गर या मरको खेलमा नेपाल पपुवा न्यु गिनीसंग खेल्दै, यस्तो छ बिगतमा नतिजा

Nepal vs PNG
  • विकेटनेपाल, फाल्गुन ३० – बुधबार

जिम्बाबेमा जारि एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफु समूह ‘बि’ को चौथो स्थानमा रहँदै बिहिबार हुने पहिलो प्ले-अफमा समूह ‘ए’ को अन्तिममा रहेको पपुवा न्यु गिनीको सामना गर्दै छ । नेपालले समूह चरणमा हंगकंगलाई पराजित गरेको थियो भने पपुवा न्यु गिनी ४ वटै खेलमा जितबिहिन रहेको छ।

अर्कोतर्फ आजै समूह ‘बि’ को अन्तिम टिम हंगकंगले समूह ‘ए’ को चौथो टोलि नेदरल्याण्डको सामना गर्दै छ। यदि भोलिको खेल नेदरल्याण्डले जितेको खण्डमा नेपाल र पपुवा न्यु गिनी बीच खेल जित्ने टिमले एकदिवसीय मान्यता पाउने छ। हंगकंगले नेदरल्याण्डलाई र नेपालले पपुवा न्यु गिनीलाई पराजित गरे एकदिवसीय मान्यताको लागि नेपाल र हंगकंग प्रतिस्पर्धा गर्नेछन्। नेपाल पपुवा न्यु गिनीसंग पराजित भए एकदिवसीय रास्ट्रको मान्यता पाउने ढोका बन्द हुनेछ भने पुनः डिभिजन-२ मा झर्नेछ।

यस कारण नेपाल र पपुवा न्युगिनी हंगकंगको पराजयको आशा राख्दै खेल पनि जितेर आगामी ४ वर्षको लागि एकदिवसीय मान्यता पाउने उदेश्यसहित मैदानमा उत्रिनेछन्।

यस्तो छ नेपाल र पपुवा न्यु गिनीको हेड टु हेड नतिजा :-

आईसीसी विश्वकप छनौट सिरिज, २१ फेब्रुअरी २००५ (मलेसिया)

सन् २००५ मा मलेसियाको क्वालालम्पुरमा भएको खेलमा नेपाल पपुवा न्यु गिनीसँग ७० रनको फराकिलो अन्तरले पराजित भएको थियो। टस जितेर पहिले ब्याटिंग गरेको पपुवा न्यु गिनिले जमी ली बैज़ेरको ९७ रन (८३ बल, १० चौका, ३ छक्का) तथा अरुआ उडाको ५५ रन (८८ बल, ७ चौका) को मद्दतमा ५० ओभरमा ८ विकेट गुमाएर २४० रनको योगफल तयार पारेको थियो। नेपालका लागि शक्ति गौचन र धिरेन्द्र चन्दले ३/३ विकेट हात पारेका थिए। गौचनले १० ओभरमा ३ मेडन ओभर फाल्दै मात्र २० रन खर्चेका थिए भने चन्दले ८ ओभरमा ३० रन।

जवाफमा पारस खड्काले ५० रन (८२ बल, ५ चौका) र मनोज कुमार वैश्यले अविजित ३७ रन (६३ बल, १ छक्का) बनाएपनि नेपालले ५० ओभरमा ९ विकेट गुमाएर मात्र १७० रन मात्र बनाउन सक्यो। पपुवा न्युगिनीका जमी ब्रजिरले ३१ रन खर्चेर ३ तथा इनोया बेऔ र महरु दाईले समान २/२ विकेट हात पारेका थिए।

विश्व क्रिकेट लिग च्याम्पियनसिप, १६ नोभेम्बर २०१५

नेपालले आफ्नै घरमा आयोजना गर्नुपर्ने खेल आन्तरिक किचलोको कारण आबुधावीमा भएको थियो जसमा पपुवा न्यु गिनीले अन्तिम ओभरमा रोमान्चक २ विकेटको जित हात पारेको थियो।

टस जितेर पहिले ब्याटिंग गरेको नेपालले शरद भेसावकरको ७८ रन ( ८२ बल, ५ चौका ) र सुबास खकुरेलको ६३ रनको ( १०४ बल, २ चौका ) मद्दतमा ५० ओभरमा ८ विकेट गुमाएर २३२ रनको योगफल तयार पारेको थियो। पिएनजीका असाद भालाले ३२ रन खर्चेर ३ विकेट हात पारेका थिए।

Nepal Vs Papua New Guinea
Nepal Vs Papua New Guinea

जवाफमा लक्ष्य पछ्याएको पिएनजीले असाद भालाले ८७ रन बनाएपछि ३ बल अगाबै ८ विकेट गुमाएर पुरा गरेको थियो। त्यस्तै अमिनीले ३५ रन बनाएका थिए। १३८ रनमा ६ विकेट गुमाएको उसका लागि अमिनी र रेभाले ६५ रनको साझेदारी गर्दै नेपालको जित खोसेका थिए। नेपालका पारस खड्का र मेहबुब आलमले २/२ विकेट लिएका थिए।

विश्व क्रिकेट लिग च्याम्पियनसिप, १८ नोभेम्बर २०१५

अबुधाबीमानै भएको च्याम्पियनसिपको दोश्रो खेल पनि रोमान्चक अन्तिम ओभरमा पपुवा न्यु गिनीले खेल जितेको थियो।

टस जितेर पहिले ब्याटिंग गरेको नेपालले पारस खड्काको ५८, सागर पुनको ४७, शरद भेसावकरको ४२, ज्ञानेन्द्र मल्लको ३६ रनको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। पिएनजीका नोर्मान भनुआ र असाद भालाले समान ३/३ विकेट तथा सेसे बाउले २ विकेट लिएका थिए।

जवाफमा १४१ रनमा ७ विकेट गुमाएको पिएनजीका लागि ज्याक भारेले अविजित ७६ रन तथा जोहन रेभाले अविजित ३१ रन बनाउंदै अविजित ७४ रनको साझेदारी गरेपछि लक्ष्य २ बल अगाबै ७ विकेट गुमाएर पुरा गरेको थियो। लक्ष्य पछ्याउने क्रममा १४१ रनमै ७ विकेट गुमाएको पीएनजीलाई भारे र रिभाले आठौँ विकेटको लागि अविजित ८४ रनको साझेदारी गर्दै खेल जिताएका थिए। नेपालका लागि सोमपाल कामिले ३ र बसन्त रेग्मीले २ विकेट लिएका थिए।

धेरैले पढेको :- नेपालको खेल पपुवा न्यु गिनीसंग, जित्दा के हार्दा के ?





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]