ऐतिहासिक सिरिज जितबाट नेपाल १ कदम पर, यी हुन् सिरिज जित्ने २ आधार र २ कमजोरी

Sompal Kami
  • विकेटनेपाल, माघ-

युएईसंग एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज २-१ ले जित्दै इतिहास रचेको नेपाली क्रिकेट टिम टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज सिरिज निर्णायक खेल खेल्दैछ। खेल नेपाली समय २:४५ बजे दिउसो आईसीसी एकेडेमी मैदानमा खेलिनेछ।

पहिलो टि-२० मा २१ रनको हार पछि दोश्रो खेलमा ४ विकेटको जित दर्ता गरेको नेपाल सामु अब अर्को इतिहास रच्ने अवसर रहेको छ। नेपालले तेश्रो टि-२० मा युएईलाई पराजित गरे यो इतिहासमै नेपालको पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज जित हुनेछ।

नेपालको २ चिन्ता 

१. ओपनिङ्ग ब्याटिंग 

पहिलो २ टि-२० मा नेपाली ओपनिङ्ग ब्याटिंग चल्न नसक्नु नेपालको चिन्ताको विषय हो। एकदिवसीयमा ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले ओपनिङ्ग गरेका थिए भने टि-२० मा पारस खड्का र प्रदिप ऐरिको रुपमा गरिएको नयाँ प्रयोग सफल हुन सकेको छैन।

प्रदिप ऐरि पहिलो टि-२० मा खाता नखोल्दै तथा दोश्रोमा ८ रन बनाएर आउट भएका थिए। एकदिवसीय सिरिजको तेश्रो खेलमा शतक बन्दै वाहवाहि पाएका कप्तान पारस खड्का पनि पहिलो टि-२० मा २५ तथा दोश्रोमा खाता नखोल्दै आउट भएका थिए। पहिलो र दोश्रो खेलमा ओपनिङ्ग साझेदारी १/१ रनको मात्रै हुन सक्यो।

सुरुवाती ओभरहरु ओपनिङ्ग ब्याट्सम्यानले खेल्न सकेको खण्डमा नेपालले ठुलो योगफल बनाउन आधार तयार हुन्छ। त्यसो नहुँदा मध्यक्रममा समेत दबाब स्पस्ट देख्न सकिन्छ। त्यसैले प्रदिप ऐरि र पारस खड्काको ब्याट बोलेको नेपाली समर्थकहरु देख्न चाहन्छन्।

२. ज्ञानेन्द्र मल्लको फर्म

नेदरल्याण्डसंग गत वर्ष एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाए पछि टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले त्यसपछि राष्ट्रिय टिमको लागि एसिया कप छनौट, पोखरा प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगमा समेत अर्धशतक कटाउन सकेका छैनन्।

युएईसंग पहिलो एकदिवसीयमा खाता नखोल्दै आउट भएका मल्लले दोश्रो एकदिवसीयमा ४४ रन तथा तेश्रो एकदिवसीयमा ३१ रन बनाए। टि-२० सिरिजमाको दुवै खेलमा तेश्रो नम्बरमा ब्याटिंग गरेका मल्ल समान ७ रनमा आउट भए। पछिल्लो ३ खेलमा मल्ल स्पिनरको बलमा आउट भएका छन् जसमध्ये २ वटामा एलबिडब्लु शिकार भएका छन्।

नचलेको ओपनिङ्ग ब्याटिंग र तेश्रो नम्बरमा ज्ञानेन्द्रको फर्म चिन्ताको विषय हो। तेश्रो नम्बर कुनै पनि फर्म्याटको क्रिकेटमा टिमको सबैभन्दा उत्कृस्ट ब्याट्सम्यान मध्ये एकले ब्याटिंग गर्ने ठाउँ हो।  तेश्रो टि-२० मा ज्ञानेन्द्र मल्लबाट टिमले रनको अपेक्षा गर्नेछ जसले नेपालको मध्यक्रमलाई समेत दबाब कम गर्छ।

नेपालको बलियो पक्ष

१. पर्फेक्ट बलिङ्ग लाइन-अप 

दोश्रो टि-२० मा नेपालको जितको प्रमुख कारण बलिङ्ग थियो। युएईको पुरै विकेट झार्न सफल नेपाली अधिकांश बलरहरुले राम्रो प्रदर्शन गरे।

