१४ फोटोमा हेर्नुस चिनबिरुद्ध नेपालको बिशाल जित

  • विकेटनेपाल, असोज २४ 

मलेसियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले लगातार आफ्नो पाँचौं खेलमा जित हात पारेको छ।

मलेसियाको बायुमस ओभल मैदानमा सम्पन्न खेलमा नेपालले चिनलाई १० विकेटले पराजित गर्यो। खेलमा नेपालले टस जितेर चिनलाई ब्याटिंगको निम्तो दिएको थियो। चिनले २६ रन मात्रै बनाउन सकेपछि २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विकेट नगुमाई पुरा गर्यो।

यस अघिनै टि-२० बिश्वकप एसिया छनौटको लागि छनौट भइसकेको नेपाल जितसंगै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। नेपालको ५ खेलमा ५ जित सहित १० अंक भएको छ भने सिंगापुरले ४ खेलमा ४ जित्दै ८ अंक बटुलेको छ जो दोश्रो स्थानमा रहेको छ।

प्रतियोगिता अन्तर्गत नेपालले अन्तिम खेल शुक्रबार बायुमस ओभल मैदानमा सिंगापुरसंग खेल्नेछ। खेल नेपाली समय १२:१५ बजे सुरु हुनेछ।

हेर्नुस नेपाल र चिनको खेल फोटहरुमा :-


  

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy