नेपाल र कतार बीच पहिलो टि-२० अन्तर्राष्ट्रिय आज, कस्तो छ कतार टिम

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कतार भ्रमण अन्तर्गत तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजको पहिलो खेल मंगलबार खेल्दैछ। नेपाल र कतार पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय खेल्न लागेका हुन्।

नोभेम्बर २२ तारिख देखि युएईमा सुरु हुने टि-२० विश्वकप एसिया छनोट प्रतियोगिता अघि नेपाली टिमले अभ्यास खेलको रुपमा सिरिज खेल्न लागेको हो।

कतारको वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय दिउँसो ३:४५ बजे सुरु हुनेछ। सिरिज अन्तर्गत नेपालले नोभेम्बर १७ र १८ तारिखमा अर्को दुई खेल खेल्ने तालिका छ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले पछिल्लो पटक दुई वर्ष अघि सन् २०१९ डिसेम्बरमा दक्षिण एसियाली खेलकुद ( साग ) मा अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल खेलेको थियो। त्यसपछि कोभिड-१९ का कारण अन्य प्रतियोगितामा टीमले सहभागिता जनाउन पाएको छैन।

कतार भ्रमण गर्नु अघि नेपाली टिम बंगलादेश भ्रमणमा पुगेको थियो जहाँ बंगलादेश कृरा शिक्षा प्रतिष्ठानसंग तिन वटा टि-२० को सिरिज खेलेको थियो। उक्त सिरिज नेपालले २-१ ले जितेको थियो।

कस्तो छ कतार महिला क्रिकेट टिम ? नेपालको तुलनामा कतार महिला क्रिकेट टिम कमजोर टोलि हो जसले हालसम्म ४ वटा मात्र टि-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ। अन्तर्राष्ट्रिय वरियता नपाएको कतारको तुलनामा नेपाल टि-२० अन्तर्राष्ट्रिय महिला वरियतामा १४ औं स्थानमा छ। नेपालसंग खेलेपछि कतार महिला क्रिकेट टिम पनि टि-२० अन्तर्राष्ट्रिय वरियतामा समाबेश हुनेछ।

गत वर्ष जनवरीमा कुवेत र ओमानसंग त्रिकोणात्मक टि-२० सिरिज खेल्दै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेको कतारले उक्त सिरिजमा खेलेको ४ वटा खेल मध्ये एक खेलमा कुवेतलाई पराजित गर्न सफल भएको थियो।

नेपाली महिला टिम : रुबिना क्षेत्री ( कप्तान ) , डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे ( विकेटकिपर ) , सरस्वति चौधरी, काजल श्रेष्ठ ( विकेटकिपर ), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई , प्रशिक्षक : जगत टमाटा

कतार महिला टिम : आयषा, आयशा रहमान, एन्जेलिन मरे, त्रुपति काले, अलिना खान, सचि धडवाल, खादिजा इम्तियाज, हिराल अग्रवाल, स्नेह चंदनानी ( कप्तान ) , रिज्फा बना इमानुयल, सबिजा पानायान, केरी पौसेट, श्रुतिबेन राना , रिभा शाह , शारिनावाब बहादुर





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]