सोमपाल कामि सिरिजमा राम्रो लयमा छन् जसले सुरुवाती विकेट दिलाईरहेका छन्। एकदिवसीय र टि-२० सिरिज गति ५ खेलमा कामिले १० विकेट लिईसकेका छन्। दोश्रो टि-२० मा उनले युएईको सुरुवाती २ विकेट निकालेका थिए।

पहिलो टि-२० मा महँगो ( ०/४३ ) सावित भए पनि दोश्रो टि-२० मा २ विकेट लिंदै आफ्नो जिम्मेवारी करनले पुरा गरेका थिए। अर्कोतर्फ अभिनाश बोहराको रुपमा तेश्रो पेस बलर जसले आफ्नो करियरको दोश्रो खेलमा ३ विकेट लिंदै आफुलाई ‘को भन्दा को कम’ सावित गरेका छन्।

Avinash Bohara
Avinash Bohara ( Photo – BBC )

डेथ ओभर स्पेसलिस्ट अभिनाशले पहिलो खेलमा १ विकेट लिएर मध्यम प्रदर्शन गरे पनि दोश्रो खेलमा शानदार बलिङ्ग गर्दै ३ विकेट लिन २० रन मात्रै खर्चिएका थिए। अधिकांश विकेट अभिनाशले खेलको १२ ओभर पछिनै लिएका थिए। कुनै पनि टिमको लागि इनिंगको मध्यमा विकेट लिने बलर सबैभन्दा महत्वपूर्ण मानिन्छ जुन काम अभिनाशले गरेका थिए। अभिनाशको आगमन र सफलताले नेपालको बलिङ्ग अझ मजबुत भएको छ।

उता स्पिनर सन्दिप लामिछानेको फर्म एकनासको रहेको छ। २ टि-२० मा ४ विकेट लिएका सन्दिप युएई ब्याट्सम्यानको टाउको दुखाई बनेका छन्। पावर प्ले देखिनै ओभर सुरुवात गर्ने गुग्लि ब्वाईको ओभरमा युएई ब्याट्सम्यानले छिटो ओभर सकिने कामना गर्दै बिताउने गर्छन।

सोमपाल, करन, अभिनाश, सन्दिप तथा ललित राजबंशी र अफस्पिनर पवन सर्राफको उपस्थितिले नेपालको बलिङ्गमा परिपक्वता देखिएको छ भने नेपालसंग बिकल्प पनि रहेका छन् त्यस कारण तेश्रो टि-२० मा पनि बलरहरुको सफलताले नेपालको सफलतामा ठुलो भूमिका खेल्नेछ।

२. ब्याटिंगमा म्याच विनरहरुको आगमन र भरपर्दो तल्लो मध्यक्रम

माथिल्लो क्रममा प्रदिप ऐरि, पारस खड्का र ज्ञानेन्द्र मल्लको असफलताले टिममा दबाब त थपेको छ त्यसले युवा खेलाडीहरुले त्यसपछि जिम्मेवारी देखाउने मौका पनि पाएका छन्।

पहिलो खेलमा माथिलो क्रम छिट्टै पेभेलियन फर्किएपछि सन्दिप जोराले अविजित ५३ तथा सोमपाल कामिले २७ रन बनाउदै तल्लो मध्यक्रम बलियो रहेको देखाएका थिए। ३६/३ को अवस्था पछि खेल नजिते पनि नेपाल १३२/७ अवस्थामा पुगेको थियो।

Dipendra Airee
Dipendra Airee

दोश्रो खेलमा पनि कथा उही दोहोरियो। पहिलो ४ विकेट नेपालले ३९ रनमा गुमाएपछि पाँचौ नम्बरमा ब्याटिंग गरेका दिपेन्द्र ऐरिले अविजित ४७ तथा पवन सर्राफले सातौँ नम्बरमा १८ रन बनाउदै नेपालको जित सुनिस्चित गरेका थिए।

ओपनिङ्ग र मध्यक्रमको असफलताले तल्लो मध्ये क्रममा अतिरिक्त दबाब त आएको छ नै तर दबाबमा दिपेन्द्र, सन्दिप, पवन र सोमपाल जस्ता ब्याट्सम्यानहरुले आफ्नो क्षमता सावित गर्नु सुभ संकेत हो।

तपाईको धारणा कमेन्ट गर्नुस है।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]