टस जितेर म्यानमार पहिले ब्याटिंग गर्दै

Nepal Cricket Team
  • विकेटनेपाल, असोज १७ 

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल म्यानमारसंग खेल्दैछ।

बायुमस ओभलमा हुने खेलमा टस जितेर म्यानमारले पहिले ब्याटिंग रोजेको छ र यो समाचार तयार पार्दासम्म ४.५ ओभरमा २ विकेट गुमाएर २३ रन बनाएको छ। नेपालको लागि ललित भण्डारी र करन केसीले १/१ विकेट लिएका हुन्।

नेपालको अन्तिम ११ :- पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल ( उपकप्तान ) , अनिल साह,बिनोद भण्डारी, दिपेन्द्र ऐरि , करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि, सन्दिप लामिछाने

इतिहासमा नेपालसंग कमजोर म्यानमार 

सन् २००६ को एसीसी ट्रफीमा नेपालले पहिलो पटक म्यानमारसंग पहिलो र अन्तिम पटक खेलेको थियो। त्यस बाहेक नेपाली यु-१६ क्रिकेट टिमले गत बर्ष एसीसी यु-१९ ( इस्टर्न रिजन ) मा म्यानमारसंग खेल्नु बाहेक कुनै पनि स्तरको नेपाली टिमले म्यानमारसंग खेलेको छैन।

२००६ मा नेपाली सिनियर टिमले म्यानमारलाई १० विकेटले पराजित गर्दा मात्र १० रनमा म्यानमारलाई समेट्दै नेपालले २ बलमै खेल जितेको थियो। उक्त खेललाई बिश्व क्रिकेटमै सबैभन्दा छोटो खेल मध्येको एक खेलको रुपमा लिईने गरिन्छ।

यस्तै नेपाल यु-१६ टिमले गत बर्ष डिसेम्बरमा एसीसी यु-१९ ( इस्टर्न रिजन ) प्रतियोगितामा म्यानमारलाई ३३७ रनको बिशाल अन्तरले पराजित गरेको थियो। त्यस खेलमा नेपालले निर्धारित ३५ ओभर ३५० रन बनाएको थियो र ३५१ रनको लक्ष्य पछ्याउने क्रममा म्यानमार १३ रनमै समेटिएको थियो।

सन् २००६ मा आईसीसीको एफिलीएट सदस्यता पाएको म्यानमारले त्यसपछि सन् २०१७ जुनमा बल्ल एसोसीएट राष्ट्रको मान्यता पाएको हो।

एसिया “बि” उप-क्षेत्रिय छनौट ( पूर्वी ) प्रतियोगितामा नेपाल सहित मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड रहेका छन्। यस उप-क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्। एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छनौट भैसकेका छन्।

प्रतियोगितामा सबै टोलीले एक अर्कासंग खेल्नुपर्नेछ। पहिलो खेलमा बुधबार म्यान्मारको सामना गरेपछि नेपालले दोस्रो खेल मलेसिया बिरुद्ध अक्टोबर ६ तारिकमा, तेस्रो खेल अक्टोबर ७ तारिकमा थाइल्याण्ड बिरुद्ध, चौथो खेल अक्टोबर ९ तारिकमा भुटान बिरुद्ध, पाँचौ खेल अक्टोबर १० तारिकमा चिन बिरुद्ध र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ तारिकमा सिंगापुर बिरुद्ध खेल्ने तालिका रहेको छ।





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]