नेपालमाथी बंगलादेशको जित, बंगलादेश सुपर एटमा

२०८१ असार ४, सोमबार ०८:४२

काठमाडौं । बंगलादेश वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको टी-२० विश्वकपमा नेपाललाई पराजित गर्दै सुपर एटमा प्रवेश गरेको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा भएको खेलमा नेपाललाई बंगलादेशले २१ रनले पराजित गर्यो ।

बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब २ ओभरमा ८५ रन बनाउँदै अल आउट भयो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले बलमा चौका र छक्काको सहयोगमा रन बनाए । कुशल मल्लले ४० बलमा १ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । मल्ल र ऐरीले छैटौं विकेछका लागि ५८ बलमा ५२ रनको साझेदारी गर्दै जितको आशा दिलाए पनि हार टार्न सकेनन् ।

ओपनर आसिफ शेखले १४ बलमा ४ चौकाको सहयोगमा १७ रन बनाएका थिए ।

बंगलादेशका लागि तान्जिम हसन साकिबले चार तथा मुस्ताफिजुर रहमानले तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशका ब्याटरहरु नेपाली बलर सामू खुलेर खेल्न नसक्दा १९ दशमलब ३ ओभरमा अल आउट हुनु अघि १ सय ६ रन मात्र बनाएको थियो ।

बंगलादेशका लागि साकिब अल हसनले २२ बलमा १७ तथा जाकर अलिले १२ रन बनाए । महमदुल्लाहले १३ रन बनाउँदा ओपनर लिन्टन दासले १० रन बनाए ।

नेपालका लागि सोमपाल कामी, कप्तान रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान दुई दुई विकेट लिए ।

यसै खेलमा नेपालका सन्दीप लामिछानेले टी-२० आईमा १ सय विकेट पूरा गरेका थिए । सन्दीपले ५४ खेलमा १ सय विकेट पूरा गरेका हुन् । बंगलादेशका जाकर अलिको विकेट लिदै सन्दीपले १ सय विकेट पूरा गरेका थिए ।

नेपालका लागि टी२० आईमा १ सय विकेट पूरा गर्ने सन्दीप पहिलो खेलाडी हुन् ।

नेपाललाई हराएसँगै बंगलादेश सुपर एटमा प्रवेश गरेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy