नेपालले अन्तिम खेल युएईसंग खेल्दै

  • विकेटनेपाल, असोज-१५ 

यु-१९ युथ एसिया कप अन्तर्गत नेपालले समुह चरणको अन्तिम खेलमा मंगलबार युनाइटेड अरब इमिरेट्ससंग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र युएई दुवै टिमले खेलेको २ वटै खेलमा हार बेहोरीसकेको छ र सेमीफाइनल पुग्ने सम्भावना सकीसकेको छ। युएईले अफगानिस्तानसंग ५ विकेटले तथा भारतसंग २२७ रनले पराजय बेहोरेको थियो भने नेपालले भारतसंग १७२ रनले तथा अफगानिस्तानसंग ३ विकेटले पराजय बेहोरेको थियो।

दुवै टिम बीचको खेल आत्मसम्मानको लागि खेलिनछ र जितको साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ। खेल मंगलबार बिहान नेपाली समय अनुसार ८:४५ बजे बिहान सुरु हुनेछ।

पछिल्लो भेट  

युएई यु-१९ टिमसंग नेपालले अन्तिम पटक सन् २०१५ एसीसी प्रिमियर लिगमा युएईसंग खेलेको थियो जसमा नेपालले १४९ रनको बिशाल अन्तरको जित निकालेको थियो।

मलेसियामा भएको खेलमा पहिले ब्याटिंग गर्दै नेपालले १९९ रन बनाएको थियो जसको जवाफमा युएई ५० रनमै समेटिएको थियो। नेपालको जितमा बलिङ्गतर्फ सुशील कंडेलले सर्वाधिक ४ तथा सुनिल धमलाले ३ विकेट लिएका थिए भने ब्याटिंगमा  राजु रिजालले ६२ रन बनाएका थिए।

सन् २०१३ को एसीसी यु-१९ को सेमीफाइनलमा नेपाल मलेसिया संग पराजित भए यता नेपालले युएई यु-१९ संग खेलेको ( २०१४ र २०१९ एसीसी यु-१९ ) मा सजिलै जित निकालेको छ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy