डिभिजन-२ बिशेष | ‘आमने-सामने’ – नेपाल बिरुद्ध नामिबिया

Nepal Vs Namibia
  • विकेटनेपाल, माघ २४- बुधबार 

प्रतियोगिता : आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२
सहभागी टिम : नेपाल, नामिबिया, ओमान, युएई, क्यानडा र केन्या
खेल : नेपाल बिरुद्ध नामिबिया
कहिले : फेब्रुअरी ८ तारिक, बिहिबार ( १:१५ बजे दिउसो – नेपाल )
उद्देश्य : प्रतियोगिताको उत्कृस्ट २ स्थानमा रहँदै २०१९ बिश्वकप छनौट प्रतियोगितामा छनौट हुने

पृष्ठभूमि

सन् २०१५ देखि २०१७ सम्म संचालित आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप प्रतियोगितामा सहभागी ८ वटा टिमहरु मध्ये सातौ स्थानमा रहँदै नेपाल डिभिजन-२ मा घटुवा हुन पुगेको हो। च्याम्पियनसिपबाट अंकतालिकाको पुछारको ४ स्थानमा रही डिभिजन-२ मा घटुवा हुनेमा नेपाल सहित, केन्या, युएई र नामिबिया रहेका छन्। क्यानडा र ओमान डिभिजन-३ बाट बढुवा हुँदै डिभिजन-२ मा आएका टोलि हुन्।

सन् २०१५ मा नामिबियामा संचालित डिभिजन-२ मा चौथो स्थान हाँसिल गरेको नेपाललाई बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौका आईसीसीले प्रदान गरिएको थियो। त्यसबेला अफगानिस्तान र आयरल्याण्डलाई सिधै बिश्वकप खेल्न छनौट गरिएकोले नेपाल र केन्यालाई च्याम्पियनसिपमा मौका दिईएको थियो।

बिश्व क्रिकेट लिग च्याम्पियनसिपबाट घटुवा भएपछि नेपालको लक्ष पुनः डिभिजन-२ बाट माथि उक्लनु हुनेछ। डिभिजन-२ बाट माथि उक्लिए नेपालले मार्चमा जिम्बाबेमा संचालन हुने २०१९ एकदिवसीय बिश्वकपको छनौट प्रतियोगिता खेल्न पाउनेछ। बिश्व कप छनौट खेल्ने ८ टिम तय भैसकेको छ भने बाँकी २ डिभिजन-२ बाट पुग्नेछन्। बिश्वकप छनौट प्रतियोगितामा उत्कृस्ट ३ हुने एसोसिएट सदस्यले सन् २०२२ सम्मको लागि एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।

नेपाल बिरुद्ध नामिबिया 

डिभिजन-२ को पहिलो खेलमा नेपालले आयोजक नामिबियाको सामना गर्दैछ। पहिलो खेल जित्दै प्रतियोगिताको उत्कृस्ट सुरुवात गर्ने धुनमा दुवै टिम हुनेछ।

नामिबिया टिम :- सरेल बर्गर ( कप्तान ) जिन मिल्नर , स्टेफेन बार्ड, पेट्रस बर्गर, मर्वे इरस्मस, जेन निकोलस, जेन एडवार्ड, जिन कोट्जे, लोहान्द्रे लौरेन्स, बेर्नहार्ड स्कल्ज, जोहनेस स्मित, लुइस भान डर, क्रिस्टोफेल भिल्जोएन्, क्रेग विलियम्स

नेपाल टिम :- पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, अनिल शाह, बसन्त रेग्मी, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी , सन्दिप लामिछाने, सोमपाल कामी, करन केसी, आरिफ शेख, ललित भण्डारी, दिलिप नाथ, रोहित पौडेल

