महत्वपूर्ण खेलमा नेपाल पहिले बलिंग गर्दै, यस्तो छ प्लेयिंग ११

nepal vs canada

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले क्यानडासंग टस जितेर बलिंग गर्ने निर्णय गरेको छ।

प्रतियोगिताको टप-२ भित्र पर्दै मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ आईसीसी बिश्व कप छनौट हुन नेपालले आज क्यानडाबिरुद्ध जित निकाल्नै पर्ने अवस्था रहेको छ।

नेपालको प्लेयिंग ११ – पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी , सन्दिप लामिछाने, सोमपाल कामी, करन केसी, आरिफ शेख, दिलिप नाथ, रोहित पौडेल

अघिल्लो खेलमा नखेलाईएका दिलिप नाथलाई आज टिममा बोलाइएको छ भने शक्ति गौचन र ललित सिंह भण्डारी आज पनि अन्तिम ११ मा छैनन्। प्रतियोगितामा हालसम्म नेपालले खेलेको ४ वटा खेल मध्ये एउटा खेलमा ओमानसंग हार बेहोरेको छ भने नामिबिया, केन्या र युएईलाई पराजित गरेको छ। खेलको अपडेट यो लिंकमा 

नेपाल जिते बिश्वकप छनौटमा, हारे के हुन्छ ?

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले लिगको अन्तिम खेलमा क्यानडाको सामना गर्दैछ। यस्तै अन्य २ खेलमा नामिबियाले युएईको तथा ओमानले केन्यासंग प्रतिस्पर्धा गर्दैछ।

लिगको अंकतालिकामा क्यानडा, नामीबिया र नेपालले ४ खेल खेल्दै समान ३ जित र १ हार बेहोरेता पनि नेट रनरेटको आधारमा क्यानडा पहिलो नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा रहेको छ। क्यानडाको नेट रनरेट १.११६ , नामिबियाको ०.७८७ रहेको छ भने नेपालको -०.१५८ रहेको छ। ४ खेलमा २ जित र २ हार बेहोरेको युएईको नेट रनरेट १.२२१ रहेको छ जसकारण युएईले नामिबियालाई पराजित गरेको खण्डमा युएईको टप-२ भित्र पर्ने सम्भावना धेरै छ।

यो अवस्थामा लिग चरणको अन्तिम दिन नेपालले क्यानडालाई पराजित गरेको खण्डमा मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकप छनौटमा नेपाल छानीनेछ। नेपाल क्यानडासंग हारेको खण्डमा तथा नामिबियाले युएईसंग हारेको खण्डमा भने नेट रनरेटको आधारमा नेपाल, युएई र नामिबिया मध्ये १ टिम टप-२ भित्र क्यानडासंग टप-२ हुनेछ।

नेपाल हार्दा के हुन्छ ? 

कमजोर -०.१५८ नेट रनरेट रहेको नेपाल क्यानडासंग हारेको खण्डमा भने टप-२ पर्ने सम्भावना अत्यन्तै कम ( असम्भव जस्तै ) छ। क्यानडासंग नेपाल हार्यो र अर्को खेलमा नामिबियाले युएईलाई जित्यो भने स्वतः क्यानडा र नामिबिया छनौट हुनेछन्। नेपाल हार्यो र युएईले नामिबियालाई जितेको खण्डमा ३ वटै टिमको ३/३ जित र २/२ हार हुनेछ जसकारण युएई, नेपाल र नामिबिया बीच नेट रनरेटमा अघि हुने टिम टप-२ मा छानिनेछ। युएई ( १.२२१ ) र नामिबिया ( ०.७८७ ) को नेट रनरेट नेपालको ( -०.१५८ ) भन्दा निकै माथि हुँदा क्यानडासंग नेपाल हारे नेपाल टप-२ भित्र पर्ने सम्भावना छैन बराबर हुन्छ।

अंकतालिका 

आज नेपाल र क्यानडा बाहेक अन्य खेलमा नामिबियाले युएईको तथा केन्याले ओमानको सामना गर्दैछ। केन्या ४ वटै खेल हार्दै डिभिजन-३ मा रेलिगेट भैसकेको छ भने ओमानले केन्यालाई पराजित गरेको खण्डमा ओमान उत्कृस्ट-४ भित्र पर्न नामिबिया र युएईको नतिजामा भरपर्छ।
ओमानको खराब नेट रन रेट ( -०.६२९ ) का कारण युएईले नामिबियासंग हारेको खण्डमा र ओमानले केन्यालाई जितेको खण्डमा पनि ओमान टप-४ भित्र पर्ने सम्भावना कम छ।

आज हुने क्यानडा र नेपाल तथा नामिबिया र युएई बीचको खेल सेमीफाइनल जस्तै पनि हो। दुवै खेलमा जित हाँसिल गर्ने टिम उत्कृस्ट-२ हुने लगभग पक्का छ। स्मरण रहोस् डिभिजन-२ को उत्कृस्ट २ हुने टिम जिम्बाबेमा मार्चमा आयोजना हुने २०१९ बिश्वकप छनौट प्रतियोगिता खेल्न छानिनेछ भने तेश्रो र चौथो हुने टिम डिभिजन-२ मै रहनेछ। पाँचौ र छैठौ स्थानमा रहने टिम डिभिजन-३ मा रेलिगेट हुनेछ ( केन्या रेलीगेट भइसकेकोछ )

