रोहितको उत्कृस्ट इनिंग, प्रतिसले अन्तिममा आक्रामक इनिंग खेल्दा नेपालले बनायो २२९ रन

Rohit Paudel
  • विकेटनेपाल, बैशाख-३ 

आईसीसी अन्डर-१९ एसिया विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा ओमानसंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रनको योगफल तयार गर्दै ओमानलाई २३० रनको लक्ष्य दिएको छ।

खराब सुरुवात गरेको नेपालले पहिलो ५ विकेट ८१ रनमै गुमाउन पुगेको थियो। ओपनर रित गौतम १० रन , पवन सर्राफ ५ रन बनाएर आउट भए। नेपाल अन्डर-१९ टिमको लागि पहिलो खेल खेल्ने क्रममा अभिशेक बस्नेत १५ रन बनाएर आउट भए भने सन्दिप जोरा ४ रन तथा हरि चौहान २ रन बनाएर आउट भए।

Bhim Sharki ( File Photo )

छैठौं विकेटको लागि कप्तान रोहित पौडेल र भिम शार्कीले ९२ रनको साझेदारी गर्दै नेपालको योगफल १५० पार गराए।

३५ औं ओभरमा रोहित ७५ रन बनाएर आउट भए। उनले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। प्रतियोगितामा रोहितले सिंगापुरसंग पनि ९५ रनको इनिंग खेलेका थिए।

रोहितको विकेट पछि नेपालले लगातार विकेट गुमाउन पुग्यो। भिम शार्की ३९ रन ( ४३ बलमा २ चौका र १ छक्का ) बनाएर आउट भए। कुशल मल्ल २ रन तथा कमल ऐरि १ रन बनाएर आउट भए।

अन्तिम विकेटको लागी प्रतिस जिसी र सुर्य तामांगले ५१ रनको साझेदारी गरे।

Pratis GC

विस्फोटक इनिंग खेल्ने क्रममा प्रतिस जिसीले ४१ रन बनाए जुन क्रममा २३ बलमा ४ छक्का र २ चौका प्रहार गरे। सुर्य तामांग ७ रनमा अविजित रहे।

४३.२ ओभरमा सबै विकेट गुमाएर नेपालले २२९ रनको योगफल तयार गर्यो। स्कोरकार्ड 

ओमान बलर आजम अलि, तन्ना, मुजाहिर राजा र रभिन्द्रले २/२ विकेट लिए।

आजै जारि अर्को खेलमा युएई र सिंगापुर प्रतिस्पर्धा गरिरहेका छन्। टस हारेर ब्याटिंग गरेको सिंगापुरले १३४ रनमा सबै विकेट गुमाएर युएईलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो भने युएईसंग १ रनले ( डी/एल मेथड ) पराजित भएको थियो। तेश्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्यो। अंकतालिकामा नेपाल दोश्रो स्थानमा रहेको छ भने युएई ३ खेलमा शत प्रतिशत जित सहित पहिलो स्थानमा रहेको छ। ३ खेलमा २ जित र १ हार बेहोरेको कुवेत नेपाल भन्दा नेट रन-रेटमा पछि पर्दै तेश्रो स्थानमा रहेको छ।

प्रतियोगितामा ओमानले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ। ओमानले कुवेतसंग पहिलो खेलमा ८ विकेटको पराजय बेहोरेको थियो जसपछि दोश्रो खेलमा मलेसियालाई ४६ रनले पराजित गरेको थियो। तेश्रो खेलमा ओमानलाई सिंगापुरले ५ विकेटले पराजित गरेको थियो।

प्रतियोगिताको विजेता टिम २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने अन्डर-१९ विश्वकपमा छनौट हुनेछ।

विश्वकप छनौट हुने सम्भावना कायम राख्न नेपालले प्रतियोगिताको बाँकी खेल जितेर मात्रै हुनेछैन त्यो संगै युएईले कम्तिमा १ खेल हार्न समेत पर्नेछ। नेपालले सबै खेल जित्दै युएईले ओमान र सिंगापुरसंग हारको कामना गर्नुपर्नेछ।

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]