प्रतियोगिता अघि नेपालले युएईमा ३ वटा अभ्यास खेल खेल्यो भने त्यसअघि घरमै अभ्यास गर्यो। युएई ‘ए’ संग अभ्यास खेल खेलेको नेपालले २ वटामा जित तथा अन्तिम खेलमा हार बेहोर्न पुग्यो। अभ्यास खेलहरुमा कप्तान पारस खड्का, उप-कप्तान ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, रोहित पौडेल, दिपेन्द्र ऐरी तथा सोमपाल कामि, सन्दिप लामिछाने, ललित सिंह भण्डारी जस्ता खेलाडीहरुले राम्रो लय देखाउनुलाई सुभ संकेतको रुपमा हेरिएको छ। तर नामिबियाको पिचमा अभ्यास खेल खेल्न नपाउनु र धेरै युवा खेलाडीहरु रहेको टिमले ठुलो खेलमा प्रदर्शन गर्न सक्ने हुन् या हैनन् भने हेर्न लायक हुनेछ।

घरेलु टिम नामिबियाले भने प्रतियोगिता अघि बिशेष अभ्यास खेल खेलेन तर दक्षिण अफ्रीकाको घरेलु क्रिकेट प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गर्दै टिमले प्रतियोगिता अघि लय पाएको छ। दक्षिण अफ्रिकी प्रोभिन्स वान-डे च्यालेन्ज प्रतियोगिता खेल्नेक्रममा नामिबियाले लगातार जित निकालीरहेको छ। घरेलु मैदानमा खेल्नुको फाइदा पक्कै नामिबियाले पाउनेछ।  विकेटकिपर ब्याट्सम्यान जिन कोट्जे, क्रेग विलियम्स, जेन निकोलस, मर्वे इरास्मस जस्ता मर्वे इरास्मस जस्ता खेलाडीहरु फर्ममा देखिएका छन्।

इतिहासमा को बलियो ? 

नेपाल ३ – २ नामिबिया

नामिबियासंग नेपालले हालसम्म ५ वटा खेल खेलेको छ। सन् २००१ मा क्यानडामा भएको आईसीसी ट्रफी प्रतियोगितामा पहिलो भेटमा नेपाल ८ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो। त्यसपछि यी दुई टिम लामो अन्तरालमा २०१४ मा न्युजिल्याण्डमा सम्पन्न आईसीसी बिश्व कप २०१५ को छनौट प्रतियोगिता खेलेका थिए। उक्त प्रतियोगिता अघि खेलिएको अभ्यास खेलमा नेपाल पुनः पराजित ( ४ विकेटले ) हुन पुगेको थियो। त्यसपछि २०१५ को डिभिजन-२ मा नामिबियालाई ३ विकेटले पराजित लिंदै नेपालले बदला लिएको थियो। त्यसपछि बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा सपन्न २ वटै खेलमा नेपाल बिजयी ( ३ विकेटले , ५ विकेटले ) भएको थियो।

कुन खेलाडी हुन सक्छ खतरा ? 

  • स्टेफेन बार्ड ( नामिबिया )  २०१५-१७ को बिश्व क्रिकेट लिग च्याम्पियनसिप तथा इन्टर-कन्टिनेन्टल कपमा नामिबियाको लागि सबैभन्दा सफल ब्याट्सम्यान हुन् स्टेफेन बार्ड। ओपनिंग ब्याटिंग गर्ने बार्डले च्याम्पियनसिपमा उनले १ शतक र ३ अर्धशतक प्रहार गरेका थिए जुन क्रममा नेपालसंग कीर्तिपुरमा पनि उनले अर्धशतकीय इनिंग खेलेका थिए। बिश्व क्रिकेट लिग च्याम्पियनसिपको धेरै रन बनाउने मामलामा शरद भेसावकर ( ४१५ रन ) र पारस खड्कालाई ( ४०८ रन ) उछिनेका उनले १४ खेलमा ४१७ रन बनाएका थिए।
  • पारस खड्का ( नेपाल ) नेपाली टिमका कप्तान पारस खड्का ब्याटिंग र बलिंगमा उत्कृस्ट लयमा छन्। डिभिजन-२ अघि अभ्यास खेलमा युएई ‘ए’ बिरुद्ध मिडियम पेस बलिंग गर्दै उनले ३ खेलमा ८ विकेट लिएका थिए। नामिबियालाई २०१५ डिभिजन-२ मा पराजित गर्दा ६४ रनको अत्यन्त महत्वपूर्ण इनिंग खेलेका पारसले नेपालमै २०१६ मा नामिबियासंग बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा शतकीय पारि खेलेका थिए। बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा पनि नेपालको लागि दोश्रो सर्बाधिक रन बनाउने पारस ठुलो खेलको खेलाडी हुन् र नामिबियाको लागि पक्कै खतरनाक बन्नसक्नेछन्।

खेल अघि कसले के भने ? 

