पीएनजी बिरुद्ध पहिलो ओडीआई आज, कहाँ हेर्ने लाईभ ? ( सम्पूर्ण जानकारी एकै ठाउँमा )

नेपालको ओमान भ्रमण अन्तर्गत ओमान र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि सुरु हुने त्रिकोणात्मक सिरिज अघि नेपालले पपुवा न्यु गिनीसंग सेप्टेम्बर ७ र १० तारिखमा दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दैछ। आज मंगलबार नेपालले पहिलो खेल खेल्दै ओमान भ्रमणको सुरुवात गर्दैछ। एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दुई देश पहिलो पटक खेल्ने लागेका हुन्। खेलबारे सम्पूर्ण जानकारी एकै ठाउँमा प्रस्तुत गरेका छौँ।

खेल – नेपाल Vs पपुवा न्यु गिनी – पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय
कहिले – सेप्टेम्बर ७ , मंगलबार , नेपाली समय ११:१५ बजे
कहाँ – अल अमिरात क्रिकेट मैदान ( टर्फ १ ) , अल अमिरात

प्रत्यक्ष कहाँ हेर्ने – खेलको प्रत्यक्ष प्रशारण नेपालमा एक्सन स्पोर्ट्स टेलिभिजनले गर्नेछ भने डीश होमको dishhome go यापबाट पनि हेर्न सकिनेछ। यस्तै Willow TV तथा Fancode यापबाट समेत खेलको प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ। युट्युब/फेसबुकमा प्रत्यक्ष हुने जानकारी हालसम्म प्राप्त भएको छैन।

नेपाली टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ), दिपेन्द्र सिंह ऐरी ( उपकप्तान ) , कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा

पपुवा न्यु गिनी टिम : असद भाला ( कप्तान ) , किप्लिन डोरिगा, चार्ल्स अमिनी, सिसि बाउ, जेसन किला, नोर्मन भनुवा, सिमि अटाई ( विकेटकिपर ) , टोनी उरा, हिरी हिरी, नोसैना पोकना, डामियन राभु, लेगा सीएका, चाड सोपर, गौडी टोका, कबुवा मोरेया

नेपालको आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियता : १६ औं , पपुवा न्यु गिनी : २० औं

नेपाल-पपुवा न्यु गिनी हेड टु हेड नतिजा – नेपाल ३ – १ पपुवा न्यु गिनी

पछिल्लो भेट : २०१८ विश्वकप छनोट ( जिम्बाब्वे ) । नेपाल ६ विकेटले विजयी। पपुवा न्यु गिनी : ११४ ( २७.२ ओभर ) , नेपाल : ११५/४ ( २३ ओभर ) सन्दिप लामिछाने – ४ विकेट  ( ८-०-२९-४ ) र दिपेन्द्र ऐरी – ४ विकेट ( ४.२-०-१४-४ ) र ५०* रन – स्कोरकार्ड हेर्नुस 

नेपालको पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रियको नतिजा – ३ जित र २ हार
पीएनजीको पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रियको नतिजा – ५ हार र ० जित

नेपाल बिरुद्ध सफल पीएनजीका खेलाडी ( वर्तमान ) : असद भाला ( ४ खेलमा ११५ रन र ६ विकेट, सर्वाधिक स्कोर – ८७ रन, उत्कृस्ट बलिंग प्रदर्शन –  ७-०-३२-३ )

पीएनजी बिरुद्ध सफल नेपाली खेलाडी ( वर्तमान ) : शरद भेसावकर ( २ खेलमा १२० रन , सर्वाधिक स्कोर, ७८ रन ) , दिपेन्द्र ऐरी – ( १ खेलमा ४ विकेट र ५० रन ) , सन्दिप लामिछाने ( १ खेलमा ४ विकेट )

खेल अघि नेपालका कप्तान ज्ञानेन्द्र मल्लको भनाई : ओमान चांडै पुग्दा फाइदा भयो। हाम्रो टिम सन्तुलित छ। अहिलेसम्म हामि सहि दिशामा छौँ। ओपनिंग जोडीमा आसिफ शेख र भुर्तेललाई मौका दिंदैछौँ। प्रशिक्षक डेभ व्हाटमोरले राजिनामा दिंदा असर त पर्छ तर हामि भ्रमणमा केन्द्रित छौँ। पपुवा न्यु गिनीसंग सम्पूर्ण खेलाडीहरुलाई मौका दिने प्रयास गर्नेछौँ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]