नेपाललाई युएईद्वारा २६९ रनको लक्ष्य प्रस्तुत

२०७५ आश्विन १६, मंगलवार १२:३५

  • विकेटनेपाल, असोज-१६ 

बंगलादेशमा जारि यु-१९ युथ एसिया कप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले युएईको सामना गरिरहेको छ। टस जितेर पहिले ब्याटिंग गरेको युएईले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर २६८ रनको योगफल तयार गरेको छ।

टस जितेर ब्याटिंग गरेको युएईले शानदार सुरुवात गर्दै पहिलो विकेटको लागि फहाद नवाज र अंशले १५९ रनको बिशाल साझेदारी गरे।

२८ औं ओभरमा ६७ रन बनाएका अंश ६७ रन  ( ८१ बल, ८ चौका र १ छक्का ) बनाएर नन्दन यादबको बलमा आउट हुँदा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि भने निरन्तर अन्तरालमा विकेट पायो। फहाद नवाजलाई पनि नन्दनलेनै ३२ औं ओभरमा आउट गरे। फहदले ८३ रन बनाए जुन क्रममा ९५ बलमा ५ चौका प्रहार गरे।

त्यसपछि मुहम्मद अलि ( १६ ) , जोनाथन फिगी ( १५ ) , अल्ल्शान शरफु ( ९ ) , ब्रान्डन एडम ( १८  ) ले लगातार विकेट गुमाउदा नेपाल खेलमा फर्कियो। २८ औं ओभरमा १५९/१ को अवस्थाबाट युएई ४३ औं ओभरमा २२७/६ को अवस्थामा पुग्यो।

Nandan Yadav
Nandan Yadav ( File Photo ) 

त्यसपछि युएईको तल्लो क्रममा सयद हैदर ( १२ ) र मुहमद ए ( १८* ) र कार्तिक पलनिएप्पन ( ११* ) ले स्कोरलाई २५० पार गराए। ८ विकेट गुमाएर पुरा ५० ओभरमा युएईले २६८ रनको योगफल तयार गर्यो।

नेपालको बलिङ्गतर्फ नन्दन यादब ( १०-१-५१-२ ) , रासिद खान ( १०-१-५१-२ )  र पवन सर्राफ ( १०-१-४३-२ ) ले समान २ विकेट हात पारे। सुर्य तामांग ( ७-०-५६-१ ) र सागर ढकाल ( १०-०-४३-१ ) ले समान १/१ विकेट लिए।

नेपाल र युएई दुवै टिमले खेलेको २ वटै खेलमा हार बेहोरीसकेको छ र सेमीफाइनल पुग्ने सम्भावना सकीसकेको छ। युएईले अफगानिस्तानसंग ५ विकेटले तथा भारतसंग २२७ रनले पराजय बेहोरेको थियो भने नेपालले भारतसंग १७२ रनले तथा अफगानिस्तानसंग ३ विकेटले पराजय बेहोरेको थियो।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy