नेपाल टस जितेर बलिङ्ग गर्दै ( भारत यु-१९ चौकोणीय सिरिज )

  • विकेटनेपाल, भदौ २६ 

चार टोलि सम्मिलित युवा एक दिवसीय सिरिजमा बुधवार नेपाल यु-१९ टोलीले भारत यु-१९ “बि” को सामना गर्दैछ। आशिफ शेखको कप्तानीमा रहेको टोलीको लागि यो प्रतियोगिताको पहिलो खेल हो।

एकना अन्तर्रास्ट्रिय क्रिकेट स्टेडियम ( बि ) मैदानमा नेपाल यु-१९ टोलीले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय लिएको छ। अनुभवी युवा खेलाडीहरु सन्दिप लामिछाने, दिपेन्द्र ऐरी र रोहित पौडेल बिनानै भारत पुगेको नेपालका लागि शृंखला कठिन हुने अनुमान गरिएको छ।

भारत यु-१९ “बि” बिरुद्ध नेपालले कप्तान आसिफ शेख सहित, सुन्दिप जोरा, त्रित राज दास, बिपिन रावल, भिम शार्की, कमल ऐरी, किशोर महतो, संसाद आलम, सागर ढकाल, रभि साह र पवन सर्राफलाई अन्तिम ११ मा सम्मिलित गरेको छ।

यस्तै भारत यु-१९ “बि” को अन्तिम ११ मा भने कप्तान भेदांत मुरकर सहित सुभांग हेग्ड़े, समीर रिज्भी, सहिल राज, सबिर खान, ए सेखावत, तिलक बर्मा, काम्रण इकबाल, पंकज यादव, रंजन पौल, एन ठाकुर र रिशभ चौहान रहेका छन्।

सिरिजमा सहभागी हुन नेपाली टिम सोमबार बिहान भारत प्रस्थान गरेको थियो। भारत जानु अघि नेपाली युवा टिमले करिब २ साता प्रशिक्षक बिनोद दासको मुख्य प्रशिक्षणमा अभ्यास गरेको थियो। सिरिजको लागि टिम ट्यालेन्ट हन्ट तथा यस अघि यु-१९ र यु-१६ टिमहरुबाट खेलाडीहरु चुनिएको थियो।

आसिफ शेखको कप्तानी रहेको नेपाली युवा टिममा त्रित राज दास, रभि शाह , बिपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, राशिद खान, भिम शार्की, कमल सिंह ऐरी, सन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद संसाद आलम रहेका छन्। टिमको मुख्य प्रशिक्षक बिनोद दास, सहायक प्रशिक्षक मनोज कटवाल हुन् भने टिमको ब्यबस्थापकको रुपमा शक्ति गौचन र फिजियो बिक्रम न्यौपाने भारत पुगेका छन्।

आसिफ शेख , पवन शर्राफ , किशोर महतो , भिम शार्की ,कमल सिंह ऐरि , राशिद खान , सन्दिप जोरा जस्ता खेलाडीहरुले यस अघि यु-१९ टिमको तथा रभी शाह , त्रित राज दास, रित गौतमले यु-१६ राष्ट्रिय क्रिकेट टिमको यस अघि प्रतिनिधित्व गरिसकेका छन्। बिपिन रावल, लोकेश बम, सागर ढकाल, अरुण ऐरि र मोहम्मद संसाद आलम ट्यालेन्ट हन्टबाट आएका हुन्।

सिरिजमा नेपालको खेल तालिका –

सेप्टेम्बर १२ : नेपाल यु-१९ Vs भारत यु-१९ ( बि )
सेप्टेम्बर १४ – नेपाल यु-१९ Vs भारत यु-१९ ( ए )
सेप्टेम्बर १६ – नेपाल यु-१९ Vs अफगानिस्तान यु-१९
सेप्टेम्बर १८ – फाइनल र प्ले-अफ ( तेश्रो र चौथो )

अन्य टिमहरु :

भारत यु-१९ ‘ए’ टिम – पभन साह ( कप्तान ) , देवदत्त पडिक्कल, यशस्वी जैसवाल, अनुज रावत, यश राथोड़, आयुष बादोनी, नेहल वधेरा, प्रब सिमरन सिंह, सिदार्थ देसाई, हर्ष त्यागि, अजय देव गौड, यतिन मंग्वानी, समिर चौधरी र राजेश मोहन्ति

भारत यु-१९ ‘बि’ टिम – भेदान्त मुरक ( कप्तान ) , ठाकुर रिलक बर्मा, काम्रण इकब्ल, बम्शी कृष्ण, प्रदोष रंजन पौल, रिसभ चौहान, सिद्धान्त राना, सयन कुमार विश्वाश, शुभांग हेग्ड़े, रिज्भी समिर, पंकज यादव, आकाश सिंह, अशोक सन्धु, आयुष सिंह, नितिश रेड्डी, सबिर खान, सहिल राज र राज्वर्धन हंगारगेकर रहेका छन्।

अफगानिस्तान यु-१९ टिम – सदिकुल्लाह, रियाज हसन, अबिद मोहम्मदी, इयाज, फरहान,बसिर खान,मोहम्मद हसन, अब्दुल्लाह, मोहम्मद इशक, अब्दुल रहमान, उस्मान घानी, समिउल्लाह, नाभेद एह्मद, नाभेद खान, जकिउल्लाह





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]