भारतसंग नेपालको पहिलो खेल, यु-१९ एसिया कपको खेल तालिका सार्वजनिक

Aasif Sheikh
  • विकेटनेपाल,भदौ ३० 

सेप्टेम्बर २९ देखि ७ अक्टोबरसम्म बंगलादेशमा आयोजना हुने अन्डर-१९ युथ एसिया कप प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

एसियन क्रिकेट काउन्सिल ( एसीसी ) ले आयोजना गर्ने प्रतियोगिताको पहिलो खेलमा नेपालले टेस्ट राष्ट्र तथा यु-१९ बिश्व कप बिजेता भारतको सामना गर्ने भएको छ।मलेसियामा २०१७ नोभेम्बरमा सम्पन्न प्रतियोगिताको अघिल्लो संस्करणमा नेपालले भारतलाई पराजित गर्दै इतिहासमै पहिलो पटक सेमीफाइनलसम्मको यात्रा तय गरेको थियो।

प्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ वटा समुहमा बिभाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा साविकको विजेता अफगानिस्तान, भारत र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। प्रतियोगिताको खेलहरु ढाका र चिटागोंगमा हुनेछ।

२ वटा समुहबाट उत्कृस्ट २ हुने ४ टिमहरु सेमीफाईनल खेल्न छनौट हुनेछन्। अक्टोबर ४ र ५ तारिकमा सेमीफाईनल र अक्टोबर ७ तारिकमा फाईनल खेलिनेछ।

समुह ‘ए’ – नेपाल , अफगानिस्तान , भारत र युएई
समुह ‘बि’ – बंगलादेश, हंगकंग , पाकिस्तान र श्रीलंका

खेलतालिका ( समुह चरण ) 

सेप्टेम्बर २९ – नेपाल Vs भारत (  बिकेएसपी-४, मैदान ) , अफगानिस्तान Vs युएई , बंगलादेश Vs श्रीलंका र हंगकंग Vs पाकिस्तान
सेप्टेम्बर ३० – भारत Vs युएई , हंगकंग Vs श्रीलंका
अक्टोबर १ – नेपाल Vs अफगानिस्तान (  बिकेएसपी-४, मैदान ) , बंगलादेश Vs पाकिस्तान
अक्टोबर २ – नेपाल Vs युएई  (  बिकेएसपी-४, मैदान ) , अफगानिस्तान Vs भारत, पाकिस्तान Vs श्रीलंका , बंगलादेश Vs हंगकंग

प्रतियोगिताको अगाडी नेपाली यु-१९ टिम यतिबेला भारत भ्रमणमा रहेको छ जहाँ अफगानिस्तान र भारतको यु-१९ टिम सहभगी सिरिजमा नेपालले समेत सहभागिता जनाएको छ। भारतीय क्रिकेट बोर्डको आयोजनामा लखनउमा जारि सिरिज पछि नेपालमै हुने अभ्यास पछि यु-१९ एसिया कपमा सहभागी हुने टिम छनौट गरिनेछ।

नेपाली टिमका प्रशिक्षक बिनोद दासले भारत भ्रमणमा रहेको टिममा ४-५ वटा परिवर्तन गरेर एसिया कपको लागि टिम छनौट गर्ने भारत जानु अघि विकेटनेपाललाई बताएका छन्। भारतमा नेपालले खेलेको २ वटै अभ्यास खेलमा पराजित हुने क्रममा भारत यु-१९ ‘बि’ संग ४० रनले तथा भारत यु-१९ ‘ए’ संग ८ विकेटले नेपाल हारेको थियो। सिरिजको तेश्रो खेलमा नेपालले अफगानिस्तानसंग आइतबार खेल्ने कार्यक्रम रहेको छ।

 

 





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]