नेपाल-युएई पहिलो ओडीआई भोलि : खेल समय, लाईभ कहाँ हेर्ने ? सम्पूर्ण जानकारी एकै ठाउँमा

Nepal vs UAE
  • विकेटनेपाल, माघ-१० , विहिबार 

युएई र नेपाल बीच एकदिवसीय अन्तर्राष्ट्रिय र टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो एकदिवसीय शुक्रबार खेलिनेछ। सिरिज र नेपालले खेल्ने पहिलो खेलबारे सम्पूर्ण जानकारी यो लेखमा प्रस्तुत गरेका छौँ –

सिरिज बारे 

युएई भ्रमणमा नेपालले पनि युएईसंग जनवरी २५ तारिक देखि फेब्रुअरी ३ तारिकसम्म ३ वटा एकदिवसीय र ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेलहरु खेल्दैछ। सिरिजको सम्पूर्ण खेलहरुले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् जस कारण सिरिजमा नेपालको हार-जित, खेलाडीहरुको प्रदर्शनले आईसीसीको वरियतामा समेत प्रभाव पार्ने हुँदा सिरिजमा राम्रो प्रदर्शन दुवै देशको लागि महत्वपूर्ण रहेको छ। नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेपछि आईसीसीको एकदिवसीय वरियतामा समेत स्थान बनाउनेछ।

सिरिज अन्तर्गत हुने खेलहरुको तालिका 

सिरिज अन्तर्गत नेपालले पहिलो एकदिवसीय जनवरी २५ , दोश्रो २६ र तेश्रो २८ तारिकमा खेल्नेछ। ३ वटै एकदिवसीय खेलहरु युएईको स्थानीय समय अनुसार ९:३० बजे अर्थात नेपाली समय ११:१५ बजे सुरु हुनेछ। एक दिवसीय सिरिज पछि टि-२० सिरिजको पहिलो खेल जनवरी ३१, दोश्रो फेब्रुअरी १ तथा तेश्रो फेब्रुअरी ३ तारिकमा खेलिनेछ। सबै टि-२० खेलहरु युएई स्थानीय समय दिउसो १ बजे अर्थात् नेपाली समय २:४५ बजे दिउसो सुरु हुनेछ। सबै खेलहरु दुबई स्थित आईसीसी एकेडेमी मैदानमा खेलिनेछ।

पहिलो खेल बारे जानकारी 

नेपाल र युएईले सिरिजको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय दुबई स्थित आईसीसी एकेडेमी मैदानमा खेल्नेछ। खेल नेपाली समय ११:१५ बजे सुरु हुनेछ। यो नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएपछि खेल्ने चौथो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ। यस अघि नेपालले गत वर्ष अगस्टमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेलेको थियो।

लाइभ कहाँ हेर्ने ? 

यदी तपाईं युएईमा हुनुहुन्छ भने दुबई स्थित आईसीसी एकेडेमी मैदानमा गएर हेर्न सक्नुहुनेछ। खेल हेर्न निशुल्क प्रवेशको व्यबस्था छ। खेलको युएई क्रिकेट बोर्डले आफ्नो सामाजिक संजाल मार्फत प्रत्यक्ष प्रशारण गर्ने बताएको छ। युएई बोर्डले आफ्नो YouTube अथवा Facebook बाट प्रत्यक्ष प्रशारण गर्नेछ। सिरिजको सबै खेलहरुको प्रत्यक्ष प्रशारण यसरीनै गरिने छ।

Nepal Cricket Team
Nepal Cricket Team

नेपाल र युएई टिममा को-को छन् 

युएई टोलि : मोहम्मद नबिद (कप्तान) मोहमद उस्मान (उप-कप्तान), अस्फाक अहमद, चिराग सुरी, साइमन अनवर, मोहम्मद बुता, घुलाम शाबर, इमरान हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, खब्दुर शाकुर, सुल्तान अहमद, सीपी रिजवान

