हंगकंगबिरुद्ध जितमा हिरो बनेका ४ नेपाली खेलाडी

  • विकेटनेपाल, फाल्गुन २८- सोमबार 

जिम्बाबेमा जारि आइसीसी विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा हंगकंगसँग ५ विकेटको जित हात पारेको छ। जितसंगै नेपालले आगामी ४ वर्षको लागि एकदिवसीय मान्यता प्राप्त गर्ने अवसर पनि जीवित राखेको छ। यसरी बन्नेछ नेपाल एकदिवसीय राष्ट्र

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको हंगकंगले ४८.२ ओभरमा सबै विकेट गुमाउंदै १५३ रन बनाएको थियो। उसका लागि ओपनर निजाकात खानले ४७ रन तथा एहसान खानले तल्लोक्रममा २५ रन बनाए। नेपालका सन्दिप लामिछानेले ३ विकेट तथा बसन्त रेग्मी र करन केसीले २/२ विकेट लिए। जवाफमा हंगकंगका ऐजाज खान र एहसान खानले २/२ तथा तान्विर अफ्ज़लले १ विकेट लिएपछि नेपाल कुनै समय ६६ रनमा ५ विकेट गुमाएर कमजोर अवस्थामा रहेको थियो। तर त्यसपछि छैठौं विकेटको लागि रोहित पौडेल र सोमपाल कामिले अविजित ८९ रनको साझेदारी गर्दै नेपाललाई खेल जिताए।

जितमा नायक साबित भएका नेपाली खेलाडीहरु :-

सन्दिप लामिछाने

आइपिएल तथा सिपिएल खेल्नको लागि छनोट स्टार लेग स्पिनर सन्दिप लामिछानेले टस जितेर ब्याटिंग गरेको हंगकंगलाई थोरै योगफलमा समेट्न उत्कृस्ट बलिंग गरे। १० ओभर बलिंग गर्दै ४ मेडन सहित मात्र १७ रन खर्चेर ३ विकेट हात पारेका नेपाली शेन वार्नले हंगकंग ब्याट्सम्यानलाई क्रिजमा आच्छुआच्छु पारे।

कुनै समय ठुलो योगफलतर्फ अगाडी बढेको हंगकंगको मध्येक्रम ध्वस्त पार्न सन्दिपले अन्शुमन रथ, शहिद वासिफ र ऐजाज खानको विकेट लिए भने अत्यन्त किफायती बलिंग समेत गरे। सन्दिपको बलिंगको कारणलेनै कम योगफल बनाएको हंगकंगको लक्ष्य नेपालले थोरै ओभरमा पछ्याउन सक्यो र समुहको चौथो स्थानमा रहन सफल भयो।

रोहित पौडेल 

प्रतियोगिताकै सबैभन्दा युवा खेलाडी रोहित कुमार पौडेलले पुनः आफुलाई संकटमोचक साबित गर्दै नेपालको जितमा नायक बन्ने काम गरे। हंगकंगले दिएको १५४ रन लक्ष्य नेपालको टप अर्डर फेल भयो र नेपालको स्थिति अत्यन्त नाजुक अवस्थामा पुग्यो। नेपाललाई अंकतालिकामा चौथो स्थानमा रहन हंगकंगलाई पराजित गरेर मात्रै हुन्थेन १५४ रन ४५.१ ओभरमै बनाउनु पर्ने थियो। अनिल साह, ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र ऐरी र आरिफ शेख जस्ता ब्याट्सम्यानहरु गुमाउदा नेपालको योगफल ६६/५ पुग्यो।

जितको लागि आवस्यक थियो अझै ८८ रन बाँकी थियो र रोहित र सोमपाल पछि नेपालको पुछारको ब्याट्सम्यानहरुको पालो थियो। नेपाललाई त्यो अवस्थामा एउटा विकेटले पनि हारसम्म पुर्याउन सक्थ्यो भने जित हाँसिल गरे पनि ४५.१ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने अवस्था थियो।