  • सरेल बर्गर ( कप्तान, नामिबिया )

प्रतियोगिताको लागि तयारी राम्रो भएको छ। दक्षीण अफ्रीकाको घरेलु क्रिकेटमा हामि ब्यस्त भयौ र निकै राम्रो प्रदर्शन पनि गर्यौ। यही लयलाई हामि डिभिजन-२ मा कायम गर्न चाहन्छौं। खेलाडीहरुले आफ्नो जिम्मेवारी राम्रोसंग बुझेका छन् र अझै जिम्मेवारीपुर्वक खेलीरहेका छन् त्यसैले हामि उत्साहित छौं। बिश्वकप छनौट प्रतियोगिता छनौट हुनसके हाम्रो लामो समयको मेहनतले मूल्य पाउनेछ। नामिबिया छनौट हुन सके हाम्रो नामिबिया क्रिकेटको लागि ठुलो फाइदा हुनेछ।

  • पारस खड्का ( कप्तान, नेपाल ) 

हामीले पहिलो खेल आयोजकसँग खेल्दै छौं। पहिलो खेलमा आयोजक नर्भस हुन्छन् त्यसको फाइदा हामी उठाउन सक्छौं। नामिबियालाई पहिलो खेलमा हराउन सक्यौं भने राम्रो सुरुवात गर्न सक्नेछौं। हामीले राम्रो क्रिकेट खेल्नुपर्छ । जित–हार एक ठाउँमा छ, मैदानभित्र छिरेपछि हामीले शतप्रतिशत खेल्नेछौं। सबै खेलाडीले शतप्रतिशत खेल्छन् भने जित पनि हाम्रै हुनेछ। हाम्रो लक्ष्य भनेको अवश्य पनि डिभिजन–२ जित्ने हो।

भविष्यवाणी 

पछिल्लो ३ वटा खेलमा नेपालसंग पराजित भएको नामिबिया नेपालसंग खेल्नु अघि पक्कै दबाबमा हुनेछ। बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सबैभन्दा कमजोर प्रदर्शन गरेको नामिबियाले प्रतियोगिता अघि दक्षिण अफ्रिकी घरेलु एकदिवसीय र ३ दिवसीय प्रतियोगितामा राम्रो लय दखाएको छ। अर्कोतर्फ नेपाली टिमले युएई अभ्यास खेलहरुमा राम्रो प्रदर्शन गर्दै नामिबिया पुगेको छ। युवा खेलाडीहरु दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, दिलिप नाथको टिममा आगमनले टिम पहिलेभन्दा अझै बलियो र सन्तुलित देखिएको छ।

सधैंको समस्या रहने ओपनिंग ब्याटिंग समस्या दिलिप नाथ र ज्ञानेन्द्र मल्लको जोडीले युएई टुरमा राम्रो प्रदर्शन गर्दै टार्ने संकेत गरेका छन्। बसन्त रेग्मी, शक्ति गौचनसंगै फर्ममा रहेका सन्दिप लामिछानेको स्पिन तथा सोमपाल कामि, ललित सिंह भण्डारी र करन केसीको फास्ट बलिंगमा उपस्थितिले टिम सन्तुलित देखिन्छ।

नामिबियाको घरेलु मैदानमा पहिलो खेलमै नेपालले पिचमा ढल्न मुस्किल छ त्यसको फाइदा नामिबियाले उठाउनेछ तर ब्याटिंग र बलिंग दुवैमा सन्तुलित देखिएको नेपाललाई हराउनु नामिबियालाई मुस्किल हुनेछ।

धेरैले पढेको – 





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]