महिला एसिया कप : नेपाल र युएईबीचको हेड टु हेड

२०८१ श्रावण ३, बिहीबार १४:१९

काठमाडौं । एसीसी महिला एसिया कप शुक्रबारबाट श्रीलंकामा सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले परिचित एसोसिएट प्रतिद्वन्दी युएईको सामना गर्दैछ ।

पुरुष क्रिकेटमा नेपाल र युएईबीचको खेललाई भारत पाकिस्तानको खेल जस्तै रुपमा हेरिन्छ । महिला क्रिकेटमा पनि आफूहरुले युएईसँगको खेललाई सोहि रुपमा लिएको पुर्व कप्तान रुबिना क्षेत्रीले श्रीलंका जानु अघि विकेटनेपालसँगको कुराकानीमा भनेकी थिईन् ।

युएईलाई हराएर प्रतियोगिताको सुखद सुरुआतको लक्ष्यमा नेपाल रहेको छ ।

युएईसँगको पछिल्लो पाँच भेट

नेपालको जित                     नेपालको हार                         नतिजाबिहिन खेल                                 खेल रद्द

दुई                                           एक                                          एक                                         एक

नेपाल र युएईबीचको पछिल्लो भेट

नेपाल र युएईबीचको पछिल्लो भेट ६ सेप्टेम्बर २०२३ मा आईसीसी टी-२० विश्वकपको एसिया क्षेत्र छनोटका क्रममा हुने तय भए पनि वर्षाका कारण हुन सकेको थिएन ।

नेपाल र युएईबीच स्पष्ट जित हारको नतिजा आउनेगरि भएको पछिल्लो खेल २८ नोभेम्बर २०२१ मा आईसीसी टी-२० विश्वकपको एसिया क्षेत्र छनोटका क्रममा भएको थियो । यस खेलमा युएई ४८ रनले विजयी भएको थियो ।

दुबईमा भएको सो खेलमा पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । १ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलब ४ ओभरमा अल आउट हुदै ७९ रन जोडेको थियो ।

युएईलाई शुक्रबारको खेलमा पराजित गरि नेपाल एसिया कपको पहिलो जित निकाल्न चाहन्छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy