११ बलमै जित्यो नेपाल

Nepal Cricket Team
  • विकेटनेपाल, असोज २४ 

मलेसियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले लगातार आफ्नो पाँचौं खेलमा जित हात पारेको छ।

मलेसियाको बयुमस ओभल मैदानमा सम्पन्न खेलमा नेपालले चिनलाई १० विकेटले पराजित गर्यो।

यस अघिनै टि-२० बिश्वकप एसिया छनौटको लागि छनौट भइसकेको नेपाल जितसंगै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। नेपालको ५ खेलमा ५ जित सहित १० अंक भएको छ भने सिंगापुरले ४ खेलमा ४ जित्दै ८ अंक बटुलेको छ जो दोश्रो स्थानमा रहेको छ।

प्रतियोगिता अन्तर्गत नेपालले अन्तिम खेल शुक्रबार बायुमस ओभल मैदानमा सिंगापुरसंग खेल्नेछ। खेल नेपाली समय १२:१५ बजे सुरु हुनेछ।

११ बलमै जित्यो नेपाल 

टस हारेर ब्याटिंग गर्दै चिनले दिएको २७ रनको लक्ष्य नेपालले ११ बलमै पुरा गर्यो।

जितमा ओपनर बिनोद भण्डारीले अविजित २४ रनको योगदान गरे। मात्र ८ बलमा भण्डारीले ३ चौका र १ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर प्रदिप ऐरीभने ४ रनमा अविजित रहे।

२६ मै समेटियो चिन 

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको चिनले १३ ओभरमा सबै विकेट गुमाएर २६ रन मात्र जोड्न सकेको थियो। नेपाली स्पिनरहरुको कसिलो बलिंगको अगाडी चिनियाँ ब्याट्सम्यानहरुको सिप चल्न सकेन।

चिनले यस अघिको खेलहरुमा म्यानमारसंग ४८, भुटानसंग ४५, सिंगापुरसंग २६, थाईल्याण्डसंग ३५ रन बनाएको थियो।

Sandeep Lamichhane
Player of the match Sandeep Lamichhane ( File Photo )

चिनका लागि ओपनर ब्याट्सम्यान होंग जियांग यनले सर्वाधिक ११ रनको योगदान गरेका थिए। बसन्त रेग्मीको बलमा कप्तान ज्ञानेन्द्र मल्लको हातबाट समातिन अघि यनले २७ बलको सामना गर्दै १ चौका सहित ११ रन जोडे। यन बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बटुल्न सकेका थिएनन्।

|| स्कोरकार्ड ||
|| अंकतालिका ||

चिनको ब्याटिंगलाई ध्वस्त गर्ने क्रममा ३ नेपाली स्पिनरहरु सन्दिप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मीले समान ३-३ विकेट लिएका थिए। आफ्नो ४ ओभरको कोटामा सन्दिपले १ मेडन सहित ४ रन खर्चिएर ३ विकेट हात पारेका थिए। यस्तै ललित राजबंशीले ३ ओभरमा १ मेडन सहित १२ रन तथा बसन्त रेग्मीले ४ ओभरमा १ मेडन सहित ५ रन खर्चिएका थिए।

चिनले यस अघिको खेलहरुमा म्यानमारसंग ४८, भुटानसंग ४५, सिंगापुरसंग २६, थाईल्याण्डसंग ३५ रन बनाएको थियो। प्रतियोगिताकै पहिलो खेलमा नेपालले म्यानमारलाई १८ बलमै पराजित गरेको थियो।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]