Sompal Kami , Rohit Poudel
Sompal Kami , Rohit Poudel

यो अवस्थामा रोहितले आफ्नो जिम्मेवारी बुझे र अत्यन्त धैर्यतापूर्ण इनिंग खेल्दै सोमपाल कामिसंग छैठौं विकेटको लागि अविजित ८९ रनको साझेदारी गर्दै ४०.४ ओभरमै जित नेपालको पक्षमा दिलाए। बिजयी चौका समेत प्रहार गरेका रोहितनै खेलको प्लेयर अफ द म्याच चुनिए जसले ८६ बल खेल्दै ५ चौका मदतले ४८ रनको इनिंग खेले। रास्ट्रिय टिमको लागि गत महिना नामिबियासंग डिभिजन-२ मा डेब्यु गरेका रोहितको यो व्यक्तिगत सर्वाधिक रन समेत हो। यस अघि उनले डिभिजन-२ मा  केन्यासंग ४७ रनको इनिंग खेलेका थिए।

सोमपाल कामि

बलिंग मात्र हैन ब्याट्सम्यानको रुपमा समेत नेपालको लागि थुप्रैपटक योगदान दिएका सोमपालले पुनः एकपटक राम्रो ब्याट्सम्यानको रुपमा आफुलाई चिनाउने मौका गुमाएनन्। टिमको स्कोर दयनीय ६६/५ रहेको बेला रोहित पौडेलको साथ दिन सोमपालको मैदानमा आगमन भएको थियो। रोहितसँग छैठौ विकेटको लागि अविजित ८९ रनको साझेदारी गर्नेक्रममा कामिले ४० बलमा ५ चौका सहित अविजित ३७ रन प्रहार गरे। सोमपालले ९२ को स्ट्राइक रेटले रन बनाउदानै नेपालको जित ४०.४ ओभरमै सम्भव भयो।

Sompal Kami
Sompal Kami

त्यति मात्र कहाँ सोमपालले बलिंगमार्फत पनि टिमलाई महत्वपूर्ण योगदान दिए। खतरनाक ब्याट्सम्यान तथा हंगकंग कप्तान बाबर हयात आक्रामक ब्याटिंग गर्दै गर्दा हंगकंगले राम्रो सुरुवात गरिसकेको थियो। १६ बलमा ३ चौका र १ छक्का प्रहार गरेर खतरनाक देखिएका हयातको विकेट लिनु महत्वपूर्ण रहेको बेला सोमपालले हयातको विकेट लिंदै नेपाललाई खेलमा फर्काए। हयातको विकेट पछि हंगकंगले लगातार विकेट गुमाउन पुग्यो। सोमपालले किफायती बलिंग गर्दै ८ ओभरमा मात्र २४ रन खर्चेर १ विकेट लिए।

बसन्त रेग्मी 

हंगकंगलाई सानो योगफलमा रोक्न तथा निरन्तर दबाबमा राख्न बसन्त रेग्मीले पनि उत्कृस्ट बलिंग गरे। १० ओभर बलिंग गरेका रेग्मीले मात्र २० रन खर्चेर २ विकेट मात्र लिएनन् ४ वटा मेडन ओभर समेत गरे। त्यस क्रममा रेग्मीले ओपनर क्रिस्टोफर कार्टर र तन्बिर अफजलको विकेट समेत लिए।

यी बाहेक हंगकंगसंगको जितमा लक्ष्य पछ्याउदा अनिल साह र ज्ञानेन्द्र मल्लको ४१ रनको ओपनिंग साझेदारी, बलिंगतर्फ करन केसीले बाधा बनेका पुछारका ब्याट्सम्यानलाई आउट गर्नु तथा ललित राजबंशीको किफायती बलिंग र कप्तान पारस खड्काको कप्तानी पनि महत्वपूर्ण थियो।

यो पनि पढ्नुस –  यसरी बन्नेछ नेपाल एकदिवसीय राष्ट्र, मान्यता पाए के हुन्छ ? 





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]