सातौँ स्थानको लागि नेपाल र नेदरल्याण्ड खेल्दै, यस्तो छ बिगतमा नतिजा

Anil Mandal
  • विकेटनेपाल – ३ चैत्र, शनिवार

जिम्बाबेमा जारि एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले शुक्रवार सातौँ स्थानको लागि नेदरल्याण्डको सामना गर्दै छ। नेपालले यसअघि नै प्ले अफको खेलमा पपुवा न्यू गिनीलाई पराजित गर्दा नेदरल्याण्डले हंगकंगलाई हराएपछि नेपालले एक दिवसीय मान्यता प्राप्त गरिसकेको छ। आजनै हुने अर्को खेलमा नवौं स्थानको लागि पपुवा न्यू गिनी र नेदरल्याण्ड भिड्दै छन्। आईसीसीबाट नेपाल र नेदरल्याण्ड दुवै टोलिले ४ बर्षको लागि एक दिवसीय मान्यता प्राप्त गरिसकेको भएपनि शनिवारको खेलभने लिस्ट ए म्याचनै हुनेछ।

यस्तो छ नेपाल र नेदरल्याण्डको हेड टु हेड नतिजा :-

आईसीसी विश्वकप छनौट प्रतियोगिता २०१४ , न्युजिल्याण्ड

सन् २०१४ मा न्यूजील्याण्डमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनौट प्रतियोगितामा सातौँ स्थानको लागि भएको खेलमा नेदरल्याण्डले नेपाललाई ७ विकेटको हार चखाएको थियो। टस हार्द्दै पहिला ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७१ रन मात्र जोड्न सकेको थियो। नेपालको इनिंगमा शरद भेषवाकरले ४२ तथा पारस खड्काले २९ रनको योगदान गरेपनि अन्य ब्याट्सम्यानले स्कोर जोड्न सकेका थिएनन्। नेदरल्याण्डको लागि अहसान मालिकले ३ विकेट लिएका थिए।

जवाफमा १७२ रनको बिजय लक्ष्य डच टोलिले मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो। उसको जितमा म्यान अफ दि म्याच एरिक स्टेफान्ले ५६ तथा पिटर बोरेनले अविजित ४५ रन जोडेका थिए। नेपालको बलिंगमा बसन्त रेग्मीले २ सफलता हात पारेका थिए।

Nepal vs Netherlands

आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ २०१५ , नामिबिया

सन् २०१५ मा नामिबियामा सम्पन विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले आफ्नो समूह चरणको दोस्रो खेल नेदरल्याण्ड बिरुद्द खेलेको थियो। त्यस खेलमा नेपालले नेदरल्याण्डमाथी २ विकेटको संघर्षपूर्ण जित हात पारेको थियो। टस जितेर पहिले ब्याटिंग गरेको डच टोलिले १ बल बाकीं छदाँ सबै विकेट गुमाएर १५८ रन जोडेको थियो। बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी र पारस खड्काले समान २-२ विकेट चट्काएका थिए।

जवाफी ब्याटिंगमा उत्रिएको नेपालले खेल सकिन ३ बल अघि ८ विकेट गुमाउँदा लक्ष्य भेट्टाएको थियो। ११३/७ को अवस्थामा पुगेको नेपाली इनिंगलाई आठौँ विकेटको लागि सोमपाल कामि र शरद भेसावकरले ३३ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ लगेका थिए। शरद भेसावकरले अविजित २४ रन तथा सोमपालले पनि समान २४ रननै बनाएका थिए। बिनोद भण्डारीले नेपालको लागि सर्बाधिक ३५ रन योगदान दिएका थिए।

Paras Khadka
Paras Khadka

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनशिप,  २०१६  ( नेदरल्याण्ड )

आईसीसी विश्वक्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपालले नेदरल्याण्ड बिरुद्द नेदरल्याण्डमा नै पहिलो खेल खेलेको थियो। खराव ब्याटिंगको प्रदर्शन गरेको नेपालले सो खेलमा नेदरल्याण्ड बिरुद्द ७ विकेटको लज्जास्पद हार बेहोरेको थियो।

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपालले ३८.१ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र जोडेको थियो। नेपालको इनिंगमा अनिल मण्डलले सर्वाधिक २० तथा शरद भेषवाकरले १४ रन बनाएपनि अन्य ब्याट्सम्यानले पर्याप्त साथ निभाउन सकेका थिएनन्। नेदरल्याण्डको बलिंगमा भेनडर गुगटेन र माइकल रिप्पोंनले समान ३-३ विकेट लिएका थिए। जवाफमा ९५ रनको सामान्य लक्ष्य नेदरल्याण्डले मात्र १६.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो। उसको जितमा वेश्ली बारेशीले ३७ तथा स्टेफिन माइबर्गले ३३ रन जोडेका थिए। नेपालको लागि करन केसी, सागर पुन र बसन्त रेग्मीले समान १-१ विकेट लिएका थिए।

Anil Mandal and Gyanendra Malla opening the inning
Anil Mandal and Gyanendra Malla

बिश्व क्रिकेट लिग च्याम्पियनसिप, दोश्रो खेल , २०१६ ( नेदरल्याण्ड )

पहिलो खेलमा नेदरल्याण्डसंग हार बेहोरेपछि नेपाललाई दोश्रो खेलमा जित महत्वपूर्ण थियो। नेदरल्याण्डले टस जितेर नेपाललाई ब्याटिंग गर्ने निम्तो दियो। पुरै ५० ओभर ब्याटिंग गर्दै नेपालले ९ विकेट गुमाएर २१७ रनको योगफल खडा गर्यो।

पारस खड्काले सर्वाधिक ८४ रन बनाए जुन क्रममा ९४ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यस्तै सागर पुनले धैर्यतापूर्ण ४५ रन ( ७८ बल, २ चौका )। पारस र सागरले चौथो विकेटको लागि ११८ रनको उत्कृस्ट साझेदारी गरेका थिए। ज्ञानेन्द्र मल्लले ३९ रन तथा बिनोद भण्डारीले १७ रन बनाएका थिए। नेदरल्याण्ड बलर माइकल रिप्पनले ४ विकेट हात पारे।

लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले खराब सुरुवात गर्यो र २१ रनमा ३ विकेट गुमाउन पुग्यो। त्यसपछि मध्ये करमा भान डर मर्वेले ५६, म्याक्स ओड़ोले ३५ तथा भान डर गुगटेन ३६ रन बनाएर जिततर्फ नेदरल्याण्डलाई लैजाने प्रयास गरे। तर नेपाली बलरहरुले अनुसासित बलिंग गर्दा ४८.३ ओभरमा घरेलु टिमले १९८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। सोमपाल कामि, पारस खड्का र बसन्त रेग्मीले समान २/२ विकेट लिंदा सन्दिप लामिछाने, शक्ति गौचन र सागर पुनले १/१ विकेट लिंदै नेपालको जितमा महत्वपूर्ण योगदान दिए।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]