पहिलो खेलमै भारतसंग भेट, पछिल्लो ५ खेलमा यस्तो छ नेपालको प्रदर्शन ( युथ एसिया कप )

Rohit Paudel
  • विकेटनेपाल, असोज १२ – शुक्रबार 

बंगलादेशमा शनिबार सेप्टेम्बर २९ देखि सुरु हुने यु-१९ युथ एसिया कपको पहिलो खेलमा नेपालले भारतीय यु-१९ टिमको सामना गर्दैछ। भारतसंगको खेल नेपाली समय ८:४५ बजे बिहान सुरु हुनेछ। प्रतियोगितामा समुह ‘ए’ मा रहेको नेपालले भारत पछि अफगानिस्थान र युएईसंग खेल्ने तालिका रहेको छ।

यु-१९ बिश्व कप बिजेता समेत रहेको भारतीय यु-१९ टिमसंग नेपालले पहिलो खेल खेल्दै गर्दा अस्चार्यजनक नतिजा ल्याउने सोचमा हुनेछ। गत बर्ष मलेसियामा सम्पन्न यु-१९ युथ एसिया कपमा नेपालले भारतलाई पराजित गरेको थियो जुन प्रदर्शन दोहोर्याउने आशा नेपाली फ्यानले गरेका छन्।

भारत यु-१९ संग पछिल्लो ५ खेलमा नेपालले खेलेको खेलमा नेपालको प्रदर्शन कस्तो थियो प्रस्तुत गरेका छौँ –

२०१३/१४  यु-१९ युथ एसिया कप  ( युएई ) 

समुह चरणमा भारतसंग टस जितेर ब्याटिंग गरेको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाएर १३६ रन बनाएको थियो। नेपालको लागि बिभत्सु थापाले ४७ तथा आरिफ शेखले ४० रन योगदान दिएका थिए। भारतको लागि हालका स्टार लेग स्पिनर कुलदिप यादबले ५ विकेट लिएका थिए।

१३७ रनको लक्ष्य भारतले १ विकेट गुमाएर २५.१ ओभरमा भेटायो। अखिल हेरवाडकरले ७१ र विजय जोलले ६१ रन बनाए। नेपालको लागि १ विकेट भुवन कार्कीले लिएका थिए।

२०१६ यु-१९ बिश्वकप ( बंगलादेश ) 

समुह चरणको खेलमा भारतसंग प्रतिस्पर्धा गरेको नेपालले टस हारेर ब्याटिंग गर्दै निर्धारित ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो।

नेपालको ब्याटिंगमा ओपनर सन्दिप सुनारले सर्वाधिक ३७ रन बनाएका थिए। यस्तै राजबिर सिंहले ३५, प्रेम तामांगले अविजित २९ तथा आरिफ शेखले २६ रन बनाएका थिए।

१७० रनको लक्ष्य भारतले १८.१ ओभरमै पुरा गर्यो। रिशभ पन्तले विस्फोटक ब्याटिंग गर्दै ५ छक्का र ९ चौका मदतले मात्र २४ बलमा ७८ रन तथा इशान किशानले ५२ रन बनाए। नेपालको लागि प्रेम तामांगले २ तथा सन्दिप लामिछानेले १ विकेट लिए।

Rohit Paudel
Rohit Paudel

यु-१९ युथ एसिया कप २०१६ ( श्रीलंका ) 

समुह चरणमा भारतसंग खेल्ने क्रममा नेपालले टस जितेर ब्याटिंग गर्दै पुरै ५० ओभरमा ९ विकेट गुमाएर १७२ रन बनाएको थियो।

कुनै समय ८६/६ को नाजुक अवस्थाबाट आठौँ नम्बरमा ब्याटिंग गर्दै रोहित पौडेलले अविजित ६८ रन बनाएर नेपालको स्कोर १७२ पुर्याएका थिए। पौडेलले ९३ बलमा २ छक्का र ७ चौका प्रहार गरेका थिए। यस्तै दिपेन्द्र ऐरिले ३४ र १८ रन बनाएका थिए। भारतको लागि राहुल चाहरले ५ विकेट लिए।

१७३ रनको लक्ष्य भारतले ३३.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। हिमांशु राना र सुभ्मन गिलले अर्धशतक बनाए। नेपालको लागि पवन सर्राफले ३ तथा सन्दिप लामिछानेले १ विकेट लिए।

यु-१९ युथ एसिया कप २०१७ ( मलेसिया ) 

समुह चरणमा भएको भेटमा राहुल द्रविड प्रशिक्षक रहेको भारतीय टिमले टस जितेर नेपाललाई ब्याटिंग गर्ने निम्तो दिएको थियो।

नेपालले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १८५ रन बनाएको थियो। नेपालको लागि दिपेन्द्र ऐरिले सर्वाधिक ८८ रन तथा जितेन्द्र ठकुरीले ३६ रन योगदान दिएका थिए। ऐरिले १०१ बलमा २ छक्का र ६ चौका प्रहार गरेका थिए।

१८६ रनको लक्ष्य पछ्याउने क्रममा कुनै बेला ९१/१ को स्थितिमा रहेको भारतले बाँकी ७५ रन जोड्दा अरु ९ विकेट गुमाउन पुग्यो र खेल १९ रनले हार्न पुग्यो। ओपनर हिमांशु रानाले ४६ र मन्जोत कालराले ३५ रन बनाए पनि मध्य क्रम र तल्लो क्रमलाई नेपाली बलरहरुले तहसनहस बनाएका थिए। बलिङ्गतर्फ पनि दिपेन्द्र ऐरिले ४ विकेट ( १०-२-३९-४ ) हात पारेका थिए भने पवन सर्राफ र शाहब आलमले समान २/२ विकेट लिएका थिए।

इतिहासमानै भारतको कुनै पनि टिमलाई पराजित गरेको नेपालले त्योनै पहिलो पटक थियो जसपछि सर्वत्र नेपाली युवा टिमको प्रस्शंषा भएको थियो।

चौकोणीय सिरिज २०१८ ( लखनउ , भारत )

अफगानिस्थान र भारतको ए र बि टिम सहभागी यु-१९ सिरिजमा नेपालले टस जितेर ब्याटिंग गर्दै ४५.५ ओभरमा १५६ रन मात्रै बनाउन सक्यो।

नेपालको लागि सन्दिप जोराले सर्वाधिक ६६ रन तथा तृत राज दासले ४६ रन बनाएका थिए। भारतीय बलर अजय देब गौड र मंग्वानीले समान ४ विकेट लिएका थिए।

१५७ रनको लक्ष्य भारतले सजिलै २४.१ ओभरमा पछ्याउने क्रममा २ विकेट मात्रै गुमायो। उसको लागि वाईभी राथोडले सर्वाधिक ५९, अनुज रावतले ४७ तथा प्रभसिमरन सिंहले ४६ रन योगदान दिए। नेपालको लागि कमल ऐरि र पवन सर्राफले समान १/१ विकेट लिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]