दोश्रो खेलमा जितको आशा

  • विकेटनेपाल, १८ साउन 

ऐतिहासिक एकदिवसीय सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्ड बीच २ खेलको सिरिज मध्ये दोश्रो खेल आज खेलिंदैछ। भिआरए मैदानमा हुने खेल नेपाली समय २:४५ बजे देखि सुरु हुनेछ। खेलको कान्तिपुर टिभीले प्रत्यक्ष प्रशारण गर्नेछ भने विकेटनेपालमा टेक्स्ट अपडेट हुनेछ।

पहिलो खेलमा ५५ रनको हार बेहोरेपछि दोश्रो एकदिवसीयमा घरेलु टिमलाई पराजित गर्दै नेपाल जितको साथ घर फर्कन चाहन्छ। पहिलो जित पछि नेदरल्याण्ड पहिलो खेलको कमजोरी सच्याई अझ मजुबत हुन चाहन्छ।

टिममा परिवर्तन हुने सम्भावना 

बिदेशी भुमिमा नेपालको लागि अन्तिम खेल खेलेका शक्ति गौचन दोश्रो खेलमा खेल्नेछैनन् भने शरद भेसावकर खेल्ने सम्भावना पनि न्यून रहंदा अन्तिम-११ मा २ खेलाडी परिवर्तन हुने सम्भावना रहेको छ। शक्तिको स्थानमा ललित राजबंशी तथा शरदको स्थानमा रोहित पौडेल खेल्ने सम्भावना प्रबल रहेको छ।  भेसावकरलाई पहिलो खेलको दौरान दायाँ हातमा फिल्डिंगको दौरान समस्या भएको थियो जसपछि उक्त खेलमा ११ नम्बरमा ब्याटिंग गर्न आएका थिए।

सम्भावित टिम – ज्ञानेन्द्र, अनिल, पारस, दिपेन्द्र, आरिफ, रोहित, बसन्त,सोमपाल, ललित, सन्दिप, करन

rohit poudel
Rohit Poudel

ब्याटिंगमा सुधारको अपेक्षा 

पहिलो खेलमा १९० रन लक्ष्य पछ्याउने क्रममा १३४ रन मात्रै बनाउन सकेपछि ५५ रनको हार बेहोरेको नेपालको लागि ब्याटिंग पुनः हारको कारण बनेको थियो। ओपनिङ्ग जोडीले ( अनिल-ज्ञानेन्द्र) ले राम्रो सुरुवात दिलाए पनि नेपाली मध्येक्रम धरासायी भएको थियो जसलाई शरद घाईते हुनुले अझ सघाएको थियो।

अन्तिम ११ मा रोहितको आगमनले टिमलाई मजबुती दिनेछ भने खेल जित्न मध्येक्रम देखि नेपाली तल्लोक्रमले समेत योगदान दिनुपर्नेछ। ओपनिङ्ग जोडीले रन बनाएको खण्डमा नेपालले २०० वरपर रन बनाउन सके बलियो पक्ष बलिङ्ग र फिल्डिंगले नेपाललाई जिताउने क्षमता राख्छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy