१४ फोटोमा हेर्नुस चिनबिरुद्ध नेपालको बिशाल जित

Nepal vs China
  • विकेटनेपाल, असोज २४ 

मलेसियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले लगातार आफ्नो पाँचौं खेलमा जित हात पारेको छ।

मलेसियाको बायुमस ओभल मैदानमा सम्पन्न खेलमा नेपालले चिनलाई १० विकेटले पराजित गर्यो। खेलमा नेपालले टस जितेर चिनलाई ब्याटिंगको निम्तो दिएको थियो। चिनले २६ रन मात्रै बनाउन सकेपछि २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विकेट नगुमाई पुरा गर्यो।

यस अघिनै टि-२० बिश्वकप एसिया छनौटको लागि छनौट भइसकेको नेपाल जितसंगै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। नेपालको ५ खेलमा ५ जित सहित १० अंक भएको छ भने सिंगापुरले ४ खेलमा ४ जित्दै ८ अंक बटुलेको छ जो दोश्रो स्थानमा रहेको छ।

प्रतियोगिता अन्तर्गत नेपालले अन्तिम खेल शुक्रबार बायुमस ओभल मैदानमा सिंगापुरसंग खेल्नेछ। खेल नेपाली समय १२:१५ बजे सुरु हुनेछ।

हेर्नुस नेपाल र चिनको खेल फोटहरुमा :-


  





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]