नेपालले अन्तिम खेल युएईसंग खेल्दै

Nepal U19 Cricket Team
  • विकेटनेपाल, असोज-१५ 

यु-१९ युथ एसिया कप अन्तर्गत नेपालले समुह चरणको अन्तिम खेलमा मंगलबार युनाइटेड अरब इमिरेट्ससंग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र युएई दुवै टिमले खेलेको २ वटै खेलमा हार बेहोरीसकेको छ र सेमीफाइनल पुग्ने सम्भावना सकीसकेको छ। युएईले अफगानिस्तानसंग ५ विकेटले तथा भारतसंग २२७ रनले पराजय बेहोरेको थियो भने नेपालले भारतसंग १७२ रनले तथा अफगानिस्तानसंग ३ विकेटले पराजय बेहोरेको थियो।

दुवै टिम बीचको खेल आत्मसम्मानको लागि खेलिनछ र जितको साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ। खेल मंगलबार बिहान नेपाली समय अनुसार ८:४५ बजे बिहान सुरु हुनेछ।

पछिल्लो भेट  

युएई यु-१९ टिमसंग नेपालले अन्तिम पटक सन् २०१५ एसीसी प्रिमियर लिगमा युएईसंग खेलेको थियो जसमा नेपालले १४९ रनको बिशाल अन्तरको जित निकालेको थियो।

मलेसियामा भएको खेलमा पहिले ब्याटिंग गर्दै नेपालले १९९ रन बनाएको थियो जसको जवाफमा युएई ५० रनमै समेटिएको थियो। नेपालको जितमा बलिङ्गतर्फ सुशील कंडेलले सर्वाधिक ४ तथा सुनिल धमलाले ३ विकेट लिएका थिए भने ब्याटिंगमा  राजु रिजालले ६२ रन बनाएका थिए।

सन् २०१३ को एसीसी यु-१९ को सेमीफाइनलमा नेपाल मलेसिया संग पराजित भए यता नेपालले युएई यु-१९ संग खेलेको ( २०१४ र २०१९ एसीसी यु-१९ ) मा सजिलै जित निकालेको छ।

 





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]