केन्यासंग नेपालको पछिल्लो ६ खेलमा प्रदर्शन यस्तो छ

Nepal vs kenya
  • विकेटनेपाल, माघ २९ – सोमबार

नामिबियामा जारि आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो चौथो खेलमा केन्याको सामना गर्दै छ। यसअघि भएका तीन खेल मध्ये २ खेलमा जित तथा १ खेलमा हार व्यहोरेको नेपालले आज तेस्रो जित हात पार्ने दाउमा मैदानमा उत्रिने छ ।

अहिलेसम्म नेपालले केन्या बिरुद्द उमेर समूह तथा टी-२० खेलमा गरेर ९ पटक भिडेको छ भने सिनियर टिमले एकदिवसीय फर्म्याटमा ६ पटक प्रतिस्पर्धा गरेको छ जसमा नतिजा केन्याको पक्षमा ४-२ को रहेको छ।

जारि डिभिजन-२ मा भने केन्याले खेलेको २ वटै खेलमा पराजय बेहोर्नुपरेको छ। पहिलो खेलमा युएईसंग २१८ रनको बिशाल अन्तरले पराजित भएको केन्याले दोश्रो खेलमा क्यानडासंग ५९ रनले पराजित हुन पुग्यो। वर्षाको कारण नामिबियासंगको खेल भने पुरा हुन नपाए पछि रिजर्भ डेमा पुनः खेलिनेछ।

केन्यासंग हालसम्म खेलिएको खेल र नतिजाहरु  यसप्रकार छन् – 

विश्वकप क्वालिफायर वार्म-अप ( २०१४, न्युजिल्याण्ड ) 

अनिल मण्डलको ६२ रनको मद्दतमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६५ रनको योगफल तयार पारेको थियो। यस्तै बिनोद भण्डारीले ४८ रन तथा प्रदीप ऐरीले पनि ४२ रनको पारि खेलेका थिए । केन्याका लागि एलिजाह ओतिएनोले ३ विकेट लिन ४० रन खर्चेका थिए।

जवाफमा केन्याले १ बल बाँकी हुदा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। उसका मोरिस ओउमाले ७३ रन तथा थोमोस ओडोयोले अविजित ६६ रनको पारि खेलेका थिए। नेपालका लागि शक्ति गौचनले २८ रन खर्चेर ४ विकेट तथा सागर पुनले ३९ रन खर्चेर ३ विकेट लिएका थिए।

Kenya Cricket Team
Kenya Cricket Team

विश्व क्रिकेट लिग डिभिजन-२, समूह चरण ( २०१५, नामिबिया ) 

ज्ञानेन्द्र मल्लले अविजित ९१ रनको पारि खेलेपछि नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउदै १९४ रनको योगफल तयार पारेको थियो।केन्याका लागि एलिजाह ओटिएनोले ४७ रन खर्चेर ३ विकेट हात पारेका थिए । जवाफमा केन्याले ३५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । केन्याको जितमा इरफान करिमले अविजित ७५ रन तथा राकिप पटेलले ६५ रन प्रहार गरेका थिए।

विश्व क्रिकेट लिग डिभिजन २, तेस्रो स्थान ( २०१५, नामिबिया ) 

समूह चरणको खेलमा पराजित नेपाल तेस्रो स्थानको लागि भएको खेलमा पनि पराजित भएको थियो। नेल्सन मन्डेला ओडीअम्बो ४८ रन तथा नरेन्द्र पटेलले ४४ रन बनाएपछि केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २०८ रनको योगफल तयार पारेको थियो। नेपालका करन केसीले ३४ रन खर्चेर ४ विकेट हात पारेका थिए।

जवाफमा उत्रेको नेपालले सबै विकेट गुमाउदै ४७ ओभरमा १९३ रन मात्र बनाउन सक्यो र १५ रनले पराजि भयो । बिनोद भण्डारीले ७३ रन तथा ज्ञानेन्द्र मल्लले ४८ रन बनाएका थिए। केन्याका लागि एलिजाह ओटिएनोले ४५ रन खर्चेर ४ विकेट तथा लुकास ओलुओचले ३० रन खर्चेर ३ विकेट हात पारेका थिए।

Nepal vs Kenya
Nepal vs Kenya

 

विश्व क्रिकेट लिग च्याम्पियनसिप, पहिलो खेल ( नेपाल, २०१६ ) 

किर्तिपुर मैदानमा बर्षाले खेल प्रभावित भएपछी नेपालले निर्धारित ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो। ज्ञानेन्द्र मल्लले सर्बाधिक २७ रन बनाएका थिए। केन्याका एन्गोचेले ३ विकेट लिन १८ रन खर्चेका थिए।

जवाफमा पुनः बर्षाले प्रभावित भएपछी २६ ओभरमा ९४ रनको लक्ष्य पाएको केन्याले २४.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। उसका लागि कप्तान राकेप पटेलले अविजित ३४ रन तथा ओबुयाले २४ रन बनाएका थिए। नेपालका लागि सागर पुनले ८ रनमा २ विकेट तथा सन्दिप लामिछानेले २१ रन खर्चेर २ विकेट लिएका थिए ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप, दोश्रो खेल ( नेपाल, २०१६ ) 

यीनै नेपालले केन्यालाई सिनियर टिमबाट एकदिवसीय खेलमा हराएको पहिलो पल्ट थियो। खेलमा पहिले ब्याटिंग गरेको केन्याले ४६.१ ओभरमा १५५ रन बनाउदा सबै विकेट गुमायो। उसका ओबुयाले ४८ तथा इरफान करिमले ३८ रन बनाएका थिए। नेपालका लागि शरद भेसावकरले २८ रन खर्चेर ४ विकेट हात पारेका थिए।

जवाफमा ज्ञानेन्द्र मल्लले अविजित ६४ रन तथा पारस खड्काको अनुपस्थितिमा खेलेका दिपेन्द्र सिंह ऐरीले ६२ रन प्रहार गरेपछि नेपालले ३०.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस्तै भेसावकरले पनि अविजित २४ रन प्रहार गरेका थिए।

nepal vs kenya
nepal vs kenya

युएई टुर ( २०१७ डिसेम्बर ) 

बिश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईसंगको खेल अघि नेपालले केन्यासंग मैत्रीपूर्ण खेल खेलेको थियो।

टस जितेर फिल्डिंग रोजेको नेपालले युएईलाई ११० रनमै अलआउट गरेको थियो। ललित सिंह भण्डारीले ४ विकेट तथा आरिफ शेखले २ विकेट लिएका थिए। जवाफमा नेपाल १११ रनको लक्ष ४ विकेट गुमाएर भेटाएको थियो। दिपेन्द्र ऐरीले ४६ रन तथा शरद भेसावकरले अविजित ३१ रन बनाउदै नेपाललाई जित दिलाएका थिए। ( स्कोरकार्ड )

 





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]