U19 Asia Cup : नेपालको दोश्रो खेल श्रीलंकासंग, ‘गर या मर’को स्थिति

युएईमा जारि अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल श्रीलंकासंग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय ११:१५ बजे बिहान शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसंग १५४ रनले पराजित भएको थियो। श्रीलंकाले पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो।

समुह ‘बि’ मा रहेको नेपाल सेमीफाइनल पुग्ने सम्भावना जीवित राख्न आज जित अत्यावश्यक छ। श्रीलंकाले नेपाललाई पराजित गरेको खण्डमा नेपाल पहिलो चरणबाट बाहिर हुनेछ भने श्रीलंका बंगलादेशसंगै सेमीफाइनल पुग्नेछ। बंगलादेशले हालसम्म खेलेको दुवै खेल जितेको छ भने कुवेतले खेलेको दुवै खेलमा हार बेहोरेको छ।

श्रीलंकासंगको अन्डर-१९ मा नेपालको इतिहास हेर्ने हो भने इतिहासमै नेपालले श्रीलंकालाई पराजित गर्न सकेको छैन। अन्तिम पटक नेपालले २०१९ मा श्रीलंकामा आयोजित यु-१९ एसिया कपमा प्रतिस्पर्धा गर्दा श्रीलंका ५ विकेटले विजयी भएको थियो। नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले ३३.४ ओभरमै भेटाएको थियो। त्यस अघि सन् २०१६ मा श्रीलंकामा आयोजित यु-१९ एसिया कपमा नेपाल रोमान्चक खेलमा १ रनले पराजित भएको थियो। श्रीलंकाले दिएको २२८ रनको लक्ष्य पछ्याउने क्रममा दिपेन्द्र ऐरीले ९० रन बनाएता पनि जित दिलाउन सकेका थिएनन्।

बंगलादेशसंग पहिलो खेलमा नेपालले ब्याटिंग र बलिंग दुवै खेलमा राम्रो प्रदर्शन गर्न सकेको थिएन। नेपालका दुवै मुख्य पेसर दुर्गेश गुप्ता र गुल्सन झा तथा स्पिनर बसिर एहमद र तिलक भण्डारीले पनि प्रभावहिन रहेका थिए। नेपाली बलरले बंगलादेशको मात्र ३ विकेट लिन सकेका थिए। बंगलादेशले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४२.३ ओभरमा १४३ रन मात्र बनाउन सकेको थियो। सो क्रममा नेपालको माथिल्लो क्रम फ्लप रहेको थियो। गुल्सन झाको ३५ रन इनिंग्सको सर्वाधिक रन थियो। अर्जुन साउद, देव खनाल, अर्जुन कुमाल, सन्तोष कार्की जस्ता ब्याटरहरु लामो समय क्रिजमा जम्न सकेका थिएनन्।

श्रीलंकासंग नेपालले अन्तिम-एघारमा परिवर्तन गर्न सक्छ। अफ स्पिन अलराउण्डर शेर मल्ल अथवा देब्रे हाते स्पिन अलराउण्डर दिपेश कंडेलले मौका पाउन सक्नेछन् जसले बलिंग थप मजबुत बनाउन सक्नेछ। बसिर एहमद या आदील अन्सारी बाहिर हुन सक्नेछन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]