१५ फोटोमा हेर्नुस थाईल्याण्ड बिरुद्ध नेपालको बिशाल जित

  • विकेटनेपाल,असोज २१ 

सन्दिप लामिछाने र करन केसीको सानदार प्रदर्शनमा नेपालले मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्डलाई १४० रन ( डी/एल मेथड ) ले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिंग गर्दै नेपालले दिएको १७३ रनको बिजय लक्ष्य लिएर मैदान उत्रिएको थाइल्याण्डले ८.५ ओभरमा १८ रन बनाएर ९ विकेट गुमाउन पुग्दा वर्षाले खेल रोकिएपछि पुनः खेल सुचारु हुन नसक्दा नेपाललाई डी/एल मेथडको आधारमा बिजेता घोषित गरिएको हो।

नेपालको जितमा ब्याटिंगतर्फ प्लेयर अफ द म्याच समेत चुनिएका करन केसीले सर्वाधिक ४० रन ( १४  बल,२ चौका र ४ छक्का ) प्रहार गरे भने बलिङ्गमा सन्दिप लामिछानेले ५ तथा करन केसीले ३ विकेट हात पारे।

लगातार तेश्रो जित संगै नेपाल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। प्रतियोगिता अन्तर्गत नेपालले आगामी खेलमा मंगलबार भुटानसंग खेल्नेछ। ७ टिम सहभागी प्रतियोगिताको अंकतालिकामा उत्कृस्ट ३ भित्र पर्ने टिम २०२० टि-२० बिश्वकप एसिया छनौट प्रतियोगिता खेल्न छनौट हुनेछ।

फोटोहरुमा हेर्नुस थाईल्याण्ड र नेपालको खेल – 

Sompal Kami , Karan KC
Sompal Kami , Karan KC
Sandeep Lamichhane
Sandeep Lamichhane

Karan KC
Karan KC

( फोटो – रमन शिवाकोटी- नेपाल टिम ब्यबस्थापक )

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]