तेश्रो खेलमा नेपालको भेट मलेसियासंग, पछिल्लो ५ खेलमा यस्तो छ नतिजा

Nepa vs Malaysia
  • विकेटनेपाल,भदौ १५ – शुक्रबार 

मलेसियामा जारि एसिया कप छनौट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो २ खेलमा ओमानयुएईसंग हार बेहोर्नपुगेको छ। २ हार पछि अंक तालिकाको पाँचौस्थानमा रहेको नेपालले समुह चरणमा दोश्रो स्थान भित्र पर्दै एसिया कपको यात्रा गर्न प्रतियोगिताको बाँकी ३ खेल जित्नै पर्ने अवस्था आएको छ। यो अवस्थामा नेपालले शनिबार आयोजक मलेसियाको सामना गर्दैछ।

प्रतियोगिताको उत्कृस्ट सुरुवात गरेको मलेसियाले हंगकंगलाई परजित गरिसकेको छ भने दोश्रो खेलमा ओमानसंग हार बेहोरेपनि टक्करको प्रदर्शन गरेको थियो। गर या मारको अवस्थामा रहेको नेपाली टिमले मलेसियाको सामना गर्नु अघि इतिहासमा अन्तिम ५ पटक नेपाल र मलेसियाको भेटहरुको चर्चा यस लेखमा गरेका छौँ –

एसीसी ट्रफी २०१० , सेमिफाइनल – कुवेतमा सम्पन्न प्रतियोगिता महत्वपूर्ण सेमीफाइनलमा नेपालले मलेसियालाई ८ रनको झिनो अन्तरले पराजित गरेको थियो। टस हारेर ब्याटिंग गर्दै नेपालले बनाएको २७१ रनको जवाफमा मलेसियाले २६३ रनमा सबै विकेट गुमाएको थियो। नेपालको जितमा ब्याटिंगमा शरद भेसावकरले सर्वाधिक ९७ रन तथा शक्ति गौचनले ५२ र महेश क्षेत्रीले ४३ रन बनाएका थिए। बलिङ्गमा बसन्त रेग्मी , शक्ति गौचन र पारस खड्काले समान २ विकेट लिएका थिए। खेलको प्लेयर अफ द म्याच चुनिएका मलेसियन खेलाडी सुरेश नभरत्नमले ११५ रन बनाएका थिए।

Shakti Gauchan
Shakti Gauchan ( Photo – ACC )

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-४ २०१० – मलेसियामा सम्पन्न प्रतियोगितामा नेपालले आयोजक राष्ट्रलाई १० विकेटको बिशाल अन्तरले पराजित गरेको थियो। टस जितेर ब्याटिंग गरेको मलेसियाले ६९ रनमै सबै विकेट गुमाएपछि नेपालले विकेट नगुमाई लक्ष पुरा गरेको थियो। नेपालको लागि बसन्त रेग्मी र शक्ति गौचनले समान ३/३ विकेट तथा अमृत भट्टराईले २ विकेट लिएका थिए। सोहि खेलमानै शक्ति गौचनले १० ओभरमा ८ मेडन ओभर गर्दै मात्र २ रन खर्चेर अपत्यारिलो बलिङ्ग गरेका थिए। ७० रनको लक्ष्य नेपालले १२.२ ओभरमा पुरा गर्यो जुनक्रममा अनिल मण्डलले ४१ तथा सुबास खकुरेलले २४ रन बनाए।

एसीसी ट्रफी २०१२ , सेमीफाइनल – लगातार दोश्रो पटक एसीसी ट्रफीको सेमीफाइनलमा भेट हुने क्रममा पुनः मलेसियालाई नेपालले पराजित गर्यो। युएईमा भएको खेलमा टस हारेको नेपालले २४१ रन बनाएको थियो जसको जवाफमा मलेसियाले २२० रन मात्रै बनाउन सक्यो। नेपालको लागि पारस खड्काले सर्वाधिक ८९ रन बनाएका थिए भने बलिङ्गमा पृथु बास्कोटाले ३ विकेट लिएका थिए।

Sompal Kami
Sompal Kami ( Photo – ACC )

एसीसी प्रिमियर लिग २०१४ – यो पटक मलेसियालाई पराजित गर्न नेपालले ठुलो कसरत गर्न परेन। टस जितेर ब्याटिंग गरेको मलेसिया १४९ रनमै समेटियो र १५० रन नेपालले ५ विकेट गुमाएर भेटायो। खेलमा सोमपाल कामिले करियरकै पहिलो ५ विकेट हात पारेका थिए भने ब्याटिंगमा मेहबुब आलमले ५३ रन बनाएका थिए। लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो ४ विकेट ३६ रनमै गुमाएको थियो जसपछि महबुब आलम र शरद भेसावकरले पाँचौ विकेटको लागि ८९ रन बनाएका थिए।

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-३ , २०१४ – मलेसियामा सम्पन्न प्रतियोगितामा नेपालले डीएल मेथडको आधारमा ३६ रनको जित हाँसिल गरेको थियो। टस हारेर ब्याटिंग गर्दै मलेसियाले १४२ रन मात्र बनाएपछि लक्ष्य पछ्याउने क्रममा नेपालले २५ ओभरमा २ विकेट गुमाएर ८९ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएपछि नेपाललाई डीएल मेथडबाट बिजेता घोषित गरिएको थियो। खेलमा पारस खड्काले ४ विकेट र भुवन कार्कीले ३ विकेट लिएका थिए भने ब्याटिंगमा नरेश बुढायरले अविजित ४२ तथा ज्ञानेन्द्र मल्लले ३५ रन बनाएका थिए।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]