दोश्रो खेलमा जितको आशा

Nepal Cricket Team
  • विकेटनेपाल, १८ साउन 

ऐतिहासिक एकदिवसीय सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्ड बीच २ खेलको सिरिज मध्ये दोश्रो खेल आज खेलिंदैछ। भिआरए मैदानमा हुने खेल नेपाली समय २:४५ बजे देखि सुरु हुनेछ। खेलको कान्तिपुर टिभीले प्रत्यक्ष प्रशारण गर्नेछ भने विकेटनेपालमा टेक्स्ट अपडेट हुनेछ।

पहिलो खेलमा ५५ रनको हार बेहोरेपछि दोश्रो एकदिवसीयमा घरेलु टिमलाई पराजित गर्दै नेपाल जितको साथ घर फर्कन चाहन्छ। पहिलो जित पछि नेदरल्याण्ड पहिलो खेलको कमजोरी सच्याई अझ मजुबत हुन चाहन्छ।

टिममा परिवर्तन हुने सम्भावना 

बिदेशी भुमिमा नेपालको लागि अन्तिम खेल खेलेका शक्ति गौचन दोश्रो खेलमा खेल्नेछैनन् भने शरद भेसावकर खेल्ने सम्भावना पनि न्यून रहंदा अन्तिम-११ मा २ खेलाडी परिवर्तन हुने सम्भावना रहेको छ। शक्तिको स्थानमा ललित राजबंशी तथा शरदको स्थानमा रोहित पौडेल खेल्ने सम्भावना प्रबल रहेको छ।  भेसावकरलाई पहिलो खेलको दौरान दायाँ हातमा फिल्डिंगको दौरान समस्या भएको थियो जसपछि उक्त खेलमा ११ नम्बरमा ब्याटिंग गर्न आएका थिए।

सम्भावित टिम – ज्ञानेन्द्र, अनिल, पारस, दिपेन्द्र, आरिफ, रोहित, बसन्त,सोमपाल, ललित, सन्दिप, करन

rohit poudel
Rohit Poudel

ब्याटिंगमा सुधारको अपेक्षा 

पहिलो खेलमा १९० रन लक्ष्य पछ्याउने क्रममा १३४ रन मात्रै बनाउन सकेपछि ५५ रनको हार बेहोरेको नेपालको लागि ब्याटिंग पुनः हारको कारण बनेको थियो। ओपनिङ्ग जोडीले ( अनिल-ज्ञानेन्द्र) ले राम्रो सुरुवात दिलाए पनि नेपाली मध्येक्रम धरासायी भएको थियो जसलाई शरद घाईते हुनुले अझ सघाएको थियो।

अन्तिम ११ मा रोहितको आगमनले टिमलाई मजबुती दिनेछ भने खेल जित्न मध्येक्रम देखि नेपाली तल्लोक्रमले समेत योगदान दिनुपर्नेछ। ओपनिङ्ग जोडीले रन बनाएको खण्डमा नेपालले २०० वरपर रन बनाउन सके बलियो पक्ष बलिङ्ग र फिल्डिंगले नेपाललाई जिताउने क्षमता राख्छ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]