नेपाल पहिले बलिङ गर्दै

काठमाडौं । टि२० विश्वकप एसिया तथा इएपी क्षेत्रीय छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

ओमानको मस्कटमा जापानविरुद्ध टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले बलिङ रोजेका हुन् । नेपाल र जापानले सुपर सिक्समा स्थान बनाइसकेका छन् ।

यस खेल जित्दै सुपर सिक्स पुग्ने टोलीले २ अंक समेत लिएर जाने भएकोले यस खेल महत्वपूर्ण रहेको छ ।

गत बुधबार कुवेतसँग खेलेको टोलीलाई निरन्तरता दिएको छ ।

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy