अनवरको बिष्फोटक अर्धशतकमा युएईले दियो नेपाललाई १५४ रनको लक्ष्य

  • विकेटनेपाल –  १७ माघ, बिहिबार 

युएई बिरुद्धको टि-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले जितका लागि १५४ रनको लक्ष्य प्राप्त गरेको छ । पहिले ब्याटिंग गर्दै युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन जोडेको हो।

टस जितेर बलिङ्ग रोजेको नेपालको सुरुवात राम्रो रह्यो । दोस्रो ओभरको पहिलो बलमा नै सन्दिप लामिछानेले युएईका अस्फाक अहमद ( २ ) लाई पभेलियनको बाटो देखाएपछि घरेलु टोलीले मात्र ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । अहमद सन्दिपको टि-२० अन्तर्राष्ट्रिय करियरको पहिलो विकेट समेत बने ।

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – Thenational.ae )

टोलिले खातामा थप १६  रन जोड्दा घुलाम शब्बेर ( ८ ) सोमपाल कामीको बलमा ठूलो सट हिर्काउने चक्करमा डेब्यु गरेका खेलाडी सन्दिप जोराको हातमा क्याच आउट हुन पुगे। शब्बेरको विकेट गुमाउँदा युएईले १९ रन जोड्न दुई विकेट गुमाईसकेको थियो ।

शब्बेरको विकेट पश्चात तेस्रो विकेटका लागि २४ रनको साझेदारी गर्दै सिपि रिज्वान पभेलियन फर्किए । बसन्त रेग्मीको बलमा ठूलो सट खेल्न खोज्दा रिज्वान विकेटकिपर प्रदिप ऐरीको हातमा क्याच आउट भएका थिए। आउट हुन अघि उनले १९ बलमा ४ चौका सहित २२ रन जोडेका थिए।

४३/३ को अवस्थामा रहेको युएईको इनिंगलाई त्यसपश्चात मोहम्मद उस्मान र शैमन अनवरले उकास्ने प्रयास गरे। अनवर र उस्मानले चौथो विकेटका लागि ६१ रनको साझेदारी गर्दा युएई खेलमा फर्किएको थियो। तर सन्दिप लामिछानेले गरेको १४ औं ओभरको ५ औं बलमा उस्मान ठुलो सट खेल्न खोज्दा बाउन्ड्री नजिकै समातिन पुगे ।

मात्र २४ बल खेल्दै ३० रन जोडेका उस्मान सन्दिपको बलमा कप्तान पारस खड्काको हातबाट समातिंदै पभेलियन फर्किंदा युएईले १०४ रन जोड्न ४ विकेट गुमाएको थियो ।

Shaiman Anwar ( File Photo )
Shaiman Anwar ( File Photo )

नेपाली बलरहरुले लागातर विकेट लिएपनि एक छेउमा राम्रो ब्याटिंग गरेका शैमान अनवरले टोलीको इनिंग अघि बढाए ।  त्यसक्रममा उनले मोहम्मद बुतासंग पाँचौ विकेटका लागि ३० रनको साझेदारी गरे । व्यक्तिगत ५९ रन ( ३८ बल, ५ चौका, २ छक्का )  बनाएर खेलिरहेका अनवरलाई डेब्यु गरेका अविनाश बोहोराले क्लिन बोल्ड गर्दा युएईले १३४ रनमा पाँचौं विकेट गुमाएको थियो ।

अनवरको विकेट लगत्तै युएईले कप्तान मोहम्मद नबिद ( १ ) लाई समेत गुमाउन पुग्यो। १८ औं ओभरको तेस्रो बलमा नाबिद बसन्त रेग्मीको बलमा प्रदिप ऐरीबाट स्टम्पिङ्ग भएका थिए ।

त्यसपश्चातभने युएईले कुनै विकेट गुमाएन र निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन जोड्न सफल रह्यो । उसका मोहम्मद बुता २० रन ( १५ बल, १ चौका , १ छक्का ) र सुल्तान अहमद ६ रन ( ६ बल ) मा अविजित रहे ।

नेपालको बलिङ्गतर्फ सन्दिप लामिछाने र बसन्त रेग्मीले समान २-२ विकेट लिए । यस्तै सोमपाल कामी र अविनाश बोहोराको नाममा समान १-१ विकेट रह्यो । आफ्नो ४ ओभरमा स्पेलमा सन्दिपले २५ रन, बसन्तले २३ रन, अविनाशले ३६ रन तथा  सोमपालले ३ ओभरमा १६ रन खर्चिए।

नेपाल अन्तिम ११  : पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, प्रदिप ऐरी, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, सन्दिप जोरा, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, वसन्त रेग्मी, अभिनाश बोहोरा





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]