नेरीको विश्व किर्तिमानी बलिङ्ग, नेपालको तेस्रो जित : महिला विश्वकप छनोट

नेरी थापाले किर्तिमानी बलिङ्ग गर्दा आईसीसी टि-२० विश्वकप एसिया छनौट प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले हंगकंगलाई ४ विकेटले पराजित गरेको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको हंगकंगले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाउदै नेपाललाई ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित लक्ष्य नेपालले १८.३ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा थाईल्याण्डसंग ५७ रनले पराजित हुन पुगेको थियो। यस्तै तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पाखा लगाएको थियो।

नेरी थापाको किर्तिमानी बलिङ्ग :

टस जितेर ब्याटिंग गर्न उत्रिएको हंगकंगको सुरुवात मध्यम रहेको थियो। पहिलो विकेटका लागि २३ रन जोडेको जोडी बेल्ला पुन र यस्मीन दस्वानी दुवैलाई नेरी थापाले क्रमश ११ र १६ रनको स्कोरमा सातौँ र एघारौं ओभरमा पभेलियन फर्काउँदै नेपाललाई सफलता दिलाएकी थिइन्।

पहिलो विकेटको साझेदारी पश्चात भने नेरी थापाको धारिलो बलिङ्गमा हंगकंग जवाफ बिहिन बन्यो। लगातार अन्तरालमा विकेट गुमाएको टोलीले पुरै २० ओभर ब्याटिंग गरेपनि ६२ रन मात्र जोड्न सक्यो। उसका लागि मरिना लाम्प्लोले सर्वाधिक १९ रन, यस्मीन दस्वानीले १६ र बेल्ला पुनले ११ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि बलिङ्गतर्फ नेरी थापाले सर्वाधिक ६ विकेट तथा सिता राना मगरले २ विकेट हात पारिन्। आफ्नो ४ ओभरको स्पेलमा नेरीले मात्र ८ रन खर्चेर ६ विकेट हात पारिन्। यस्तै सिताले भने ४ ओभरमा १ मेडन सहित मात्र ७ रन खर्चेर २ विकेट हात पारिन्।

नेरीको बलिङ्ग प्रदर्शन ( ४-०-८-६ ) महिला अन्तर्राष्ट्रिय टि-२० क्रिकेटको एकै इनिंगको तेस्रो उत्कृस्ट प्रदर्शन हो। महिला अन्तर्राष्ट्रिय टि-२० मा नेरी अघि ४ बलरले मात्र एकै इनिंगमा ६ विकेट हात पार्न सफल बनेका थिए। यस सुचिको तेस्रो स्थानमा पर्ने क्रममा नेरीले आन्या श्रब्सोल, झुलन घोस्वामी जस्ता अनुभवी खेलाडीलाई समेत पछि छाडिन्।

नेपालको ब्याटिंग : 

६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीको सुरुवात खराब रह्यो। मात्र २४ रन जोड्न पहिलो ४ विकेट गुमाएको नेपालको इनिंगलाई अप्सरी बेगम र सरिता मगरले सम्हालिएर ब्याटिंग गर्दै अघि बढाए। अप्सरीले नेपालका लागि सर्वाधिक २४ रन तथा सरिताले अविजित १६ रन जोडिन्।

अप्सरीको विकेट पश्चात लगत्तै नेपालले रोमा थापा ( २ ) लाई समेत गुमायो। सो विकेट पश्चात नेरी थापा ( १* ) र सरिता मगर ( १६* ) ले नेपाललाई जितसम्म पुर्याए।

हंगकंगको बलिङ्गमा जस्मिन तित्मुसले सर्वाधिक ३ विकेट हात पारेपनि टोलीलाई जित दिलाउन विफल रहिन्। यस्तै क्यारी चन, यी शन् तो र मरिको हिलले समान १-१ विकेट हात पारे।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]