नेपाल युएईसंग खेल्दै, पछिल्लो ५ खेलमा यस्तो छ नतिजा

nepal vs uae
  • विकेटनेपाल, फाल्गुन १३

इंग्ल्यान्डमा आयोजना हुने आईसीसी बिश्व कप २०१९ को लागि जिम्बाबेमा मार्च ४ देखि छनोट प्रतियोगिता सुरु हुँदैछ। नेपाल सहित १० रास्ट्रहरु सहभागी हुने प्रतियोगिताबाट उत्कृस्ट हुने २ टिम बिश्वकप खेल्न छानिनेछ भने प्रतियोगिताबाट उत्कृस्ट-३ एसोसिएट रास्ट्रले एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।

प्रतियोगिता अन्तर्गत नेपाल समुह ‘बि’ मा अफगानिस्तान, जिम्बाबे, हंगकंग र स्कटल्याण्डसंगै रहेको छ। नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोलि जिम्बावे बिरुद्द खेल्दै छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ। त्यस अघि नेपालले २ वटा अभ्यास खेल समेत खेल्नेछ। संयुक्त अरब एमिरेट्स (युएई) बिरुद्द नेपालले २७ फेब्रुअरीमा पहिलो अभ्यास खेल खेल्ने तालिका रहेकोछ। दोश्रो अभ्यास खेलमा १ मार्चमा नेपालले हंगकंगको सामना गर्नेछ।

नामिबियामा केहि दिन अघि आयोजित विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता अन्तर्गत बिजेता बन्दै संयुक्त अरब ईमिरेट्स (युएई) र दोश्रो स्थानमा रहँदै नेपाल जिम्बाबेमा आयोजना हुन लागेको विश्वकप छनौट प्रतियोगिताको लागि छनौट भएका हुन् । सोहि छनौट प्रतियोगिताको पूर्वसन्ध्यामा पुनः यी दुई टिमहरु अभ्यास खेलको लागि पुनः प्रतिस्पर्धा गर्न लागेका हुन्।

नेपाल Vs युएई : अन्तिम ५ खेलमा नतिजा यसप्रकार छन्-

विश्व क्रिकेट लिग डिभिजन-२ फाइनल – २०१८ फेब्रुअरी १५

कप्तान पारस खड्काले अविजित ११२ रन (१०३ बल, ३ चौका, ८ छक्का), दिपेन्द्र सिंह ऐरीले ३५ तथा शरद भेसावकरले ३० रन प्रहार गरेपनि २७८ रनको लक्ष्य पछ्याएको नेपाल मात्र ७ रनले चुकेको थियो। युएईका लागि अश्फक अहमदले ११४ रन (१२३ बल, १० चौका, ३ छक्का) बनाउदा रोहन मुस्ताफाले ५१ रन तथा शैमन अनवरले २४ बलमा विस्फोटक ४० रन बनाएका थिए । युएईको जितमा अमिर हयातले ४ विकेट लिन मात्र ५३ रन खर्चेका थिए।

विश्व क्रिकेट लिग डिभिजन-२ समूह चरण – २०१८ फेब्रुअरी ११

सोमपाल कामिले ४ विकेट र सन्दिप लामिछानेले ३ विकेट लिन मात्र समान ३० रन खर्चेपछी नेपालले युएईलाई ३१ ओभरमा ११४ रनमा रोकेको थियो। उसका लागि शैमन अनवरले सर्बाधिक ३० रन बनाएका थिए । जवाफमा पारस खड्काले ५१ रनको आक्रामक पारि खेलेपछि नेपालले २८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

विश्व क्रिकेट लिग च्याम्पियनसिप, दोश्रो खेल – २०१७ डिसेम्बर ८

युएईको घरेलु मैदानमा भएको खेलमा अमजद जावेदले ३ विकेट लिन मात्र २३ रन खर्चेपछी १९६ रनको लक्ष्य पछ्याएको नेपाल ४२.२ ओभरमा मात्र १३२ रनमा समेटिदै ६३ रनले पराजित भएको थियो। अदनान मुफ्तीले ८९ बलमा १०४ रन (८ चौका, ३ छक्का) को पारि खेल्दै युएईको इनिंग उकासेका थिए। सोमपाल कामिले मात्र २७ रन खर्चेर ५ विकेट हात पारेपछि पहिले ब्याटिंग गरेको घरेलु टोलिले ४९.२ ओभरमा १९५ रन बनाउदा सबै विकेट गुमाएको थियो।

विश्व क्रिकेट लिग च्याम्पियनसिप, पहिलो खेल – २०१७ डिसेम्बर ६

रोहन मुस्ताफाले ६२ रन (७१ बल, ७ चौका, १ छक्का) तथा गुलाम शब्बिरले अविजित ८१ रन (११६ बल, ८ चौका) बनाएपछि नेपालले दिएको २२२ रनको लक्ष्य युएईले ४५.५ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो। पहिले ब्याटिंग गरेको नेपालले शरद भेसावकरको अविजित ८१ रन (९५ बल, ५ चौका) तथा ज्ञानेन्द्र मल्लको ५४ रन (८३ बल, ६ चौका) को मद्दतमा ५० ओभरमा ६ विकेट गुमाएर २२१ रनको योगफल तयार पारेको थियो।

एसीसी प्रिमियर लिग – २०१४ मे १

मेहबुब आलमले २१ रन खर्चिदै तथा सोमपाल कामीले ३९ रन खर्चिदै समान ३/३ विकेट लिएपछि पहिले ब्याटिंग गरेको युएईले स्वप्निल पाटिलको ७६ रन (९५ बल, ८ चौका, २ छक्का) को बाबजुत ४८.१ ओभरमा सबै विकेट गुमाउंदै १९१ रन बनाएको थियो । जवाफमा सुबास खकुरेलले ७१ रन (९१ बल, ११ चौका) तथा ज्ञानेन्द्र मल्लले ४७ रन (३७ बल, ७ चौका, १ छक्का) बनाएपछि नेपालले ३९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]