काठमाडौं । टि२० विश्वकपमा छनोट भइसकेको नेपालले एसिया तथा इस्ट एसिया छनोटको उपाधीका लागि महत्वपुर्ण रहेको खेलमा ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानको मस्कटमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले ब्याटिङ रोजेका हुन् । भर्खरै सकिएको खेलमा युएईले समाओलाई पराजित गरेसँगै नेपालसँगै ओमानले लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाएका हुन् ।
यस खेलको विजेता नै प्रतियोगिताको विजेता बन्ने बलियो सम्भावना रहेका कारण दुवै टोली जितका लक्ष्यका साथ मैदान उत्रदै छन् ।
