टाईफुनको कारण नेपाल-हंगकंग खेल भोलिको लागि सारियो

  • विकेटनेपाल, २९ असोज 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हंगकंग बीच छैठौं चरणको दोश्रो खेल भोलि सोमबारको लागि सारिएको छ ।

सामुन्द्रिक आंधी ( टाईफुन ८ ) आउने अनुमान पछि खेल स्थगित गरिएको हो । हंगकंगमा हल्का वर्षा भइरहेको छ र केहि समयमा टाईफुन आउने अनुमान छ।

( भिडियो हेर्नुस )

हंगकंग र नेपाली टिम दुबैलाई बिहान देखि होटलबाट बाहिर निस्कन दिईएको छैन भने मैदानमा समेत अफिसियल लगायत कर्मचारीहरु उपस्थिति छैनन्।

हंगकंग क्रिकेटले आफ्नो फेसबुक पेज मार्फत खेल सुरक्षाको कारण सोमबारको लागि सारिएको बताएको छ ।

मैदानको केहि बेर अघिको फोटो 

फोटो – कृष्ण  पौडेल, विकेटनेपाल 

अझै बाँकी छ नेपालको बिश्वकप छनौट खेल्ने सम्भावना 

नेपालले शनिबार सम्पन्न पहिलो खेलमा ८३ रनको हार बेहोरेको थियो जसपछि च्याम्पियनसिप अंकतालिकाको उत्कृस्ट ४ भित्र पर्ने सम्भावना थोरै मात्रै बाँकी रहेको छ। उत्कृस्ट ४ भित्र रहने टिमले २०१८ मार्चमा जिम्बाबेमा हुने २०१९ आईसीसी बिश्व कप छनौट प्रतियोगितामा सहभागी हुन पाउनेछ ।

नेपाल छनौट हुन बाँकी ३ वटै खेल जित्नु पर्नेछ भने हंगकंग र केन्याले बाँकी सबै खेलमा हार बेहोर्नुपर्नेछ।

अंकतालिकामा चौथो स्थानमा रहेको हंगकंगको ११ खेलमा १३ अंक रहेको छ भने पाँचौ स्थानमा केन्याको १२ खेलमा १२ अंक रहेको छ। हंगकंगले नेपालसंग बाँकी १ खेल पछि पपुवा न्युगिनीसंग २ खेल खेल्नेछ भने केन्याले स्कटल्याण्डसंग २ खेल खेल्न बाँकी रहेको छ ।

यदी माथिको अवस्था नआएको खण्डमा नेपाल डिभिजन -२ मा झर्नेछ । २०१८ फेब्रुअरीमा नामिबियामा आयोजना हुने डिभिजन-२ मा उत्कृस्ट २ हुन सके नेपाल पुनः आईसीसी बिश्व कप छनौट खेल्न छनौट हुनेछ ।

डिभिजन-२ मा क्यानडा र ओमान २०१७ को डिभिजन-३ को उत्कृस्ट २ टिम हुँदै छनौट भएका छन् भने बिश्व क्रिकेट लिग च्याम्पियनसिपको अंकतालिकामा निम्न ४ रहने टोलि रहनेछन्। नामिबिया, युएई डिभिजन २ मा झरीसकेको हुँदा अब च्याम्पियनसिपबाट हंगकंग, केन्या र नेपालबाट २ वटा टिम डिभिजन-२ मा झर्नेछ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy