नेपाललाई १९० रनको लक्ष्य, सोमपालको उत्कृस्ट बलिंग

Nepal Cricket Team
  • विकेटनेपाल, ३ चैत

आईसीसी बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत सातौँ स्थानको लागि जारि खेलमा टस जितेर ब्याटिंग गरेको नेदरल्याण्डले पुरै ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर १८९ रन बनाउदै नेपाललाई जितको लागि १९० रनको लक्ष्य दिएको छ।

क्युक्यु मैदानमा टस जितेर ब्याटिंग रोजेको नेदरल्याण्डले खराब सुरुवात गर्यो र पहिलो ४ विकेट ४८ रनको योगफलमै गुमाउन पुग्यो। वेसले बारेसी र बेन कुपर खाता नखोल्दै सोमपालको बलमा दुवै जना आरिफ शेखको हातबाट क्याच समातिन पुगे। जसपछि कप्तान पिटर बोरेन ७ रनमा सोमपालकै बलमा क्याच आउट हुन पुगे भने म्याक्स ओ दाउड २८ रन बनाएर सन्दिप लामिछानेको बलमा बोल्ड भए।

Sompal Kami
सोमपालले सर्वाधिक ४ विकेट लिए

बास डी लिडे र रे भान डर मर्वेले पाँचौ विकेटको लागि ४१ रनको साझेदारी गर्दै इनिंग उकास्ने प्रयास गरेतापनि मर्वेलाई ( २५ रन ) राजबंशीले आउट गर्दै साझेदारी तोडे। त्यसपछि लिडेले छैठौं विकेटको लागि स्कट एडवार्डससंग ४१ रनको साझेदारी गरे। एडवार्ड पनि राजबंशीको शिकार भएपछि नेदरल्याण्डले पुनः लगातर विकेट गुमाउन पुग्यो। ४ चौका मदतले ९१ बलमा ३९ रन बनाएका लिडेलाई सोमपालले विकेटकिपर अनिल साहको हातबाट क्याच आउट गराए।

८ विकेट १४४ रनको योगफलमा गुमाएपछि नेदरल्याण्डको तल्लो क्रमका ब्याट्सम्यानद्वय  पिटर सिलर र शेन सन्याटरले नवौं विकेटको लागि ३७ रनको साझेदारी गर्दै स्कोर २०० नजिक पुर्याए। शक्ति गौचनले सिलरलाई अन्तिम ओभरमा २३ रनमा आउट गरे।

पुरै ५० ओभरमा नेदरल्याण्डले ९ विकेट गुमाएर १८९ रन बनाउन सक्यो।

नेपालको लागि सोमपाल कामिले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर सहित २४ रन खर्चिए। सन्दिप लामिछानेले २ विकेट ( १०-१–२ ) तथा ललित राजबंशीले २ विकेट ( १०-१-३९-२ ) लिए। प्रतियोगितामा पहिलो खेल खेलेका शक्ति गौचनले ८ ओभर बलिंग गर्दै ३६ रन खर्चेर १ विकेट लिए। स्कोरकार्ड 

शक्ति गौचनले अन्तिम ११ मा मौका पाउदा खेलमा बसन्त रेग्मीले आराम पाएका छन्।






थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]