मलेसिया बिरुद्ध शानदार जितमा नायक बनेका ३ नेपाली खेलाडी

Sandeep lamichhane, Paras Khadka
  • विकेटनेपाल-२० असोज

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले परजित गर्यो। बयुमास ओभल मैदानमा बिहान टस जितेर ब्याटिंग गरेको मलेसिया १९.३ ओभरमा मात्र १०० रनमा समेटिन पुग्यो।जवाफमा १०१ रनको विजय लक्ष्य नेपालले १२.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

नेपालको जितका नायक बनेका ३ खेलाडीहरु :

सन्दिप लामिछाने (४-०-२०-५) – खेलको म्यान अफ द चुनिएका सन्दिप लामिछानेको प्रदर्शन मलेसियालाई पराजित गर्न महत्वपूर्ण रह्यो। सन्दिपको बलिंगकै सहयोगमा नेपालले मलेसियालाई १०० रनको न्यून स्कोरमा समेटेको थियो।

खेलमा आफ्नो कोटाको ४ ओभर बलिंग गर्दा सन्दिपले २० रन खर्चिएर ५ विकेट (४-०-२०-५) हात पारे। प्रतियोगितामा लगातार रुपमा उत्कृस्ट प्रदर्शन गर्ने क्रममा सन्दिपले मलेसिया बिरुद्ध समेत आफ्नो स्पिनको जादु छरे। ओपनर ब्याट्सम्यानद्वय साएद अजिज र शफिक शरिफ सहित सन्दिपले मलेसियाका तेस्रो नम्बरका ब्याट्सम्यान सुहन अलगरन्तमलाई समेत पभेलियनको बाटो देखाएका थिए।

आफ्नो पहिलो स्पेलमा २ विकेट लिएका सन्दिपले दोस्रो स्पेलमा आएर थप ३ विकेट चट्काएका थिए। यसअघि प्रतियोगितामा आफ्नो पहिलो खेलमा समेत सन्दिपले म्यान्मार बिरुद्ध मात्र २ ओभरमा ४ विकेट हात पारेका थिए। खेलमा मात्रै १२ बल गर्दा सन्दिपले म्यान्मारको ४ विकेट (२-०-३-४) हात पारेका थिए।

Paras Khadka
Paras Khadka ( File Photo )

पारस खड्का (५२* तथा ४-१-१४-१) – मलेसियालाई नेपालले सहजै पराजित गर्दा कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शन रह्यो। पारसले ब्याट र बल दुवैबाट टोलीको जितमा अहम योगदान दिए।

टस जितेर ब्याटिंग गरेको मलेसियालाई १०० रनको स्कोरमा समेट्न पारसले किफायती बलिंग प्रदर्शन गर्दै एक किनारबाट दवाब बनाएका थिए। आफ्नो ४ ओभरको स्पेलमा कप्तान खड्काले १ मेडन सहित १४ रन मात्र खर्चिएर १ विकेट चट्काए।

ब्याटिंगतर्फ समेत पारसको प्रदर्शन उत्कृस्ट रह्यो। टोलीको खातामा मात्र २ रनहुँदा ओपनर अनिल कुमार साहलाई गुमाएपछि ब्याटिंग गर्न उत्रिएका खड्काले दोस्रो विकेटका लागि बिनोद भण्डारीसंग ३० रनको तथा तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसंग अविजित ६९ रनको साझेदारी गरे। व्यक्तिगत ५२ रनको स्कोरमा अविजित रहने क्रममा पारसले मात्र ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

सोमपाल कामी (३.३-०-१६-३) – मलेसिया बिरुद्धको जितमा चम्किएका अर्का खेलाडी हुन् सोमपाल कामी। प्रतियोगितामा पहिलो खेल खेलेका सोमपालले आफ्नो ३.३ ओभरको स्पेलमा १६ रन खर्चिएर ३ विकेट चट्काए।

Sompal Kami
सोमपाल कामिले ३ विकेट लिए ( फाइल फोटो )

३६ रनको स्कोरमा २ विकेट गुमाएपछि मलेसियाका लागि अहमद फैज र शफिक शरिफले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै इनिंग उकास्ने प्रयास गरेका थिए। तर आफ्नो दोस्रो स्पेलमा बलिंग गर्न आएका सोमपाल कामीले लगातार दुई बलमा दुई विकेट लिंदै मलेसियाको ब्याटिंग धरासायी बनाएका थिए।

३ विकेट हात पार्न १६ रन खर्चिएका सोमपाल, नेपालको जितमा नायक साबित भए। आफुले लिएका ३ वटै विकेटमा सोमपालले ब्याट्सम्यानलाई बोल्ड गरेका थिए।

 





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]