टाईफुनको कारण नेपाल-हंगकंग खेल भोलिको लागि सारियो

  • विकेटनेपाल, २९ असोज 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हंगकंग बीच छैठौं चरणको दोश्रो खेल भोलि सोमबारको लागि सारिएको छ ।

सामुन्द्रिक आंधी ( टाईफुन ८ ) आउने अनुमान पछि खेल स्थगित गरिएको हो । हंगकंगमा हल्का वर्षा भइरहेको छ र केहि समयमा टाईफुन आउने अनुमान छ।

( भिडियो हेर्नुस )

हंगकंग र नेपाली टिम दुबैलाई बिहान देखि होटलबाट बाहिर निस्कन दिईएको छैन भने मैदानमा समेत अफिसियल लगायत कर्मचारीहरु उपस्थिति छैनन्।

हंगकंग क्रिकेटले आफ्नो फेसबुक पेज मार्फत खेल सुरक्षाको कारण सोमबारको लागि सारिएको बताएको छ ।

मैदानको केहि बेर अघिको फोटो 

फोटो – कृष्ण  पौडेल, विकेटनेपाल 

अझै बाँकी छ नेपालको बिश्वकप छनौट खेल्ने सम्भावना 

नेपालले शनिबार सम्पन्न पहिलो खेलमा ८३ रनको हार बेहोरेको थियो जसपछि च्याम्पियनसिप अंकतालिकाको उत्कृस्ट ४ भित्र पर्ने सम्भावना थोरै मात्रै बाँकी रहेको छ। उत्कृस्ट ४ भित्र रहने टिमले २०१८ मार्चमा जिम्बाबेमा हुने २०१९ आईसीसी बिश्व कप छनौट प्रतियोगितामा सहभागी हुन पाउनेछ ।

नेपाल छनौट हुन बाँकी ३ वटै खेल जित्नु पर्नेछ भने हंगकंग र केन्याले बाँकी सबै खेलमा हार बेहोर्नुपर्नेछ।

अंकतालिकामा चौथो स्थानमा रहेको हंगकंगको ११ खेलमा १३ अंक रहेको छ भने पाँचौ स्थानमा केन्याको १२ खेलमा १२ अंक रहेको छ। हंगकंगले नेपालसंग बाँकी १ खेल पछि पपुवा न्युगिनीसंग २ खेल खेल्नेछ भने केन्याले स्कटल्याण्डसंग २ खेल खेल्न बाँकी रहेको छ ।

यदी माथिको अवस्था नआएको खण्डमा नेपाल डिभिजन -२ मा झर्नेछ । २०१८ फेब्रुअरीमा नामिबियामा आयोजना हुने डिभिजन-२ मा उत्कृस्ट २ हुन सके नेपाल पुनः आईसीसी बिश्व कप छनौट खेल्न छनौट हुनेछ ।

डिभिजन-२ मा क्यानडा र ओमान २०१७ को डिभिजन-३ को उत्कृस्ट २ टिम हुँदै छनौट भएका छन् भने बिश्व क्रिकेट लिग च्याम्पियनसिपको अंकतालिकामा निम्न ४ रहने टोलि रहनेछन्। नामिबिया, युएई डिभिजन २ मा झरीसकेको हुँदा अब च्याम्पियनसिपबाट हंगकंग, केन्या र नेपालबाट २ वटा टिम डिभिजन-२ मा झर्नेछ ।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]