कोल्ट्स बिरुद्धको जितमा नायक बनेका यी ३ खेलाडी

  • विकेटनेनेपाल – १० भदौ. आइतवार

श्रीलंका अभ्यास भ्रमणको अन्तिम खेलमा नेपालले कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटको अन्तरले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै कोल्ट्सले दिएको २१७ रनको लक्ष्य नेपालले ४२.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

नेपालको जितमा पारस खड्का र दिपेन्द्र सिंह ऐरीले अर्ध-शतकीय पारी खेले। यस्तै ज्ञानेन्द्र मल्लले समेत उत्कृस्ट ब्याटिंग गर्दै ४५ रनको व्यक्तिगत योगदान गरे। यसअघि कोल्ट्स क्रिकेट क्लबलाई सस्तैमा समेट्न सोमपाल कामीले उत्कृस्ट बलिंग गर्दै ३ विकेट चट्काएका थिए।

यी हुन् ३ खेलाडी जसको उत्कृस्ट प्रदर्शनमा नेपालले कोल्ट्स क्रिकेट क्लबलाई हराउन सफल भयो :

१) पारस खड्का : कोल्ट्स बिरुद्धको खेलमा नेपाली टोलीलाई जित दर्ता गराउन नेपाली कप्तान पारस खड्काको भूमिका अहम रह्यो। कोल्ट्सले दिएको २१७ रनको लक्ष्य पिछा गर्ने क्रममा नेपालले ४२ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। त्यस समयमा ब्याटिंग गर्न आएका कप्तान खड्काले ज्ञानेन्द्र मल्लसंग तेस्रो विकेटका लागि ८८ रनको साझेदारी गर्दै इनिंगलाई अगि बढाएका थिए। अयाना सिरिवर्दनाको बलमा लक्षण जयसिंघेको हातबाट क्याच आउट हुनअघि पारसले ५७ बलमा ६ चौका र १ छक्का सहित ५८ रन जोडेका थिए।

२) दिपेन्द्र सिंह ऐरी : दोस्रो अभ्यास खेलमा शतक बनाउंदै नेपालको जितका नायक बनेका दिपेन्द्रले तेस्रो अभ्यास खेलमा समेत अविजित अर्ध-शतक प्रहार गरे। पारस खड्का र ज्ञानेन्द्र मल्ललाई लागातर रुपमा गुमाएपछि समस्यामा परेको नेपालको ब्याटिंगलाई जिततर्फ डोर्याउन दिपेन्द्रले अविजित ५२ रन जोडे। ५३ बलको सामना गरेका उनले आफ्नो इनिंगमा ५ चौका र २ छक्का प्रहार गरेका थिए। आरिफ शेखसंग अविजित ६८ रनको साझेदारी गर्दै दिपेन्द्ले नेपालको जित सुनिस्चित गरे।

३) सोमपाल कामी : दोस्रो अभ्यास खेलमा आराम दिइएका सोमपाल कामीको प्रदर्शन तेस्रो अभ्यास खेलमा कोल्ट्सलाई पराजित गर्न महत्वपूर्ण रह्यो। टस हारेर बलिंगको निम्तो पाएको नेपालका लागि सुरुवाती विकेट दिलाउने क्रममा सोमपालले ओपनर विश्व चतुरंगा र चौथो नम्बरमा ब्याटिंग गर्न मदवा फर्नान्डोलाई पभेलियन फ़र्काएका थिए। व्यक्तिगत तेस्रो विकेट लिनेक्रममा सोमपालले निरन्जन वान्नीओचोइलाई ललित राजबंशीको हातबाट क्याच आउट गराएका थिए। आफ्नो ९.५ ओभरको स्पेलमा सोमपालले १ मेडन सहित ३४ रन खर्चेर ३ विकेट चट्काउंदा कोल्ट्स मात्र २१६ रनमा रोकिएको थियो।

पालले यस अघि खेलेका २ वटा नै अभ्यास खेलमा जित हात पारेको थियो। बुधबार भएको पहिलो खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो। यस्तै नेपालले आफ्नो दोश्रो खेलमा ब्लुमफिल्ड क्लबलाई १७६ रन ( डीएलएस मेथड ) को बिशाल अन्तरले पराजित गर्न सफल भएको थियो।

एसिया कप छनौटमा नेपाली टिम :- पारस खड्का ज्ञानेन्द्र मल्ल, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुबास खकुरेल

अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको बिजेता टिम एसियाली टेस्ट राष्ट्रहरुले खेल्ने एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ। युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्नेछन् र बाँकी १ राष्ट्रको निर्क्योल एसिया कप छनौट पछि हुनेछ।

एसिया कपमा नेपालको खेल तालिका :- २९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान ) , ३० अगस्ट – नेपाल Vs युएई ( किनरारा ओभल मैदान ) , १ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान ) , २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) , ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) , ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]