सिंगापुर बिरुद्ध टस जितेर नेपाल फिल्डिंग गर्दै, यस्तो छ प्लेयिंग ११

  • विकेटनेपाल-२६ असोज

आईसीसी टि-२० बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले अन्तिम खेलमा सिंगापुरसंग खेल्दैछ। यस खेलको बिजेता प्रतियोगिताको च्याम्पियन् समेत बन्नेछ।

मलेसियाको बायुमास ओभल मैदानमा नेपालले टस जितेर फिल्डिंग गर्ने निर्णय लिएको छ। नेपाल र सिंगापुर दुवै टोलि यस प्रतियोगितामा अपराजित रहेका छन्। समान १० अंक भएपनि उत्कृस्ट नेट रन रेटका आधारमा नेपाल अंक तालिकाको शिर्ष स्थानमा रहेको छ।

|| लाईभ अपडेटका लागि याहाँ क्लिक गर्नुहोस् ||

नेपाल प्लेयिंग ११ :–  बिनोद भण्डारी, अनिल साह, दिपेन्द्र ऐरि, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, ललित राजबंशी, शरद भेसावकर, पारस खड्का, सोमपाल कामी, करन केसी

सिंगापुरसंग इतिहास 

सिंगापुरसंग नेपालले इतिहासमा २ वटा टि-२० खेल खेलेको छ। दुवै पटक नेपालसंग सिंगापुर  सहजै पराजित भएको थियो।

सन् २००९ एसीसी टि-२० ( युएई ) 

पाँचौ स्थानको लागि भएको खेलमा टस जितेर ब्याटिंग गरेको सिंगापुरले १९.४ ओभरमा ८९ रनमै सबै विकेट गुमाएपछि नेपालले १४.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पछ्याएको थियो।

बिनोद दास ( ३.४-०-२१-३ ) र सन्जम रेग्मीले ( ४-०-१९-३ ) ३/३ विकेट लिंदै सिंगापुर इनिंग ध्वस्त बनाएका थिए। ब्याटिंगमा दिपेन्द्र चौधरीले ४९ रन ( ४० बल, ४ चौका र १ छक्का ) तथा नरेश बुढायरले ३२ रन ( ३९ बल, ३ चौका ) बनाएपछि नेपालले सहजै जित हाँसिल गरेको थियो।


सन् २०१३ एसीसी टि-२० ( नेपाल ) 

समुह चरणको खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले टि-२० क्रिकेटमा पहिलो पटक र अन्तिम पटक २०० रन माथिको योगफल तयार गरेको थियो।

२० ओभरमा २१०/५ को योगफल बनाउने क्रममा बिनोद भण्डारीले विस्फोटक ५४ रन ( ३४ बल, ४ छक्का र २ चौका ) बनाएका थिए। यस्तै पारस खड्काले ४४, ज्ञानेन्द्र मल्ल र प्रदिप ऐरिले समान ३०/३० , तथा शरद भेसावकरले २६ रन बनाएका थिए।

२११ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ८९ रनमै सबै विकेट गुमाउन पुग्यो। बसन्त रेग्मीले ३ विकेट ( ४-१-१७-३ ) , शक्ति गौचनले २ विकेट ( ३-०-१३-२ ) लिएका थिए।

Anil Sah
Anil Sah

यो बाहेक ५० ओभर क्रिकेटमा नेपालले पछिल्लो पटक सिंगापुरसंग गत महिना मात्रै एसिया कप छनौटमा प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपाल ४ विकेटले बिजयी हुँदा टस जितेर ब्याटिंग गर्दै सिंगापुरले दिएको १५२ रनको लक्ष्य ६ विकेट गुमाएर  २८.१ ओभरमा पुरा गरेको थियो।

खेलमा बलिङ्गतर्फ ललित राजबंशी र सन्दिप लामिछानेले समान ३/३ विकेट तथा सोमपाल कामिले २ विकेट लिएका थिए। ब्याटिंगमा अनिल साहले ४३, दिपेन्द्र ऐरिले ३३ रन बनाएका थिए।

अझ बिस्तृतमा कुरा गर्दा सिंगापुरले नेपाललाई पराजित गरेको इतिहास छैन।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]