अघोषित फाइनलमा नेपाल र सिंगापुर खेल्दै ( सम्पूर्ण जानकारी )

Nepal vs Singapore
  • विकेटनेपाल, असोज २५ 

आईसीसी टि-२० बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले अन्तिम खेलमा सिंगापुरसंग खेल्नेछ।

प्रतियोगिता अन्तर्गत सिंगापुर र नेपाल दुवैले खेलेको सबै ५ वटा खेल जितेका छन् र टि-२० बिश्वकप एसिया छनौट खेल्न छनौट हुने पक्का गरिसकेका छन्। अंकतालिकामा नेट रन-रेटको आधारमा नेपाल पहिलो र सिंगापुर दोश्रो स्थानमा रहेको छ।

नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटले, थाईल्याण्डले १४० रनले ( डी/एल ) , भुटानलाई ११७ रनले र चिनलाई १० विकेटले पराजित गरिसकेको छ। अर्कोतर्फ सिंगापुरले पनि म्यानमार र थाईल्याण्डलाई ८ विकेटले, चिनलाई १० विकेटले, मलेसियालाई ४० रनले तथा भुटानलाई ९५ रनले पराजित गरेको छ।

अपराजित रहेका २ टिम बीचको खेललाई प्रतियोगिताको फाइनलको रुपमा समेत हेरिएको छ किनकि खेलमा जुन टिम बिजयी हुनेछ त्यो टिम प्रतियोगिताको बिजेता हुनेछ।

खेल हुने मिति/समय : अक्टोबर १२ –  १२:१५ बजे ( नेपाली समय ) , २:३० बजे ( मलेसिया समय ) ,  बायुमास ओभल मैदान

सिंगापुरसंग इतिहास 

सिंगापुरसंग नेपालले इतिहासमा २ वटा टि-२० खेल खेलेको छ। दुवै पटक नेपालसंग सिंगापुर  सहजै पराजित भएको थियो।

सन् २००९ एसीसी टि-२० ( युएई ) 

पाँचौ स्थानको लागि भएको खेलमा टस जितेर ब्याटिंग गरेको सिंगापुरले १९.४ ओभरमा ८९ रनमै सबै विकेट गुमाएपछि नेपालले १४.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पछ्याएको थियो।

बिनोद दास ( ३.४-०-२१-३ ) र सन्जम रेग्मीले ( ४-०-१९-३ ) ३/३ विकेट लिंदै सिंगापुर इनिंग ध्वस्त बनाएका थिए। ब्याटिंगमा दिपेन्द्र चौधरीले ४९ रन ( ४० बल, ४ चौका र १ छक्का ) तथा नरेश बुढायरले ३२ रन ( ३९ बल, ३ चौका ) बनाएपछि नेपालले सहजै जित हाँसिल गरेको थियो।


सन् २०१३ एसीसी टि-२० ( नेपाल ) 

समुह चरणको खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले टि-२० क्रिकेटमा पहिलो पटक र अन्तिम पटक २०० रन माथिको योगफल तयार गरेको थियो।

२० ओभरमा २१०/५ को योगफल बनाउने क्रममा बिनोद भण्डारीले विस्फोटक ५४ रन ( ३४ बल, ४ छक्का र २ चौका ) बनाएका थिए। यस्तै पारस खड्काले ४४, ज्ञानेन्द्र मल्ल र प्रदिप ऐरिले समान ३०/३० , तथा शरद भेसावकरले २६ रन बनाएका थिए।

२११ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ८९ रनमै सबै विकेट गुमाउन पुग्यो। बसन्त रेग्मीले ३ विकेट ( ४-१-१७-३ ) , शक्ति गौचनले २ विकेट ( ३-०-१३-२ ) लिएका थिए।

Anil Sah
Anil Sah

यो बाहेक ५० ओभर क्रिकेटमा नेपालले पछिल्लो पटक सिंगापुरसंग गत महिना मात्रै एसिया कप छनौटमा प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपाल ४ विकेटले बिजयी हुँदा टस जितेर ब्याटिंग गर्दै सिंगापुरले दिएको १५२ रनको लक्ष्य ६ विकेट गुमाएर  २८.१ ओभरमा पुरा गरेको थियो।

खेलमा बलिङ्गतर्फ ललित राजबंशी र सन्दिप लामिछानेले समान ३/३ विकेट तथा सोमपाल कामिले २ विकेट लिएका थिए। ब्याटिंगमा अनिल साहले ४३, दिपेन्द्र ऐरिले ३३ रन बनाएका थिए।

अझ बिस्तृतमा कुरा गर्दा सिंगापुरले नेपाललाई पराजित गरेको इतिहास छैन।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]