प्रतियोगितामा युएई क्रिकेट टिमका नियमित कप्तान रोहन मुस्तफा तथा अन्य २ खेलाडीहरु एहमद राजा र रामिज शाहजाद खेल्ने छैनन्। ३ जना खेलाडीहरुलाई गत वर्ष इमर्जिंग कप प्रतियोगिता दौरान आयोजकसंग असन्तुष्टी जनाएर सामाजिक संजालमा लेखेका कारण आठ साताको युएई क्रिकेट बोर्डले प्रतिबन्ध लगाएको छ।

प्रतिबन्धमा परेका कारण रोहन मुस्तफा लगायत युएईका ३ खेलाडी खेल्ने छैनन्

नेपाली टोलि : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), अभिनाश बोहरा, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी (विकेट किपर), दिपेन्द्र ऐरी, करण केसी, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोहरा

नेपालले सिरिजमा भिम शार्की, सन्दिप जोरा, अविनाश बोहरा र पवन सर्राफलाई पहिलो पटक मौका दिएको छ। अनुभवी खेलाडी शरद भेसावकर शरीरमा भिटामिन डी को मात्रा कमि भएकोले अस्वस्थ हुँदा सिरिज खेल्नेछैनन्।

नेपाल र युएई , पछिल्लो ५ खेलहरुको नतिजा 

नेपालले युएईसंग खेलेको पछिल्लो ५ एकदिवसीय मध्ये एउटा खेलमा मात्र जित हाँसिल गरेको छ। सन् २०१७ डिसेम्बरमा बिश्व क्रिकेट लिग च्याम्पियनसिपको २ वटा खेलमा नेपाल युएईसंग पराजित भएको थियो। त्यसपछि बिश्व क्रिकेट लिग डिभिजन-२ को लिग चरणमा नेपालले युएईलाई पराजित गर्दा सोहि प्रतियोगिताको फाइनलमा भने युएईले नेपाललाई पराजित गरेको थियो। त्यसपछि गत वर्ष अगस्टमा भएको एसिया कप छनौट प्रतियोगितामा पनि नेपाल पराजित भएको थियो। विस्तृतमा पढ्नुस 

प्रतियोगिता अघि पारस खड्काको भनाई – सिरिजकोसबै खेल महत्वपूर्ण छ किनकि अब नेपालले ३-४ वर्ष खेल्ने यस्तै सिरिज हो। एउटा एकदिवसीय राष्ट्रको रुपमा नतिजाहरु सबै रेकर्डमा जान्छ त्यसलाई संसारभरको क्रिकेट रास्ट्रहरुले हेर्ने गर्छन्। हामि आशावादी छौँ टेस्ट रास्ट्रहरुसंग आगामी दिनमा खेल्नको लागि।  त्यो खेल्न हामीले अहिले देखि हाम्रो स्तरको टिमसंग राम्रो खेल्दा अवसर जुर्ने हो। ३-४ वर्ष यता भन्ने हो भने नेपाल र युएईको हेड टु हेड नतिजा बराबरीकै छ। हाम्रो टिम उनीहरुलाई पराजित गर्न लायक छ।

UAE Coach Dougie Brown with UAE Team ( Photo – TheNational.ae )

युएई प्रशिक्षक डगी ब्राउनको भनाई –  ३ जना ठुला खेलाडीहरु प्रतिबन्धमा परे पनि हामि राम्रो प्रदर्शन गर्नेमा बिस्वस्त छौँ। मलाई गलत नबुझ्नु होला, यी ३ खेलाडीहरुलाई म साच्चै टिममा चाहन्थे तर दुर्भाग्य। तै पनि ३ जनालाई जुन अर्को ३ खेलाडीहरुले प्रतिस्थापन गर्दैछन् तिनीहरु साच्चै धेरै राम्रो खेलाडीहरु छन्। नेपाल बिश्व क्रिकेटको आगामी दिनको ठुलो शक्ति राष्ट्र हो। हाम्रो अभ्यास राम्रो भएको छ र सबैले राम्रो गरेका छन्।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]