महिला एसिया कप : नेपाल र युएईबीचको हेड टु हेड

काठमाडौं । एसीसी महिला एसिया कप शुक्रबारबाट श्रीलंकामा सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले परिचित एसोसिएट प्रतिद्वन्दी युएईको सामना गर्दैछ ।

पुरुष क्रिकेटमा नेपाल र युएईबीचको खेललाई भारत पाकिस्तानको खेल जस्तै रुपमा हेरिन्छ । महिला क्रिकेटमा पनि आफूहरुले युएईसँगको खेललाई सोहि रुपमा लिएको पुर्व कप्तान रुबिना क्षेत्रीले श्रीलंका जानु अघि विकेटनेपालसँगको कुराकानीमा भनेकी थिईन् ।

युएईलाई हराएर प्रतियोगिताको सुखद सुरुआतको लक्ष्यमा नेपाल रहेको छ ।

युएईसँगको पछिल्लो पाँच भेट

नेपालको जित                     नेपालको हार                         नतिजाबिहिन खेल                                 खेल रद्द

दुई                                           एक                                          एक                                         एक

नेपाल र युएईबीचको पछिल्लो भेट

नेपाल र युएईबीचको पछिल्लो भेट ६ सेप्टेम्बर २०२३ मा आईसीसी टी-२० विश्वकपको एसिया क्षेत्र छनोटका क्रममा हुने तय भए पनि वर्षाका कारण हुन सकेको थिएन ।

नेपाल र युएईबीच स्पष्ट जित हारको नतिजा आउनेगरि भएको पछिल्लो खेल २८ नोभेम्बर २०२१ मा आईसीसी टी-२० विश्वकपको एसिया क्षेत्र छनोटका क्रममा भएको थियो । यस खेलमा युएई ४८ रनले विजयी भएको थियो ।

दुबईमा भएको सो खेलमा पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । १ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलब ४ ओभरमा अल आउट हुदै ७९ रन जोडेको थियो ।

युएईलाई शुक्रबारको खेलमा पराजित गरि नेपाल एसिया कपको पहिलो जित निकाल्न चाहन्छ ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]