सुरु भयो नेपालको तयारी

Nepal cricket team
  • विकेटनेपाल- ३० माघ 

केन्यासंग फाल्गुन २८ र ३० गते त्रिभुवन बिश्वबिधालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप प्रतियोगिताको लागि नेपाली टिमले तेश्रो चरणको तयारी थालेको छ l

बन्दसत्रको लागि गत बिहिबार २४ जना खेलाडीहरुको नाम घोषणा गरिएको थियो l आज बन्दसत्रमा सबै खेलाडीहरु उपस्थित भए l

बिहान ९ बजे देखि १ बजे सम्म टियु मैदानमा रहेको नेपाली टिमले पहिलो दिन फिटनेसमा समय बितायो l पुर्ब जिम्बाबे क्रिकेट टिमका फिटनेस ट्रेनर रहीसकेका राजेश चौहानले नेपाली टिमको फिटनेस हेर्ने जिम्मेवारी पाएका छन् l

बन्दसत्रमा रहेका २४ जना खेलाडीबाट फाल्गुन दोश्रो सातासम्म केन्यासंग खेल्ने १४ जना साथै ४ जना वैकल्पिक खेलाडीहरुको नाम सार्बजनिक गरिने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ l १८ जनाको टिम घोषणा भएलगत्तै नेपाली टिम अभ्यास खेल खेल्न भारत भ्रमणमा जाने समेत बताईएको छ l भारत भ्रमणको तयारी भइरहेको र कहाँ र कहिले मिति छिटै घोषणा हुने जानकारी छ l

नेपाली टिमको लागि हालसम्म नखेलेका ८ जना अनक्यापड खेलाडीहरु समाबेस गर्दै बन्दसत्रमा २४ जना खेलाडी सम्मेलित गरिएको छ l सुबास खकुरेल, अनिल मण्डल, राजु रिजाल जस्ता खेलाडीले बन्दसत्र टोलिमा स्थान बनाउन सकेका छैनन् l

dipendra airee
दिपेन्द्र ऐरी

छनौट भएका ८ जना खेलाडी मध्ये अमित श्रेष्ठ, आसिफ शेख, दिलिप नाथ ओपनिंग ब्याट्सम्यानका दाबेदार हुन् l दिलिप नाथ र आसिफ शेख विकेटकिपरको भूमिकामा पनि खेल्ने खेलाडी हुन् l गत बर्ष नामिबिया संगको खेलमा अन्तिम १५ मा नाम लेखाएका सुसन भारि र नेदरल्याण्ड टुरमा अन्तिम १५ मा अटाएका सुनिल धमलाले यसपाली पनि सिनियर टिमको लागि दाबेदारी प्रस्तुत गर्नेछन् l

यु-१९ रास्ट्रिय क्रिकेट टिमको लागि तथा घरेलु प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेका दिपेन्द्र ऐरीले रास्ट्रिय टिममा स्थान बनाउन सक्ने आशा गरिएको खेलाडीमा अग्रपंतिमा छन् l बंगलादेशयु-१९ बिश्वकपमा टिममा रहेका तिब्रगति बलर दिपेश श्रेष्ठ पनि अन्तिम १८ मा पर्ने ढोका ढक्ढक्याउदै छन् l

बन्दसत्रमा अनुभबी खेलाडी मेहबुब आलमको पनि परिक्षा हुनेछ l

बिश्व क्रिकेट लिग च्याम्पियनसिप अंक तालिकाको छैठौ स्थानमा रहेको नेपाली टिमले केन्या, हंगकंग र युएईसंग खेल्न बाँकी रहेको अवस्थामा जति सक्दो धेरै खेल जित्दै शिर्ष ४ भित्र नाम लेखाउन चाहन्छ l नेपालले नामिबियालाई अन्तिम बर्ष २-० ले घरमा पारजित गरेको थियो l

बिश्व क्रिकेट लिग च्याम्पियनसिपको शिर्ष ‘४’ मा पर्न सके बंगलादेशमा संचालन हुने २०१८ को आईसीसी बिश्वकप छनौटमा सहभागिता पक्का गर्नेछ l त्यसको लागि नेपालले केन्यालाई दुवै खेलमा पराजित गर्नैपर्ने चुनौती नेपाली टिमसंग छ l

नेपाली टिमलाई करिब २ साता अस्ट्रेलियन क्रिकेट प्रशिक्षक डेभ व्हाटमोरले प्रशिक्षित गरेका थिए l

( फोटो – फाइल )

यो पनि पढ्नुहोस् : 

 





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]