक रहेन। अफगानिस्तानका लागि नोबरोज मंगल र मिर्वाइस अश्रफले समान २/२ विकेट लिएपछी नेपालले ४० ओभरमा सबै विकेट गुमाउंदै १२९ रन मात्र बनाउन सक्यो।

एसीसी ट्रफी ईलाइट – तेस्रो स्थान, २ अगस्ट २००८ ( मलेसिया )

टस जितेर पहिले ब्याटिंग गरेको नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित भएको थियो। कनिस्क चौगाईंले ४३ रन, महेश क्षेत्रीले २९ रन र परेश लोहनीले २६ रन बनाएपछि नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २१० रन बनाएको थियो। अफगानिस्तानका अईमल अफा तथा करिम सादिकले समान २/२ विकेट लिएका थिए ।

जवाफमा सामिउल्लाह सेनवारिले अविजित ५१ रन तथा मोहम्मद नाबिले ५५ रन बनाएपछि अफगानिस्तानले ४८.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका पारस खड्काले ३ विकेट र राज कुमार प्रधान ले २ विकेट लिएका थिए ।

विश्व क्रिकेट लिग डिभिजन ५  – सेमीफाइनल, ३० मे २००८

नेपाल र अफगानिस्तानबिचको यो दोश्रो भिडन्त थियो जहाँ अफगानिस्तानले नेपाललाई ३७ रनले पराजित गरेको थियो। टस जितेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले मोहम्मद नाबीको ४८ रनको मद्दतमा ४९.३ ओभरमा सबै विकेट गुमाउंदै १४२ रन बनाएको थियो। नेपालका शक्ति गौचनले १२ तथा बसन्त रेग्मीले ३० रन खर्चेर समान ३/३ विकेट लिएका थिए।

जवाफमा दौलत अहमद्जाईले ३ तथा हस्तील गुल, हमिद हसन र मोहम्मद नाबीले समान २/२ विकेट लिएपछि नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउंदै मात्र १०५ रन बनाउन सक्यो। नेपालले २७ अतिरिक्त रन पाएको थियो ।

एसीसी ट्रफी – पाचौं स्थान, २१ जुन २००४ ( मलेसिया )

यो नेपाल र अफगानिस्तानबीच कुनै पनि प्रतियोगितामा पहिलो भेट थियो जहाँ नेपालले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो। टस जितेर पहिले ब्याटिंग गरेको नेपालले पारस खड्काको ३४ र मेहबुब आलमको ३३ रनको मद्दतमा ४८.२ ओभरमा १४७ रन बनाएको थियो। अफगानिस्तानका अहमद शाहले ५ विकेट लिएका थिए ।

जवाफमा राजकुमार प्रधानले ४ विकेट तथा शक्ति गौचन र पारस खड्काको २/२ विकेट लिएपछि अफगानिस्तान ४१.२ ओभरमा १०० रनमा समेटिएको थियो। अफगानिस्तानका लागि अहमद शाहले ३० र कप्तान नोबरोज मंगलले २८ रन बनाएका थिए।

( फोटोहरु – एसीसी )





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]