दोश्रो वान-डे आज, हिजोको यी गल्ति सुधार गरे नेपाल जित्न सक्छ

Mohammad Naveed , Paras Khadka
  • विकेटनेपाल, माघ-१२ – शनिवार 

युएई र नेपाल बीच जारि ३ एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत नेपाल र युएई दोश्रो एकदिवसीयमा आज प्रतिस्पर्धा गर्दै छन्।

पहिलो एकदिवसीयमा नेपाल ३ विकेटले पराजित हुँदा सिरिजमा ०-१ ले पछि परेको छ। सिरिज जित्ने सम्भावना जीवित राख्न नेपाललाई आज गर या मर को परिस्थिति छ।

हिजोको खेलमा ब्याटिंग नचल्दा ११३ रनमा अल-आउट भएको नेपालको लागि बलरहरुले राम्रो प्रदर्शन गर्दा युएई हारको संघारमा पुगे पनि ३ विकेटको जित निकालेको थियो। आज ब्याट्सम्यानहरुले जिम्मेवारी देखाएमा नेपालले घरेलु टोलिलाई पराजित गर्न सक्छ।

खेल समय र लाईभ बारे जानकारी 

नेपाली समय ११:१५ बजे खेल सुरु हुनेछ। आईसीसी एकेडेमी मैदानमा हुने खेलको प्रत्यक्ष प्रशारण YouTube मा दुबई स्पोर्ट्स सिटि च्यानलले गरिरहेको छ। मैदानमा गएर खेल हेर्ने दर्शकलाई प्रवेश निशुल्क रहेको छ। खेलको अपडेट विकेटनेपाल फेसबुक पेजमा र वेबसाइटमा समेत हेर्नु होला।

पहिलो एकदिवसीयमा टिमले गरेको गल्ति 

हिजो खेल भएको पिच घाँसे हुँदा ब्याट्सम्यानहरुलाई निकै मुस्किल रहेको थियो। तिब्र गति बलरहरुले प्राप्त गरेको स्विंग र सिमको हलचल र उछालले दुवै टिमका ब्याट्सम्यानहरुले संघर्ष गरेका थिए। आज आईसीसी एकेडेमीको सोहि पिच प्रयोग भए ब्याट्सम्यानहरुले संघर्ष गर्ने पक्का छ।

नेपालले घाँसे विकेटमा खेल्दा पनि हिजो सन्दिप लामिछाने, बसन्त रेग्मी, ललित राजबंशी र पवन सर्राफ गरि ४ जना स्पिनरहरुलाई अन्तिम-११ मा स्थान दिएको थियो। खेलमा सन्दिप लामिछाने बाहेक बसन्त रेग्मीले १ ओभर बलिङ्ग गरे भने अन्य बलर प्रयोगनै भएनन्।

Karan KC
Karan KC ( Photo – Thenational.ae )

घाँसे पिचमा त्यति धेरै स्पिनर खेलाउनुको सट्टा नेपालले अन्तिम-११ मा २ जना भन्दा बढी स्पिनर खेलाउनु प्रश्न चिन्ह उठ्ने कदम थियो। २ स्पिनर अतिरिक्त खेलाउनुको सट्टा १ जना ब्याट्सम्यान र १ फास्ट बलरलाई मौका दिनु टिमको लागि फलदायी हुनेछ। सोहि विकेटमा खेल भए ब्याट्सम्यानमा रोहित पौडेल र बलरमा अभिनास बोहरालाई नेपालले खेलाउन सक्छ। अफ-स्पिनर तथा अल-राउण्डरको रुपमा टिममा रहेका पवन सर्राफको सट्टा टिमले अनुभवी रोहित पौडेललाई टिममा ल्याउन सक्छ।

१६ जनाको टिम घोषणा गर्दा पनि ललित भण्डारी यो पटक टिममा अटाएका छैनन्। यो विकेटमा भण्डारीको स्विङ्ग बलिङ्ग पक्कै टिमले मिस गरेको छ। ललित भण्डारीको फिटनेस उनि टिममा नपर्नुको कारक मानिएको छ।

तपाईलाई के लाग्छ ? नेपालको अन्तिम-११ कस्तो हुनु पर्ला ?





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]