- विकेटनेपाल – ५ भदौ, बुधवार
मलेसियामा आयोजना हुने एसिया कप छनौटको तयारीका लागि श्रीलंका पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जित हात पारेको छ। आर्मी क्रिकेट क्लब बिरुद्धको अभ्यास खेलमा नेपालले ६७ रनको जित दर्ता गर्यो।
टस जितेर ब्याटिंग गरेको नेपालले ४८.४ ओभरमा सबै विकेट गुमाउंदै १९४ रन जोडेको थियो। नेपाललाई जित दिलाउने क्रममा आरिफ शेखले उत्कृस्ट ब्याटिंग गर्दै ८९ रनको इनिंग खेलेका थिए। जवाफमा १९५ रनको पिछा गरेको आर्मी क्रिकेट क्लब मात्र १२७ रनमा समेटिन पुग्यो। नेपालको बलिंगमा सोमपाल कामी र बसन्त रेग्मीले समान ३-३ तथा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए।
फोटोहरुमा हेर्नुहोस् नेपालको पहिलो अभ्यास खेल ( फोटो : टिम ब्यबस्थापक – रमन शिवाकोटी )