रोहितको कीर्तिमानी अर्धशतक र ज्ञानेन्द्रको ब्याट बोल्दा, नेपालले बनायो २४२ रन

  • विकेटनेपाल, माघ १२ – शनिवार 

नेपाल र युएई बीच जारि एकदिवसीय सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा पहिले ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २४२ रनको योगफल तयार गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको नेपाललाई ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले राम्रो सुरुवात दिलाए। पहिलो विकेटको लागि दुवैले ६१ रनको साझेदारी गरे।

बिनोद १६ औं ओभरमा अमिर हयातको बलमा क्याच आउट भए भने १९ औं ओभरमा मल्ललाई जहुर खानले क्याच आउट गराए। बिनोदले २१ रन ( ४६ बलमा २ चौका ) तथा ज्ञानेन्द्रले ४४ रन ( ६१ बलमा ४ चौका ) प्रहार गरे।

ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले पहिलो विकेटको लागि ६१ रन बनाए

दुवै ओपनर पेभेलियन फर्किए पछि नेपालले लगातार विकेट गुमायो। १० रन बनाएका दिपेन्द्र ऐरि अस्फाक एहमदको बलमा एलबिडब्लु आउट भए भने पाँचौ नम्बरमा ब्याटिंग गरेका पवन सर्राफ पनि ८ रन बनाएर इमरान हैदरको बलमा लंग अनमा ठुलो सट प्रयास गर्दा क्याच आउट भए। २१ रन बनाएर एउटा किनार सम्हालीरहेका कप्तान पारसलाई पनि हैदरले एलबिडब्लु आउट गरे। खड्काले ३१ बलमा १ चौका हिर्काए।

१५.३ ओभरमा ६१/१ बाट नेपालको योगफल २९ ओभर समाप्तिमा ११३/५ को नाजुक अवस्थामा पुग्यो।

नेपाललाई त्यसपछि सिरिजमा पहिलो खेल खेलीरहेका रोहित पौडेल र आरिफ शेखले अर्धशतकीय साझेदारी गर्दै अघि बढाए। ८२ रनको साझेदारी गर्दै नेपालको योगफल २०० नजिक पुर्याएपछि आरिफ ४५ औं ओभरमा इमरान हैदरको एलबिडब्लु शिकार भए। आरिफले २९ रन बनाउदा ४९ बलमा २ चौका प्रहार गरे।

आरिफको विकेटपछि रोहित पौडेल पनि अर्धशतक पुरा गरे पछि अमिर हयातको बलमा क्याच आउट हुन पुगे। एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पाँचौ नेपाली ब्याट्सम्यान बन्ने क्रममा रोहितले ५५ रन बनाउन ५८ बलमा ७ चौका प्रहार गरे। रोहित एक दिवसीय क्रिकेटमा सबै भन्दा कम उमेरमा अर्धशतक पुरा गर्ने ब्याट्सम्यान समेत बने। १६ वर्ष १४६ दिन अधिकारिक उमेर भएका रोहितले यस अघि शहिद अफ्रिदीले १६ वर्ष २१७ दिनको उमेरमा हिर्काएको रेकर्डलाई तोडेका हुन्।

Rohit Paudel

आठौं नम्बरमा ब्याटिंग गरेका करन केसीले  अमिर हयातले गरेको ४७ औं ओभरमा २ छक्का प्रहार गर्दै योगफल बढाए। त्यसै ओभरमा उनि १८ रन बनाएर आउट भए जुन क्रममा ११ बलमा १ चौका र २ छक्का हिर्काए। सोमपाल कामि २ रन बनाएर आउट भए।

अन्तिममा सन्दिप लामिछानेले २ चौका प्रहार गर्दै अविजित १४ रन तथा ललित राजबंशीले अविजित ३ रन बनाउदै इनिंग समाप्ति गरे। नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २४२ रनको योगफल तयार गर्यो।

नेपालको इनिंग ( संक्षिप्त स्कोर ) ज्ञानेन्द्र मल्ल ४४ , बिनोद भण्डारी २१ , पारस खड्का २१, दिपेन्द्र ऐरि १०, पवन सर्राफ ८, आरीफ शेख २९, रोहित पौडेल ५५ , करन केसी १८ , सोमपाल कामि २ , सन्दिप लामिछाने  , युएई बलिङ्ग – अमिर हयात – ३ विकेट, इमरान हैदर –  ३ विकेट , मोहम्मद नबिद १ विकेट, अश्फाक एह्मद – १ विकेट, जहुर खान – १ विकेट

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने नेपाली ब्याट्सम्यानहरु –  ज्ञानेन्द्र मल्ल, पारस खड्का, सोमपाल कामि, सुबास खकुरेल र रोहित पौडेल





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]