मलेसिया बिरुद्ध टस हारेर नेपाल फिल्डिंग गर्दै, यस्तो छ प्लेयिंग ११

Nepal vs Malaysia
  • विकेटनेपाल-२० असोज

बुधबार देखि मलेसियामा सुरु भएको आईसीसी टि -२० विश्वकप एसिया रिजन ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा आज आयोजक मलेसियाको सामना गर्दैछ। यसअघि सम्पन्न म्यान्मार बिरुद्धको पहिलो खेलमा नेपालले ८ विकेटको जित निकालेको थियो।

बायुमास ओभल मैदानमा हुने खेलमा मलेसियाले टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको छ।

नेपालको अन्तिम ११ : पारस खड्का, अनिल कुमार साह, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, बिनोद भण्डारी, आरिफ शेख, सोमपाल कामी, ललित राजबंशी, सन्दिप लामिछाने, करन केसी, शरद भेसावाकर

यस्तो छ बिगतमा मलेसियासंग टि-२० मा नतिजा

एसीसी टी-२० कप, २०१३ ( नेपाल ) 

मलेसियासँग नेपालले टि-२० फर्म्याटमा यसअघि सन् २०१३ को नेपालमा सम्पन्न एसीसी टि-२० मा खेलेको थियो। त्यस खेलमा नेपाल १९ रनले बिजयी हुँदा पहिले ब्याटिंग गर्दै नेपालले १६३ रन बनाएको थियो र लक्ष्य पछ्याउने क्रममा मलेसियाले १४४ रन बनाएको थियो। खेलमा पारस खड्काले ८७ रन बनाएका थिए भने बलिङ्गमा सन्जम रेग्मी र पृथु बास्कोटाले २/२ विकेट लिएका थिए।

एसीसी टी-२० कप, २००९ ( युएई )

सन् २००९ को एसीसी टी-२० कप अन्तर्गत भएको भेटमा मलेसियाले नेपाललाई १७.२ ओभरमा लक्ष्य पुरा गर्दै ६ विकेटले पराजित गरेको थियो। टस जितेर पहिले ब्याटिंग गरेको नेपालको लागि ओपनर मेहबुब आलमले ३१ रन, ज्ञानेन्द्र मल्लले २२ रन, अर्का ओपनर परेश लोहनीले १९ तथा पारस खड्काले १० रन बनाएपनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन नसक्दा २० ओभरमा ७ विकेट गुमाएर ११२ रनमात्र बनाउन सकेको थियो। बलिंगतर्फ बिनोद दास, शक्ति गौचन, पारस खड्का, सन्जम रेग्मी र बसन्त रेग्मीले समान १/१ विकेट हात पारेका थिए।

एसीसी टी-२० कप, २००७ ( कुवेत )

मलेसियासँगको पहिलो टी-२० भिडन्तमा नेपालले २१ रनको जित दर्ता गरेको थियो। टस हारेर पहिले ब्याटिंग गरेको नेपालले बसन्त रेग्मीको    ३३ रन, परेश लोहनीको ३१ रन तथा बिनोद दास र मेहबुब आलमको क्रमशः १८ रन र १७ रनको मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १२१ रनको योगफल तयार पारेको थियो।

बलिंगतर्फ मलेसियालाई १८.५ ओभरमा सबै विकेट लिँदै मात्र १०० रनमा रोकेर नेपालले २१ रनको जित हात पारेको थियो। बलिंगतर्फ ब्याटिंगमा समेत ३३ रन बनाएर म्यान अफ द म्याच घोषित बसन्त रेग्मीले ३ विकेट लिन २० रन खर्चिंदा राहुल विश्वकर्माले पनि समान ३ विकेट लिन १५ रन खर्चे। त्यस्तै आलमको नाममा २ विकेट रह्यो।





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]