नेपालले तेस्रो खेल थाइल्याण्ड बिरुद्ध खेल्दै (सम्पूर्ण जानकारी)

Nepal vs Thailand
  • विकेटनेपाल-२० असोज

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्डको सामना गर्दैछ। तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर रहेपनि थाइल्याण्ड प्रतियोगिताको अंक तालिकामा भने शिर्ष स्थानमा रहेको छ।

सन् २०२० मा अष्ट्रेलियामा संचालन हुने ट्वान्टी-२० विश्वकपको क्षेत्रिय छनौट चरण अन्तर्गत मलेसियामा जारी प्रतियोगितामा आयोजक मलेसिया र नेपाल सहित सिंगापुर, थाइल्याण्ड, भुटान, म्यान्मार र चाइना रहेका छन्। यस क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली छनौटका लागि छानिने छन्।

प्रतियोगितामा दुई खेल खेलेको नेपाल २ जित सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। समान खेल खेल्दै समान जित निकालेको सिंगापुर नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। यस्तै ३ खेल खेल्दा २ जित र १ खेलमा नतिजा बिहिन रहेको थाइल्याण्ड अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।

नेपालले प्रतियोगिताको आफ्नो पहिलो र दोश्रो खेलमा म्यानमार र मलेसियालाई समान ८ विकेटले पराजित गरेको छ। उता थाइल्याण्डले भने प्रतियोगिताको आफ्नो पहिलो खेलमा चाइनाले दिएको ३६ रनको लक्ष्य कुनै विकेट नगुमाई पुरा गरेको थियो। पहिलो खेलमा १० विकेटको जित निकालेको थाई टोलीले दोस्रो खेलमा भने बर्षा बाधक बनेपछि मलेसियासंग अंक बाडेको थियो। यस्तै तेस्रो खेलमा थाइल्याण्डले भुटान बिरुद्ध ८ विकेटको जित निकालेको थियो।

नेपाल vs थाइल्याण्ड ( बायुमास ओभल मैदान ) , ७ अक्टोबर २०१८  , समय : दिउसो  १२:१५ बजे  नेपाल  ( मलेसिया : २:३० बजे ) 

Nepal Cricket Team
Nepal Cricket Team

इतिहास 

इतिहासको कुरा गर्दा थाईल्याण्ड र नेपाल १ पटक मात्र एकअर्कासंग भेट भएका छन्। सन् १९९८ को नेपालमै सम्पन्न एसीसी ट्रफी प्रतियोगितामा दुई टिमको भेट भए पनि खेल भने वर्षाको कारण टस समेत नभई रोकिएको थियो। महिला क्रिकेट र उमेर समुह क्रिकेटमा भने थाईल्याण्डसंग नेपालले थुप्रै खेल खेल्ने गरेको छ। महिला क्रिकेटमा अघि भए पनि पुरुष क्रिकेटमा भने थाई टिम नेपालको अगाडी कमजोर मानिने गर्छ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]