कस्तो छ बिगतमा क्यानडासंग नेपालको प्रदर्शन

 २०११ मा अन्तिम पटक एकदिवसीय बिश्वकप खेलेको क्यानडाले त्यस अघि पनि ३ पटक ( १९७९, २००३, २००७ ) मा एकदिवसीय बिश्वकप खेलेको टिम हो। त्यसपछि भने प्रदर्शन खस्कने क्रममा रहंदा क्यानडा डिभिजन-३ को उपविजेताको रुपमा डिभिजन-२ मा उक्लेको हो। सन् २०१५ को डिभिजन-२ मा खराब प्रदर्शन गर्दै छैठौं स्थानमा रही डिभिजन-३ मा रेलिगेट भएपछि पुनः डिभिजन-२ मा उक्लेको क्यानडाले जारि प्रतियोगितामा ४ खेल मध्ये ३ खेलमा जित हांसील गरिसकेको छ। 

महत्वपूर्ण खेलमा क्यानडासंग प्रतिस्पर्धा गर्नु अघि नेपालले बिगतमा क्यानडासंग खेलेको खेलको नतिजा कस्तो थियो यो लेखमा प्रस्तुत गर्दैछौं ।इतिहास नेपाल र क्यानडाको एकदिवसीय खेलमा मात्र २ पटक भेट भएको छ जुन यस प्रकार रहेको छ-  

डिभिजन-२ २०१५ , नामिबिया 

नामिबियामै २०१५ मा सम्पन्न आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ नेपालले तेश्रो खेलमा क्यानडाको सामना गरेको थियो। क्यानडासंग खेल्नु अघि प्रतियोगितामा नेपाल पहिलो खेलमा युगान्डासंग पराजित भएको थियो भने दोश्रो खेलमा नेदरल्याण्डलाई २ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो।

वाण्डरर्स क्रिकेट मैदान, विन्ढोकमा भएको खेलमा टस जितेर क्यानडाले पहिले ब्याटिंग रोजेको थियो। करन केसी एक्लैले ५ विकेट हात पारेपछि पुरै क्यानडा टिम ११४ रनमै अलआउट हुन पुग्यो। करन लिस्ट ‘ए’ क्रिकेटमा पहिलो पटक ५ विकेट लिने खेलाडी बन्दा १० ओभरमा २ मेडन ओभर सहित २६ रन खर्चेका थिए। सोमपाल कामिले २ तथा पारस खड्का, शक्ति गौचन र सागर पुनले १/१ विकेट लिए। क्यानडाको लागि सत्सिम रंजित ढिंडसाको २५ तथा जिम्मी हन्स्राको २२ नै सर्बाधिक योगदान रह्यो।

११५ रनको लक्ष पछ्याएको नेपालले ओपनर नरेश बुढायर ( ० ) र सुबास खकुरेल ( ० ) लाई कुनै रन नजोड्दै गुमाउन पुग्यो। त्यसपछि पारस खड्का र ज्ञानेन्द्र मल्लले तेश्रो विकेटको लागि ११४ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्याएका थिए। पारस ७७ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्लले अविजित ३२ रन बनाए। ७८ बलमा ११ चौका र ३ छक्का प्रहार गरेका पारस खड्का म्यान अफ द म्याच चुनिएका थिए।

आईसीसी बिश्वकप छनौट २०१४, न्युजिल्याण्ड

२०१५ एकदिवसीय बिश्वकपको छनौट प्रतियोगिता खेल्नेक्रममा न्युजिल्याण्डमा आफ्नो चौथो खेलमा क्यानडासंग प्रतिस्पर्धा गर्ने क्रममा टस जितेको क्यानडाले पहिले ब्याटिंग गरेको थियो। राजा उर् रहमानले सर्बाधिक ८९ रन तथा नितिश कुमारले ६७ रन बनाउदा क्यानडाले निर्धारित ४१ ओभरमा २५५/९ को योगफल तयार गर्यो। सोमपाल कामिले ३ विकेट ( ८-०-६४-३ ) , बसन्त रेग्मीले २ विकेट ( ३-०-२५-० ) हात पारे।

२५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको लागि ज्ञानेन्द्र मल्लले ८६ रनको ( ९७ बल, ९ चौका ) पारि खेल्दै नेपाललाई जिततर्फ डोर्याउन प्रयास गरेता पनि अन्य ब्याट्सम्यानहरुले भने उनलाई साथ नदिंदा नेपालले १२ रनको हार बेहोर्न पर्यो। प्रदिप ऐरी २६ तथा बसन्त रेग्मीले अविजित २५ रन बनाए भने शरद भेसावकर र बिनोद भण्डारीले समान १७ रन योगदान दिए। क्यानडाका बलर खुर्रम चौहानले ४ विकेट ( ९-१-५९-४ ) हात पारे।

धेरैले पढेको – 

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]