हंगकंगसंग गर या मरको स्थितिमा नेपाल, यस्तो छ अन्तिम ६ खेलको नतिजा

nepal vs hongkong

मलेसियामा जारी एसिया कप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो समुह चरणको अन्तिम खेलमा हंगकंगको सामना गर्दैछ। सुरुवातका दुई खेलमा खराब प्रदर्शन गर्दै खेल  हारेको नेपाललाई हंगकंगलाई ठूलो अन्तरले पराजित गर्दै अर्को चरणमा पुग्ने बाटो खुल्ला राख्नु पर्ने दवाब रहेको छ। तर नेपालले हंगकंगलाई ठूलो अन्तरले पराजित गरेर मात्र अर्को चरणको सभावना भने रहने छैन। त्यसका लागि ओमानले समेत युएई लाई हराउनु पर्नेछ। उता हंगकंग समेत नेपाललाई हराउंदै अर्को चरण प्रवेशको आशामा रहने छ।

हंगकंगसंगको खेल अघि आउनुस हेरौं नेपाल र हंगकंग बीच इतिहासमा भएका खेलहरुको नतिजा :-

एसीसी ट्रफी ईलाईट २०१२ – ९ अक्टोबर २०१२

पारस खड्काको आक्रामक ६१ रन (५४ बल, ६ चौका), अनिल मण्डलको ३७ रन तथा बसन्त रेग्मीको ३१ रनको मद्दतमा नेपालले पहिले ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २२५ रनको योगफल तयार पारेको थियो। हंगकंगका तन्बिर अफ्ज़ल, निजाकत खान र करण शाहले समान २/२ विकेट हात पारेका थिए । जवाफमा अमृत भट्टराई र बसन्त रेग्मीले समान ३/३ विकेट लिएपछि हंगकंगले ३७ ओभरमा सबै विकेट गुमाउदै मात्र १०० रन बनायो र १२५ रनको बिशाल योगफलले पराजित भयो ।

विश्वकप छनौट २०१४ – १९ जनवरी २०१४

हसीब अमजदले ४० रन खर्चेर ४ विकेट तथा ऐजाज़ खान र इरफान अहमदले समान २/२ विकेट लिएपछि नेपालले ४९.३ बलमा सबै विकेट गुमाउंदै मात्र १५० रनको योगफल तयार पारेको थियो । कुनै समय ६५/८ को अवस्थामा रहेको नेपाललाई बसन्त रेग्मीले ४५ रन तथा सोमपाल कामिले २६ रन प्रहार गर्दै नवौं विकेटको लागि महत्त्वपुर्ण ५७ रनको साझेदारी गरेका थिए। यस्तै पारस खड्काले पनि २९ रन बनाएका थिए।

जवाफमा हंगकंगका लागि ओपनरद्वय वाकस बर्कात र इरफान अहमदले क्रमश: अविजित ५६ र ८६ रनको पारि खेल्दै पहिलो विकेटको लागि अविजित १५४ रनको साझेदारी गरेपछि हंगकंगले १० विकेटको जित हात पारेको थियो। उसले लक्ष्य ३३.२ ओभरमा पुरा गरेको थियो।

Sompal Kami Bowling
Sompal Kami Bowling

एसीसी प्रिमियर लिग – ५ मे २०१४

सोमपाल कामिले ३४ रन खर्चेर ४ विकेट, बसन्त रेग्मीले ३४ रन खर्चेर ३ विकेट तथा आरिफ शेखले २ विकेट लिएपछि ओपनर इरफान अहमदको १०६ रन (११५ बल, १० चौका, ३ छक्का) को बाबजुत हंगकंगले निर्धारित ५० ओभरको खेलमा ४१.५ ओभरमा १८१ रनमा सबै विकेट गुमाएको थियो। त्यसपछि खेल बर्षाले प्रभावित हुँदा डिएल मेथडको आधारमा ३८ ओभरमा १४४ रनको बिजयी लक्ष्य पाएको नेपालले ३४.१ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। नेपालको जितमा नरेश बुढाएरले ४१ रन तथा पारस खड्काले अविजित ४३ रन प्रहार गरेका थिए।

एसियन क्रिकेट काउन्सिल इमर्जिंग कप – ३० मार्च २०१७

अभिनाश कर्णले २९ रन खर्चेर ३ विकेट तथा भुवन कार्की, सुशन भारी र ज्ञानेन्द्र मल्लले समान २/२ विकेट हात पारेपछि पहिले ब्याटिंग गरेको हंगकंगले ५० ओभरमा २१४ रन बनाउदा सबै विकेट गुमाएको थियो । हंगकंगका अन्शुमन रथले ५१ रन तथा क्यामरुन म्याकअस्लनले ४३ रन बनाएका थिए।

जवाफमा ज्ञानेन्द्र मल्लले ७० रन, दिपेन्द्र सिंह ऐरीले अविजित ६० रन तथा शरद भेसावकरले अविजित ५५ रन प्रहार गरेपछि नेपालले ४४.२ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। ऐरी र भेसावकरले चौथो विकेटको लागि अविजित १०५ रनको साझेदारी गरेका थिए। हंगकंगका एहसान खानले ३ विकेट लिएका थिए।

विश्व क्रिकेट लिग, पहिलो खेल – १३ अक्टोबर २०१७

ओपनर जिमी एटकिन्सनले ७६ रन तथा तन्बिर अफ्ज़लले ३८ रन बनाएपछि पहिले ब्याटिंग गरेको हंगकंगले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रनको योगफल तयार पार्यो। नेपालको लागि सन्दिप लामिछानेले ३ विकेट तथा बसन्त रेग्मी र करन केसीले समान २/२ हात पारे।
जवाफमा १९५ रन लक्ष्य पछ्याएको नेपालले एहसान खानले ५ विकेट तथा ऐजाज़ खानले ३ विकेट हात पारेपछि ३४.५ ओभरमा मात्र १११ रन बनाउन सक्यो र ८३ रनले पराजित हुन पुग्यो। नेपालको लागि पारस खड्काले सर्वाधिक २६ रन बनाएका थिए। सोहि प्रतियोगिता अन्तर्गत १५ अक्टोबरमा घोषणा गरिएको दोश्रो एकदिवसीय खेल बर्षाको कारण १/१ अंक बाँड्दै सकिएको थियो।

विश्वकप छनौट प्रतियोगिता – मार्च १२ २०१८ 

सन्दिप लामिछानेले १७ रन खर्चेर ३ विकेट तथा बसन्त रेग्मीले २० रन खर्चेर २ विकेट हात पारेपछि पहिले ब्याटिंग गरेको हंगकंगले ४८.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन जोडेको थियो। उसको इनिंगमा निजाकत खानले सर्वाधिक ४७ रन जोडेका थिए। जवाफमा १५४ रनको लक्ष्य नेपाली टोलीले ४०.४ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो।नेपालको जितमा म्यान अफ दि म्याच रोहित पौडेलले सर्वाधिक ४८ तथा सोमपाल कामीले अविजित ३७ रनको इनिंग खेलेका थिए।





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]

विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको […]

सुर्यकुमारको शतकमा मुम्बईको सहज जित

काठमाडौं । सूर्यकुमार यादवको शतकको सहयोगमा मुम्बई इण्डियन्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]