खुसिको खबर! नेपालको पहिलो खेल प्रत्यक्ष प्रशारण हुने

  • विकेटनेपाल, माघ २४- बुधबार 

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आयोजक नामिबियासंग बिहिबार ( फेब्रुअरी ८ ) खेल्दैछ। एफिस पार्क मैदान, विन्डोकमा हुने खेल नेपाली समय अनुसार १:१५ बजे दिउसो सुरु हुनेछ।

Nepal Vs Namibia
Nepal Vs Namibia

नेपाल र आयोजक नामिबिया सहित प्रतियोगितामा केन्या, ओमान, युएई र क्यानडा गरि कुल ६ टिम प्रतिस्पर्धा गर्दैछन्। ६ टिम मध्ये उत्कृस्ट २ हुने टिमले २०१९ को बिश्वकप क्रिकेट प्रतियोगिताको लागि छनौट प्रतियोगिता खेल्ने मौका पाउनेछ।

प्रतियोगिताको आयोजक नामिबियाकोसंग खेलेपछि नेपालले दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।

प्रतियोगिताको पहिलो दिन ३ वटा खेलहरु सम्पन्न हुनेछन्। पहिलो दिन केन्या र युएई, नेपाल र नामिबिया तथा क्यानडा र ओमानले प्रतिस्पर्धा गर्नेछन्।

खेलको प्रत्यक्ष प्रशारण हुने 

डिभिजन-२ मा नेपाली फ्यानहरुले नेपालको एउटा मात्र खेलको प्रत्यक्ष प्रशारणको मजा लिन पाउनेछन्। क्रिकेट नामिबियाले आफ्नो अधिकारिक फेसबुक पेजमा जानकारी गराए अनुसार प्रतियोगितामा नामिबियाले खेल्ने सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ। यस अर्थ नेपालले खेल्ने पहिलो खेलको प्रत्यक्ष प्रशारण नेपाली फ्यानहरुले हेर्न पाउनेछन्। प्रत्यक्ष प्रशारण teeveeAfrica एप डाउनलोड गरेर हेर्न मिल्ने बताईएको छ।

 

धेरैले पढेको – 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy