- विकेटनेपाल, भदौ ८ – शुक्रबार
एसिया कप छनौट प्रतियोगिताको लागि श्रीलंका अभ्यास भ्रमण अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा ब्लुमफिल्ड क्लबलाई १७६ रन ( डीएलएस मेथड ) को बिशाल अन्तरले पराजित गर्यो। यस अघि पहिलो अभ्यास खेलमा पनि नेपालले आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो।
पहिले ब्याटिंग गर्दै नेपालले ५० ओभरमा ३२३ रनको बिशाल योगफल खडा गर्यो जसको जवाफमा ब्याटिंग गरेको ब्लुमफिल्डले ३८ ओभरमा १३४/९ रन बनाउदा खराब प्रकाशले खेल रोकिंदा डीएलएस मेथडको आधारमा नेपालले खेल जितको हो।
नेपालको जितमा अहम योगदान दिने क्रममा ८४/४ को खराब अवस्थामा रहेको इनिंगलाई दिपेन्द्र ऐरि र सागर पुनले पाँचौ विकेटको लागि १८६ रनको साझेदारी गरेका थिए। यस क्रममा दिपेन्द्रले १२१ रन ( ९६ बल,९ चौका र ५ छक्का ) तथा सागर पुनले ९२ रन ( ८३ बल, ८ चौका र ३ छक्का ) बनाए। पुनले बलिङ्गतर्फ पनि ३ विकेट हात परे।
फोटोहरुमा हेर्नुस नेपालको जित :-








फोटोहरु – नेपाली क्रिकेट टिम ब्यबस्थापक रमन शिवाकोटी